फिचर

कर्फ्यु खुकुलो भएसंगै पेट्रोल पम्पमा भिड

दाङ,२७ भदौ । दाङको जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनाले कर्फ्यु खुकुलो बनाएर निषेधाज्ञा जारी राखेसँगै अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा सवारी साधानमा पेट्रोलियम पदार्थ भर्नेहरुको पनि लाइन बढेको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म सेनाले अत्यावश्यकीय सामग्री किन्न साथै यात्रा गर्नका लागि खुला गरेसँगै पेट्रोलियम पदार्थ लिनेको लाइन लागेको हो … Continue reading कर्फ्यु खुकुलो भएसंगै पेट्रोल पम्पमा भिड

थप पढ्नुहोस् »

सेनाको निगरानीमा शीर्ष नेताहरू, अघोषित नजरबन्द

काठमाडौं, २६ भदौ । नेपाली सेनाको निगरानीमा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन्। उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको र बाहिरबाट सम्पर्कमा रहेका नेताहरूसँग अचानक सम्पर्क विच्छेद भएको दलका नेताहरूले बताएका छन्। दिउँसोसम्म नियमित सम्पर्कमा रहेका नेताहरू साँझदेखि सम्पर्कबाहिर पुगेपछि अन्योल बढेको छ। जेनजीको … Continue reading सेनाको निगरानीमा शीर्ष नेताहरू, अघोषित नजरबन्द

थप पढ्नुहोस् »

आइतबारदेखि दर्ता र सुनुवाई थाल्ने सर्वोच्च फुल कोर्टको निर्णय

काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै, अदालतहरूलाई चाँडै सञ्चालनमा ल्याउने तयारी समेत अघि बढाइएको छ। जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा आक्रमण, तोडफोड र आगजनी हुँदा न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेख नष्ट भएको सर्वोच्चले जनाएको छ। आन्दोलन चर्किँदा सर्वोच्च अदालतको … Continue reading आइतबारदेखि दर्ता र सुनुवाई थाल्ने सर्वोच्च फुल कोर्टको निर्णय

थप पढ्नुहोस् »

लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ: ३३ लाख ७० हजार रुपैयाँसहित हतियार बरामद

काठमाडौँ, २५ भदौ । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले उनीहरूबाट ३३ लाख ७० हजार रुपैयाँसहित विभिन्न हतियार पनि बरामद गरेको जनाएको छ । सेनाले दिएको जानकारी अनुसार बिहान १० बजेसम्म काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीनवटा वारुण यन्त्र प्रयोग गरिएको छ … Continue reading लुटपाट तथा हिंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ: ३३ लाख ७० हजार रुपैयाँसहित हतियार बरामद

थप पढ्नुहोस् »

अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

काठमाडौँ,२४ भदौ । पछिल्ला दिनहरूमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले मुलुकलाई तहसनहस बनाइदिएको छ। सुरुमा माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण नाराबाजी केही घण्टामै उग्र बनेको थियो। युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भएर सडकमा ओर्लिए र प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक रूप लियो। राजधानीका विभिन्न क्षेत्रमा टायर जलाइए, सरकारी सवारी साधन तोडफोड गरिए र प्रहरीसँग भीषण … Continue reading अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

थप पढ्नुहोस् »

अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन

काठमाडौँ,२४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको माग गर्दै अबको नेतृत्व जेनजी पुस्ताले लिनुपर्ने बताएका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै उनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह गरे ।‘यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,’ बालेनले भने । उनले जनधनको … Continue reading अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन

थप पढ्नुहोस् »

काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। काठमाडौं उपत्यकाबाहेक झापाको दमकसहितका स्थानमा अश्रुग्याँस प्रहार र गोलीसमेत चलेका … Continue reading काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

थप पढ्नुहोस् »

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौँ,२३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। सोमबार भएको जेन जेनरेशन (जेनजी) का युवाहरूको प्रदर्शन र उनीहरूले उठाएका मागका विषयमा छलफल गर्नका लागि देउवाले बैठक आह्वान गरेका हुन्। पार्टी स्रोतका अनुसार बैठक मंगलबार बिहान ९ बजे सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेछ।

थप पढ्नुहोस् »

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान गरेर सम्पन्न गर्नुपर्ने हुन्छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले प्रतिपदा तिथिदेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने … Continue reading आजदेखि सोह्रश्राद्ध सुरु

थप पढ्नुहोस् »

‘जेन–जी’ प्रदर्शनलाई काठमाडौँ प्रशासनको अनुमति: सुरक्षा व्यवस्था मिलाइने

काठमाडौँ,२२ भदौ । ‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको र आवश्यक सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए। उनका अनुसार, प्रदर्शनका आयोजक युवाहरूले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र भद्र हुने प्रतिबद्धता जनाएका छन्। प्रजिअ … Continue reading ‘जेन–जी’ प्रदर्शनलाई काठमाडौँ प्रशासनको अनुमति: सुरक्षा व्यवस्था मिलाइने

थप पढ्नुहोस् »