after_navbar

सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी


३ घण्टा अगाडि


काठमाडौ। सरकारले सडक दुर्घटना तथा विपद्मा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसमा बोल्दै उपकरण, दक्ष जनशक्ति र विशेषज्ञ चिकित्सकसहितका ट्रमा सेन्टर स्थापना गरिने बताइन्।

उनका अनुसार यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुनेछ। साथै, एम्बुलेन्स सेवा प्रभावकारी बनाउन देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा सञ्चालन गरिएको छ।

सरकारले ट्रमा उपचारसँगै शारीरिक पुनर्स्थापना र मनोसामाजिक परामर्श सेवालाई समेत विस्तार गर्ने नीति लिएको मन्त्री मेहताले बताइन्।

प्रतिक्रिया दिनुहोस

data-href="