फिचर

एम्बुलेन्स भाडा २५ हजार तोकिएपछि स्थानीयको विरोध

काठमाडौँ, ३ फागुन। एम्बुलेन्स भाडा २५ हजार रुपैयाँ तोकिएपछि जुम्लाका स्थानीयले विरोध जनाएका छन्। जुम्ला–नेपालगञ्जको भाडादर जिल्ला एम्बुलेन्स समितिले आफूखुसी निर्धारण गरेको आरोप लगाउँदै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२’ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको … Continue reading एम्बुलेन्स भाडा २५ हजार तोकिएपछि स्थानीयको विरोध

थप पढ्नुहोस् »

कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो: राजपुर सबैभन्दा कमजोर

दाङ,१ फागुन । दाङका १० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो भएको छ। यस वर्ष राप्तीले ७७.४६ अंक प्राप्त गर्दै जिल्ला प्रथम स्थान हासिल गरेको हो। गत वर्ष पनि राप्तीले ६७.३ अंकसहित पहिलो स्थान कायम गरेको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले विभिन्न १७ सूचकका आधारमा गरेको मूल्यांकनअनुसार शान्तिनगर गाउँपालिकाले ६९.८४ अंकसहित … Continue reading कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो: राजपुर सबैभन्दा कमजोर

थप पढ्नुहोस् »

स्रोत संरक्षणमार्फत स्वच्छ खानेपानी सुनिश्चित गर्नुपर्नेमा जोड

दाङ,२९ माघ । दाङको तुलसीपुरमा खानेपानी तथा सरसफाइ संस्था/समितिहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । राष्ट्रिय सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको तालिमका सहभागीहरुले स्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले खानेपानी संस्थाबीच एकता, प्रविधिको प्रयोग र नीतिगत … Continue reading स्रोत संरक्षणमार्फत स्वच्छ खानेपानी सुनिश्चित गर्नुपर्नेमा जोड

थप पढ्नुहोस् »

अफ्रिकन स्वाइन फिभरको जोखिम : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ,२९ माघ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हालसम्म उक्त रोगविरुद्ध कुनै खोप उपलब्ध नभएकाले सुँगुर/बङ्गुर पालन फार्ममा कडा जैविक सुरक्षा (बायो–सिक्युरिटी) अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। अस्वाभाविक रूपमा सुँगुर वा बङ्गुर मरेमा तत्काल संघ, प्रदेश वा स्थानीय तहका पशु सेवा केन्द्र … Continue reading अफ्रिकन स्वाइन फिभरको जोखिम : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

मतपत्र जिल्लामा पठाउने तयारी

काठमाडौँ, २९ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाअन्तर्गत १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ५३ लाखभन्दा बढी मतपत्र छापिइसकेको छ। हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रत्यक्षतर्फको निर्वाचनका लागि … Continue reading मतपत्र जिल्लामा पठाउने तयारी

थप पढ्नुहोस् »

दलित अधिकारसम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गर्ने तयारी

काठमाडौँ,२८ माघ । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हकअधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न–उत्तर कार्यक्रममा उनले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ का आधारमा विधेयक तर्जुमा प्रक्रिया अघि बढाइएको जानकारी दिए। मन्त्री खनालका अनुसार नेपाल सरकार … Continue reading दलित अधिकारसम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गर्ने तयारी

थप पढ्नुहोस् »

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएकोमा आज थप छ जिल्लाको मतपत्र छपाइ सकिएको हो। … Continue reading एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

थप पढ्नुहोस् »

राप्ती राजमार्ग पीडितसँग उम्मेदवारः पीडा सुनेनन् ,आफ्नै कुरा सुनाए अनि हिडे

दाङ,२७ माघ । यस क्षेत्रको प्रमुख सडक हो राप्ती राजमार्गको अमिलिया तुलसीपुर सडकखण्ड । राप्ती राजमार्ग दाङको मात्रै हैन साबिकको पश्चिम राप्ती कै सडक विकासको मेरुदण्ड हो । तर यही राजमार्गसँग जोडिएको अमिलिया–तुलसीपुर खण्डको तुलसीपुर क्षेत्र तीन दशकदेखि एउटा नीतिमा अलमल छ । त्यो हो सडक सीमाना । वि.सं. २०५८ सालमा मध्यपश्चिम सडक डिभिजन कार्यालय … Continue reading राप्ती राजमार्ग पीडितसँग उम्मेदवारः पीडा सुनेनन् ,आफ्नै कुरा सुनाए अनि हिडे

थप पढ्नुहोस् »

सांस्कृतिक आन्दोलनको अभिभारा नयाँ पुस्ताको काँधमा छ: पूर्वमुख्यमन्त्री चौधरी

दाङ,२७ माघ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी थारु समुदायको संस्कृति जगेर्ना गर्न अब नयाँ पुस्ताले सांस्कृतिक आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन्। मंगलबार दाङको चखौरामा आयोजित थारु सांस्कृतिक संरक्षण केन्द्रको सातौँ साधारणसभा तथा दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले थारु समुदायका शक्तिशाली इतिहास, पहिचान र संस्कृतिमाथि विभिन्न तवरबाट आक्रमण भइरहेकाले त्यसलाई रोक्न नवपुस्ताको सक्रिय भूमिका … Continue reading सांस्कृतिक आन्दोलनको अभिभारा नयाँ पुस्ताको काँधमा छ: पूर्वमुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच

काठमाडौँ,२७ माघ । देशभर ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको हो । सर्वेक्षणअनुसार अधिकांश घरपरिवार राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएका छन् भने केही दुर्गम क्षेत्रका घरपरिवारले लघु जलविद्युत, सोलार लगायतका वैकल्पिक … Continue reading देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच

थप पढ्नुहोस् »