काठमाडौं,१६ जेठ। संघीय संसद् सचिवालयले असार १५ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गर्दै आगामी बैठकहरूको रूपरेखा तय गरेको हो। सो निर्णयअनुसार प्रतिनिधिसभाको अर्को बैठक जेठ २० गतेदेखि सुरु हुने तय भएको छ।
संसद् सचिवालयका अनुसार सार्वजनिक गरिएको कार्यतालिकामा प्रतिनिधिसभाका विविध विधेयक र एजेन्डाहरू क्रमबद्ध रूपमा समेटिएका छन्। संसद्मा प्रस्तुत गरिने कानुन संशोधन, बजेटसम्बन्धी छलफल तथा अन्य विधेयकहरूलाई प्राथमिकता दिइने बताइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस