फिचर

हावादारीले देश बन्दैन: माधवकुमार नेपाल

काठमाडौ,२६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल ले देशको समस्या राजनीतिमा नै रहेको भन्दै सुधारको आवश्यकता औंल्याएका छन्। बुधबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा उनले भने, “राजनीतिमा अपराधीकरण, व्यापारिकरण, भ्रष्टीकरण, दलालीकरण र ठेकदारीकरणको समस्या छ। यो सुधार्नु नै राजनीतिको पहिलो कर्तव्य हो।” उनका अनुसार देश बनाउन हावादारी कुरा गरेर होइन, इमानदार सोच, गहिरो अध्ययन … Continue reading हावादारीले देश बन्दैन: माधवकुमार नेपाल

थप पढ्नुहोस् »

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौ,२५ कार्तिक । पछिल्लो तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ वटा घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। काउन्सिलका अनुसार गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा यी घटना भएका हुन्। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालका अनुसार तीमध्ये सबैभन्दा बढी आक्रमण र कुटपिटका ३४ घटना रहेका छन्। त्यसैगरी धम्की तथा दुर्व्यवहारका … Continue reading तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

थप पढ्नुहोस् »

व्यक्तिगत विवरणमा त्रुटि भए एकपटकका लागि सच्याउन सकिने

काठमाडौ,२५ कार्तिक । अब नाम, जन्ममिति, विवाह दर्ता, बसाइँसराईलगायत व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकका लागि मात्र सच्याउन सकिने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२’ स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो। यसअघि व्यक्तिगत घटनाका विवरण सच्याउने प्रावधान ऐनमा तोकिएको भए पनि स्पष्टता नहुँदा व्यवहारमा समस्या आइरहेको … Continue reading व्यक्तिगत विवरणमा त्रुटि भए एकपटकका लागि सच्याउन सकिने

थप पढ्नुहोस् »

लुम्बिनीको हिउँदे अधिवेशन मंसिर ८ मा

दाङ,२५ कार्तिक । लुम्बिनी प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आगामी मंसिर ८ गते सोमबार बस्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को निर्णयपछि अधिवेशनका लागि सिफारिस पठाइनेछ। … Continue reading लुम्बिनीको हिउँदे अधिवेशन मंसिर ८ मा

थप पढ्नुहोस् »

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा

काठमाडौ,२५ कार्तिक । सरकारले १४ उपसचिव र २४ शाखा अधिकृत गरी कुल ३८ जना कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारका निर्णय अनुसार यो सरुवा गरेको हो। मन्त्रालयका अनुसार सरुवामा परेका मध्ये १७ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यसरी गरिएको सरुवामार्फत प्रशासनिक संरचनामा कार्यक्षमता … Continue reading १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा

थप पढ्नुहोस् »

प्रहरी महानिरीक्षकमा कार्की नियुक्त

काठमाडौ,२४ कार्तिक । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि २६ कात्तिक राति १२ बजेबाट … Continue reading प्रहरी महानिरीक्षकमा कार्की नियुक्त

थप पढ्नुहोस् »

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद: कर्मचारीमाथि कुटपिट

काठमाडौ,२४ कार्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीलाई समेत कुटपिट गरेका छन्। मुख्यमन्त्रीको कार्यकक्षमा रहेका एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोज्दा भीडले उनलाई कुटेको भिडियो सार्वजनिक भएको छ। भिडले उनको टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ। … Continue reading मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद: कर्मचारीमाथि कुटपिट

थप पढ्नुहोस् »

कोशी प्रदेशमा एमालेका सबै मन्त्री फेरिने

विराटनगर,२४ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन्। एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईका अनुसार पार्टीले मुख्यमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न निर्देशन दिइसकेको छ। ‘हामीले मुख्यमन्त्रीलाई लामो समयअघि नै मन्त्रिपरिषद् पुनः गठन गर्न भनेका थियौं,’ राईले बताए, ‘अब छिट्टै पुनर्गठन हुने सम्भावना छ।’ उनका अनुसार … Continue reading कोशी प्रदेशमा एमालेका सबै मन्त्री फेरिने

थप पढ्नुहोस् »

रास्वपाबाट समानुपातिक उम्मेदवारका लागि शुल्क ५० हजार

काठमाडौ, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूलाई ५० हजार रुपैयाँ आवेदन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो। निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने मिति पुस १८ र १९ तय गरिएको … Continue reading रास्वपाबाट समानुपातिक उम्मेदवारका लागि शुल्क ५० हजार

थप पढ्नुहोस् »

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङ,२३ कार्तिक । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरू मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा … Continue reading मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

थप पढ्नुहोस् »