फिचर

कुलमानसंगको एकतापछी बालेन भन्छन्: ‘ म नेपाल हासेको हेर्न चाहन्छु’

काठमाडौँ,१४ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै राजनीतिक सहमतिमा पुगेका छन्। तीनै नेताबीचको समझदारीअनुसार कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ। यसअघि नै रास्वपामा आवद्ध भइसकेका मेयर बालेन्द्र शाहको उपस्थितिमा भएको सहमतिमा कुलमान घिसिङलाई सभापति रवि … Continue reading कुलमानसंगको एकतापछी बालेन भन्छन्: ‘ म नेपाल हासेको हेर्न चाहन्छु’

थप पढ्नुहोस् »

कारबाही मिनाहा भएपनि पद फिर्ता हुँदैनः काँग्रेस

काठमाडौँ,१४ पुस। नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिए पनि उनीहरूले पार्टीभित्र पाउँदै आएको बहाल पद भने कायम नरहने स्पष्ट गरेको छ। पार्टीले आइतबार मातहतका सबै कार्यसमितिलाई पठाएको परिपत्रमार्फत कारबाही माफीरमिनाहा भए पनि सम्बन्धित व्यक्तिहरूको पार्टीको बहाल पद समाप्त हुने उल्लेख गरेको हो। परिपत्रमा क्रियाशील सदस्यताको निरन्तरता भने कायम राखिने र सदस्यता नवीकरण गर्न सकिने … Continue reading कारबाही मिनाहा भएपनि पद फिर्ता हुँदैनः काँग्रेस

थप पढ्नुहोस् »

कांग्रेसद्वारा समानुपातिक बन्दसूची बुझाउने समय परिमार्जनको माग

काठमाडौँ,१३ पुस। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तोकेको समानुपातिक निर्वाचनतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग बैठक गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले यस माग राखेका हुन्। यसअघि गत सोमबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेंद्र यादवले पनि समानुपातिक बन्दसूची … Continue reading कांग्रेसद्वारा समानुपातिक बन्दसूची बुझाउने समय परिमार्जनको माग

थप पढ्नुहोस् »

निर्वाचनको सुरक्षाबारे उच्चस्तरीय सुरक्षा समितिको बैठक

काठमाडौँ,१३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। आयोगका सदस्य सगुन समशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव रामेश्वर दङ्गाल र रक्षा सचिव केदारनाथ शर्मासहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय … Continue reading निर्वाचनको सुरक्षाबारे उच्चस्तरीय सुरक्षा समितिको बैठक

थप पढ्नुहोस् »

दलहरूको बन्द सूची संकलन आजदेखि सुरु

काठमाडौँ,१३ पुस । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार यसका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको छ। आयोगको कार्यतालिकाअनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्न पाउनेछन्। … Continue reading दलहरूको बन्द सूची संकलन आजदेखि सुरु

थप पढ्नुहोस् »

रास्वपामा एकता : सभापति रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

काठमाडौँ,१३ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको छ। आइतबार बिहान करिब ३ बजे भएको सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार पार्टीको नाम एकीकरणपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने पार्टीको चुनाव चिह्न घण्टी कायम रहनेछ। पार्टीको केन्द्रीय सभापति रवि … Continue reading रास्वपामा एकता : सभापति रवि, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

थप पढ्नुहोस् »

सुर्तिजन्य पदार्थमा १०० प्रतिशत चेतावनी छाप्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ,१२ पुस । सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट तथा प्याकेजिङमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य गर्नुपर्ने कानुन कार्यान्वयन गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट मञ्चका सचिव अधिवक्ता जयप्रसाद पौडेल र कानुन अधिकृत अधिवक्ता आकृति त्रिपाठीले संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषण तथा परमादेश … Continue reading सुर्तिजन्य पदार्थमा १०० प्रतिशत चेतावनी छाप्न माग गर्दै सर्वोच्चमा रिट

थप पढ्नुहोस् »

उम्मेदवारको बन्दसूची तयार गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ,१२ पुस। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दर्ता भएका सबै राजनीतिक दललाई कानुनबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ तथा प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसारको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी बन्दसूची तयार गर्न निर्देशन दिएको हो। आयोगका … Continue reading उम्मेदवारको बन्दसूची तयार गर्न निर्वाचन आयोगको आग्रह

थप पढ्नुहोस् »

कर्णालीमा ‘एक निर्वाचन क्षेत्र–एक बहुवर्षीय आयोजना’ कार्यक्रम

काठमाडौँ,१२ पुस। कर्णाली प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा बहुवर्षीय पूर्वाधार आयोजना कार्यान्वयन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार आवश्यकताका आधारमा आयोजना छनोट गरी यो कार्यक्रम अघि बढाइने भएको छ । यसअघि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत योजना कार्यान्वयन हुँदै आए पनि अब यसमा सांसदहरूको संलग्नता रहने छैन। मन्त्रालयका प्रवक्ता … Continue reading कर्णालीमा ‘एक निर्वाचन क्षेत्र–एक बहुवर्षीय आयोजना’ कार्यक्रम

थप पढ्नुहोस् »

बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान

सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर यो कार्यक्रम अघि बढाइएको हो । गाउँपालिकाका सातै वडामा सञ्चालन गरिएको अभियानमा १० वटा माध्यमिक विद्यालयका १ हजार २५५ जना विद्यार्थी प्रत्यक्ष सहभागी बनेका छन् … Continue reading बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान

थप पढ्नुहोस् »