फिचर

एक अर्बको आलु र सुन्तला बिक्री

काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार गत वर्ष १,८२० हेक्टर … Continue reading एक अर्बको आलु र सुन्तला बिक्री

थप पढ्नुहोस् »

मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ,२० भदौ । हिमाली जिल्ला मनाङमा समेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ९२० का लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनको कार्यतालिका तय गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा पनि त्यही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको … Continue reading मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने

थप पढ्नुहोस् »

मेटाले माग्यो दर्ताका लागि आवश्यक कागजात

दाङ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् … Continue reading मेटाले माग्यो दर्ताका लागि आवश्यक कागजात

थप पढ्नुहोस् »

व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भवः प्रजिअ अर्याल

दाङ, १९ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भव रहेको बताएका छन् । उनले जिल्लामा लागुऔषध र सामाजिक अपराध नियन्त्रण चुनौतीको विषय रहेको भन्दै निजी क्षेत्रले राज्य संयन्त्रलाई सहयोग गर्नुपर्ने बताए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रजिअ अर्यालले … Continue reading व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भवः प्रजिअ अर्याल

थप पढ्नुहोस् »

खुकुरी प्रहार अपडेटः पाँच जना प्रहरीको नियन्त्रणमा

दाङ,१९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता पसल नजिक बिहिबार बिहान भएको खुकुरी प्रहार प्रकरणमा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ । घटनामा घाइते भएका तुलसीपुर–५ बसपार्कका २१ वर्षीय आयुष बिक … Continue reading खुकुरी प्रहार अपडेटः पाँच जना प्रहरीको नियन्त्रणमा

थप पढ्नुहोस् »

फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन बन्द भएपनि निर्बाध चल्नेछन्, यी सामाजिक सञ्जाल

काठमाडौँ,१९ भदौ । सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपनि नेपालमा पाँच ओटा प्लेटफर्म निर्वाध चल्ने भएका छन् । सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म रहेकोमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन लगायतका प्लेटफर्म सम्पर्कमा समेत आएका छैनन् । सूचीकरण नगर्ने सामाजिक सञ्जाललाई कसरी बन्द गराउने भन्ने विषयमा अहिले सञ्चार तथा … Continue reading फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन बन्द भएपनि निर्बाध चल्नेछन्, यी सामाजिक सञ्जाल

थप पढ्नुहोस् »

फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, १९ भदौ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल तत्कालका लागि बन्द हुने भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै सो निर्णय लागू गर्न … Continue reading फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

थप पढ्नुहोस् »

सामाजिक संजाल प्रतिबन्धको निर्णयमा बैठक जारी

काठमाडौँ, १९ भदौ । फेसबुकलगायतका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातमा सकिएको छ । यसबारे थप निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले बैठक जारी छ । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने र प्रक्रियामा आएपछि पुनः सक्रिय गर्ने तयारी सरकारको रहेको मन्त्रालय स्रोतले जनाएको छ । सञ्चारमन्त्री … Continue reading सामाजिक संजाल प्रतिबन्धको निर्णयमा बैठक जारी

थप पढ्नुहोस् »

ड्रोन मार्फत फोहोर संकलन

काठमाडौँ,१८ भदौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा थुप्रिने फोहर सङ्कलनका लागि ड्रोनको प्रयोग हुँदै आएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इन्क ले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँग सहकार्य गरी यो कार्य थालेको हो। साइमक्स इन्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट करिब एक हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ। बीवाईडीले विश्वव्यापी रूपमा ‘कूल … Continue reading ड्रोन मार्फत फोहोर संकलन

थप पढ्नुहोस् »

कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

काठमाडौं, १८ भदौ । मुस्ताङको जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य भएका छन्। कारागार भवनका दुई कोठामा कैदीबन्दी र तीन कोठामा सुरक्षाकर्मी बस्दै आएका छन्। एउटै संरचनामा दुवैको बसाइँ हुँदा सुरक्षा चुनौतीसँगै विभिन्न समस्या देखापरेको छ। ढुंगा र माटोले बनेको करिब आधा शताब्दी पुरानो कारागार भवनमा छत चुहिने समस्या बढेपछि जस्ताले छाउनुपरेको … Continue reading कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

थप पढ्नुहोस् »