दाङ,११ जेठ । सल्यानमा जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सल्यानको रिमबाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, सातबासमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्।
दुर्घटनामा परेर ९ जना गम्भीर घाइते भएका छन् भने ४ जना सामान्य घाइते छन्। जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस