after_navbar

भ्रमणमा निस्किएका अन्सारीको खोलामा डुबेर मृत्यु


जेठ ११, २०८२


दाङ,१० जेठ । भ्रमणमा निस्किएका भारतीय नागरिकको खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्नेक्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारी मृत्त फेला परेका हुन्। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।

अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="