फिचर

रास्वपाले निर्वाचन विथोल्न खोजेको एमालेको आरोप

काठमाडौं,९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन विथोल्न खोजेको आरोप लगाएको छ। शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने अवस्था देखिएपछि रास्वपा अस्थिरता सिर्जना गर्ने गतिविधितर्फ लागेको दाबी गरेको हो। एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले रास्वपाले एमालेको झण्डा तथा प्रचार सामग्री जलाउने, घृणा … Continue reading रास्वपाले निर्वाचन विथोल्न खोजेको एमालेको आरोप

थप पढ्नुहोस् »

वैदेशिक व्यापार १५.७६% बढ्यो

काठमाडौं,९ फागुन । नेपालको कुल वैदेशिक व्यापार (आयात र निर्यात) चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा १५.७६ प्रतिशतले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको मासिक तथ्यांकअनुसार साउनदेखि माघसम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात … Continue reading वैदेशिक व्यापार १५.७६% बढ्यो

थप पढ्नुहोस् »

रोल्पामा निर्वाचनका लागि १ हजार ६२२ कर्मचारी खटिने

रोल्पा,७ फागुन ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा मा १ हजार ६२२ जना कर्मचारी खटाइने भएका छन्। मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाका अनुसार जिल्लाका ८६ मतदान स्थल र १८२ मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी परिचालन गरिन लागेको हो। १९ फागुनसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, रोल्पा ले जनाएको … Continue reading रोल्पामा निर्वाचनका लागि १ हजार ६२२ कर्मचारी खटिने

थप पढ्नुहोस् »

सञ्चार क्षेत्रको सुदृढीकरण र नीति कार्यान्वयनमा जोड

दाङ,५ फागुन । सञ्चार क्षेत्रको सुदृढीकरण र नीतिगत सुधारका लागि बनेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा तुलसीपुर क्षेत्रका पत्रकारहरूले जोड दिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेसँग गरिएको पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रममा तुलसीपुर क्षेत्रमा क्रियाशील पत्रकारहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रम प्रेस चौतारी नेपाल … Continue reading सञ्चार क्षेत्रको सुदृढीकरण र नीति कार्यान्वयनमा जोड

थप पढ्नुहोस् »

निर्वाचन सफल बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने

दाङ,५ फागुन । दाङको तुलसीपुरमा निर्वाचन आचारसंहितामा संचार विषयक अन्तरक्रिया कार्यक्रम भएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा उक्त कार्यक्रम गरेको हो।कार्यक्रम रासस दाङ प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले रासस निस्पक्षता र सक्षमताको धरोहर … Continue reading निर्वाचन सफल बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने

थप पढ्नुहोस् »

मतपत्र छपाइ सप्पन्न

दाङ,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिनेछ। प्रबन्ध निर्देशक पौडेलले प्रत्यक्षतर्फ दुई करोड … Continue reading मतपत्र छपाइ सप्पन्न

थप पढ्नुहोस् »

लुम्बिनीमा “सुरक्षित मातृत्व अभियान “

दाङ,४ फागुन । लुम्बिनी प्रदेश सरकारले सुरक्षित मातृत्व अभियान सुरु गरेको छ। गर्भवती जाँच ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगे पनि सुत्केरीपछिको जाँच (पिएनसी) ६६ प्रतिशतमा सीमित रहेपछि प्रदेश सरकारले सेवाको निरन्तरतामै कमजोरी देखिएको निष्कर्ष निकालेको थियो। जसका कारण लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश ले ‘सुरक्षित मातृत्व अभियान’ सुरु गरेको … Continue reading लुम्बिनीमा “सुरक्षित मातृत्व अभियान “

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणले ‘एआई साथी’ एप ल्याउँदै

काठमाडौं,४ फागुन । नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘एनइए एआई साथी’ प्रणाली (एप) ल्याउने तयारी गरेको छ। संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार उक्त एप प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई)लाई जटिल प्रविधिका रूपमा नभई संस्थागत ‘सहयोगी साथी’का रूपमा आत्मसात गर्ने अवधारणासहित यो प्रणाली विकास … Continue reading विद्युत प्राधिकरणले ‘एआई साथी’ एप ल्याउँदै

थप पढ्नुहोस् »

राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं,४ फागुन । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो। राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको जनाएको छ। आवेदन दिन चाहने संस्थाहरूले १० … Continue reading राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

थप पढ्नुहोस् »

६३ मध्ये २८ दलले मात्रै बुझाए घोषणापत्र

काठमाडौँ,४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्म निर्वाचन आयोग नेपालमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्। आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। हालसम्म २८ वटा दलले सार्वजनिक रूपमा घोषणापत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्। घोषणापत्र सार्वजनिक गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, … Continue reading ६३ मध्ये २८ दलले मात्रै बुझाए घोषणापत्र

थप पढ्नुहोस् »