सौर्य एयरलाइन्सको विमान दुर्घटना:२२ जनाको मृत्यु
काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना २२ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। दुर्घटनाको थप विवरण आउन बाँकी छ