फिचर

ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु ।विद्यालयको वार्षिकोत्सवका अवसरमा ज्ञानज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जसले आफ्ना सिर्जनाहरुलाई देशको भविष्यसंग जोडेका थिए। प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुले फरक–फरक समुहमा विद्यालय … Continue reading ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

थप पढ्नुहोस् »

सर्वोच्चको फैसला पछि रविको आरोपपत्र संशोधनबारे सुनुवाइ हुने

काठमाडौं,१५ माघ । जिल्ला अदालत रुपन्देहीले सर्वोच्च अदालतमा विचाराधीन रहेको रिट निवेदनको टुंगो लागेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पेस गरिएको आरोपपत्र संशोधनसम्बन्धी निवेदनमा सुनुवाइ हुने स्पष्ट पारेको छ। आरोपपत्र संशोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको जनाउँदै जिल्ला अदालतले उक्त रिटको अन्तिम फैसला आएपछि मात्रै सरकारी वकिलले पेस गरेको निवेदनमाथि निर्णय … Continue reading सर्वोच्चको फैसला पछि रविको आरोपपत्र संशोधनबारे सुनुवाइ हुने

थप पढ्नुहोस् »

उम्मेदवारको क्यूआर कोडमार्फत मतदाता सुझाव संकलन अभियान

दाङ, १४ माघ। नेपाली कांग्रेसका उम्मेदवारहरूले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलन गर्ने अभियान सुरु गरेका छन्। यस अभियानअन्तर्गत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ। क्यूआर कोड स्क्यान गरेपछि खुल्ने गुगल फाराममार्फत मतदाताले आफ्ना सल्लाह, सुझाव र अपेक्षा सहजै राख्न सक्ने व्यवस्था … Continue reading उम्मेदवारको क्यूआर कोडमार्फत मतदाता सुझाव संकलन अभियान

थप पढ्नुहोस् »

दाङमा १६ वटा अतिसंवेदनशील मतदान स्थल: पाँचहजार बढी सुरक्षाकर्मी परिचालन

दाङ,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ। निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका मतदानस्थलको सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ। वर्गीकरणका आधारमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक तथा … Continue reading दाङमा १६ वटा अतिसंवेदनशील मतदान स्थल: पाँचहजार बढी सुरक्षाकर्मी परिचालन

थप पढ्नुहोस् »

रुकुमपूर्व र आसपास क्षेत्रमा निरन्तर हिमपात: मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व ,१४ माघ । जिल्लाका उच्च भेगमा अहिले पनि निरन्तर हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी रहेको छ। यस वर्षको दोस्रो पटक परेको हिमपातले माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको छ। तीनवटा गाउँपालिका रहेका रुकुमपूर्वका तीनै गाउँपालिकाका उच्च भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ। पानी र हिमपातसँगै किसानहरू खुसी देखिएका छन्। माथिल्लो भेगमा हिमपात … Continue reading रुकुमपूर्व र आसपास क्षेत्रमा निरन्तर हिमपात: मध्यपहाडी लोकमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले मावि तुलसीपुर सेन्टर सामुदायिक विद्यालयप्रतिको सोच बदल्ने … Continue reading तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

थप पढ्नुहोस् »

राष्ट्रियसभा बैठकः चलचित्र विधेयक र समितिका प्रतिवेदन पेस हुने

काठमाडौं,१३ माघ। संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजना हुनेछ। नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि स्थगित राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभा … Continue reading राष्ट्रियसभा बैठकः चलचित्र विधेयक र समितिका प्रतिवेदन पेस हुने

थप पढ्नुहोस् »

चुनावी ‘सेवा’ : जनताको पीडामाथि लोकप्रियताको राजनीति

विवेक देवकोटा। चुनाव नजिकिँदै जाँदा गाउँगाउँमा अचानक देखिने उम्मेदवारहरूको भीड, सहयोगका कार्यक्रम र आत्मीय मुस्कान अब अस्वाभाविक होइन, बरु पूर्वानुमान गर्न सकिने दृश्य बनेको छ। वर्षौंसम्म जनताको अवस्था नदेख्ने, समस्या नसुन्ने र पीडामा चासो नदिने नेताहरू चुनावको मुखमा भने सेवाभावको खोल ओढेर जनताको ढोका ढकढक्याउन थाल्छन्। यसले स्वाभाविक रूपमा प्रश्न उठाउँछ,के यो साँच्चिकै जनसेवा हो, … Continue reading चुनावी ‘सेवा’ : जनताको पीडामाथि लोकप्रियताको राजनीति

थप पढ्नुहोस् »

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको आग्रह

दाङ,१२ माघ। नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न सबैमा आग्रह गरेको छ। राष्ट्रिय झण्डाको दुरुपयोग भए कानुन बमोजिम कारबाही हुने चेतावनी पनि गृह मन्त्रालयले दिएको छ। गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको स्मरण गराउँदै राष्ट्रिय … Continue reading राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

भारतीय नागरिकलाई नागरिकता दिने दाङका जनप्रतिनिधि र प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,१२ माघ । भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिएको आरोपमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकामध्ये इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख शाखा अधिकृत खवास, राजपुर गाउँपालिका–४ … Continue reading भारतीय नागरिकलाई नागरिकता दिने दाङका जनप्रतिनिधि र प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »