फिचर

चाडपर्व लक्षित यातायात व्यवस्थापन : सरकारले गर्यो ७ निर्णय

काठमाडौं ,४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षाबारे सरोकारवालासँग छलफल गरी सातवटा निर्णय गरेका छन्। शनिबार मन्त्रालयमा भएको बैठकमा सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारी सहभागी थिए। मन्त्री … Continue reading चाडपर्व लक्षित यातायात व्यवस्थापन : सरकारले गर्यो ७ निर्णय

थप पढ्नुहोस् »

जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग

दाङ,३ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ । एच. आर. मिडिया हाउस प्रालिको पहलमा गरिएको सहयोगअन्तर्गत कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सीलगायत करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामग्री उपलब्ध गराइएको हो … Continue reading जिल्ला ट्राफिक कार्यालय दाङलाई भौतिक सामग्री सहयोग

थप पढ्नुहोस् »

सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु

काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेका छन् । सरकारी स्रोतका अनुसार सिंहदरबार र वरिपरि रहेका कार्यालयहरूमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त भएका छन्। ती सवारी … Continue reading सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा आक्रमण: कांग्रेस सभापति देउवाको टाउकोमा १२ टाँका

काठमाडौँ,३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेपछि गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर उनलाई १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्। शुक्रबार पार्टी बैठकपछि जानकारी दिँदै विश्वकर्माले सुरुवातमा अवस्था अतालिनु भए पनि हाल देउवा र आरजु देउवा सामान्य अवस्थामा … Continue reading जेनजी आन्दोलनमा आक्रमण: कांग्रेस सभापति देउवाको टाउकोमा १२ टाँका

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका घटनाको छानबिनका लागि कांग्रेस महामन्त्री शर्माको माग

काठमाडौँ, ३ असोज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताले उठाएका जायज माग सम्बोधन गर्न र आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आग्रह गरेका छन्। शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले जेनजी पुस्तालाई भविष्यको नेतृत्वकर्ता मात्र नभई वर्तमानमा पनि सक्रिय नेतृत्व गरिरहेका बताउँदै आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, तोडफोड र आगजनीको … Continue reading जेनजी आन्दोलनका घटनाको छानबिनका लागि कांग्रेस महामन्त्री शर्माको माग

थप पढ्नुहोस् »

जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

काठमाडौं ,३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको जेनजी युवाको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतना र मुलुकमा बढ्दो भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र अधुरो अपेक्षाकै कारण आन्दोलनको जन्म भएको … Continue reading जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह गरी ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मूल संकल्पसहित दिवस मनाइएको हो। समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको चाहना र सोचअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने , “युवा पुस्ताको चाहनाअनुसार हाम्रो काम पारदर्शी, जवाफदेही … Continue reading लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

थप पढ्नुहोस् »

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

दाङ,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन्। संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै मौलिक हक,अधिकारको … Continue reading संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने

काठमाडौं,२ असोज । अब अन्तर्राष्ट्रिय कार्डमार्फत पनि नेपालमा राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आजदेखि अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको छ। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा यसको शुभारम्भ गरेका छन्। यो सुविधा सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले … Continue reading अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने

थप पढ्नुहोस् »

सरकारको बजेट खर्च ९ प्रतिशत

काठमाडौं,१ असोज । चालू आर्थिक वर्ष २०८१/ ८२ को भदौ मसान्तसम्म सरकारले कुल बजेटको ९ दशमलव १७ प्रतिशत मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालू खर्च ९.६७ प्रतिशत, पूँजीगत खर्च १.५६ प्रतिशत र वित्तीय व्यवस्थासम्बन्धी खर्च १५.८९ प्रतिशत रहेको छ। यस वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा भदौ … Continue reading सरकारको बजेट खर्च ९ प्रतिशत

थप पढ्नुहोस् »