फिचर

दाङमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

दाङ ,३० कार्तिक । दाङमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकका १८ वर्षीय समीर खान र पछाडि सवार १७ वर्षीय रविन नेपाली रहेका छन्। दुवैको अवस्था मध्यम रहेको इलाका … Continue reading दाङमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

थप पढ्नुहोस् »

नवगठित नेकपाले देशभर एकता सन्देश सभा गर्ने

काठमाडौ,३० कार्तिक । नवगठित नेपाली कम्युनिष्ट पार्टी ले देशभर ‘एकता सन्देश सभा’ संचालन गर्ने भएको छ। आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा कार्यक्रम सुरु गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। उनका अनुसार पार्टी एकताको सन्देश व्यापक रूपमा प्रवाह गर्न अपिल प्रकाशित गर्ने तथा विशेष … Continue reading नवगठित नेकपाले देशभर एकता सन्देश सभा गर्ने

थप पढ्नुहोस् »

मधेस मुख्यमन्त्री यादवविरुद्दको रिट सुनुवाइ सारियो

काठमाडौ,३० कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता भएको रिटको सुनुवाइ सोमबारका लागि सारिएको छ। आइतबार सुनुवाइ हुने भनिएको भए पनि अर्को मिसिल पनि प्रस्तुत गर्नुपर्ने भएकाले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सुनुवाइ मंसिर १ गते तोकिएको जानकारी दिएका छन्। सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने तय भएको थियो। रिट … Continue reading मधेस मुख्यमन्त्री यादवविरुद्दको रिट सुनुवाइ सारियो

थप पढ्नुहोस् »

रेमिट्यान्स इतिहासकै उच्च: असोज महिनामा २ खर्ब

दाङ,३० कार्तिक । नेपालमा असोज महिनामा भित्रिएको रेमिट्यान्स इतिहासकै सबैभन्दा उच्चस्तरमा पुगेको छ। पहिलोपटक देशले एकै महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकका ताजा वित्तीय तथ्यांकअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन भदौ महिनाको तुलनामा ७९ प्रतिशतले बढेको हो। असोजमा परेका दशैँ–तिहारजस्ता … Continue reading रेमिट्यान्स इतिहासकै उच्च: असोज महिनामा २ खर्ब

थप पढ्नुहोस् »

कांग्रेस संस्थापन पक्षको अडानः ‘निर्वाचनअगाडि कुनै पनि महाधिवेशन हुँदैन’

काठमाडौ,२९ कार्तिक । कांग्रेस संस्थापन पक्षले आगामी निर्वाचनअघि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने निर्णयलाई थप दृढ बनाएको छ। संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५औँ महाधिवेशनको तालिका ल्याउन सुझाव दिए पनि शनिबार बसेको संस्थापन पक्षीय भेलामा उनीहरू सहभागी भएनन्। सहमहामन्त्री महेन्द्र यादवका अनुसार भेला र पार्टीभित्रको छलफलको मुख्य निष्कर्ष भने … Continue reading कांग्रेस संस्थापन पक्षको अडानः ‘निर्वाचनअगाडि कुनै पनि महाधिवेशन हुँदैन’

थप पढ्नुहोस् »

ई–ड्राइभिङ लाइसेन्स आवेदन सेवा पुनः सञ्चालन

काठमाडौ,२९ कार्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रणाली फेरि सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागको डेटा सेन्टरमा उत्पन्न समस्या कारण हिजोदेखि रोकिएको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सेवा आज बिहानदेखि पुनः सुचारु भएको विभागले जनाएको छ। हिजो पावर सप्लाईमा समस्या आएपछि सेवा बन्द भएको थियो। विभागका अनुसार अब नयाँ पावर सप्लाई जडान … Continue reading ई–ड्राइभिङ लाइसेन्स आवेदन सेवा पुनः सञ्चालन

थप पढ्नुहोस् »

मुलुकमा युवा नेतृत्वको आवश्यक छः शिक्षामन्त्री पुन

काठमाडौ,२९ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले गणतन्त्र कायम भए पछि देशमा ‘भ्रष्टाचारतन्त्र र घुसखोरीतन्त्र’ मजबुत बनाएको आरोप लगाएका छन्। उनका अनुसार यिनै कारणले नेपाल आर्थिक रूपमा कमजोर र पछि परेको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पुनले गणतन्त्रले ल्याउनुपर्ने सुशासन, पारदर्शिता र विकासको वातावरण पुराना नेताहरूले बिगारेको दाबी … Continue reading मुलुकमा युवा नेतृत्वको आवश्यक छः शिक्षामन्त्री पुन

थप पढ्नुहोस् »

विदेशस्थित नेपालीलाई दूतावासमार्फत मतदान गराउने अध्यादेश तयारी

काठमाडौ,२८ कार्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको प्रस्तावित अध्यादेशमा विदेशस्थित नेपाली दूतावासमार्फत नै मतदानको सम्पूर्ण प्रक्रिया सञ्चालन गरिने व्यवस्था गरिएको छ। अध्यादेशका अनुसार दूतावासमा मतदानका लागि आवश्यक सम्पूर्ण कार्य(नामावली संकलन, विवरण जाँच, मतदान र मतगणनासम्म) दूतावासमै हुनेछन्। निर्वाचन आयोगले नेपाल … Continue reading विदेशस्थित नेपालीलाई दूतावासमार्फत मतदान गराउने अध्यादेश तयारी

थप पढ्नुहोस् »

नयाँ भूकम्प प्रतिरोधी भवन संहिता लागू

काठमाडौ,२८ कार्तिक । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ सुरक्षित र प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता ९कोड० परिमार्जन गरी कार्यान्वयनमा ल्याएको छ। पुरानो संहितामा रहेका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मानकसँग नमेल खाने विधि, जटिल गणनापद्धति र अनावश्यक रूपमा निर्माण लागत बढाउने व्यवस्थालाई सुधारेर नयाँ संहिता लागू गरिएको हो। परिमार्जित कोड बिहीबार राजपत्रमा प्रकाशित गरिएसँगै लागू भएको … Continue reading नयाँ भूकम्प प्रतिरोधी भवन संहिता लागू

थप पढ्नुहोस् »

सन्तोष परियारले त्यागे रास्वपाः ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुँदै

काठमाडौ,२८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेको सार्वजनिक गरेका छन्। उनले नयाँ राजनीतिक अभियानमा प्रवेश गर्न लागेको कारण रास्वपा छाडेको बताएका हुन् । रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुने बताइएको छ। यसअघि नै रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिसकेकी छन्। … Continue reading सन्तोष परियारले त्यागे रास्वपाः ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुँदै

थप पढ्नुहोस् »