फिचर

मानव बेचबिखन विरुद्ध शान्ति पुनर्स्थापना गृहको वार्षिक समिक्षा

दाङ, २९ मंसिर। शान्ति पुनर्स्थापना गृह कोईलाबासको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम गढवामा सम्पन्न भएको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्दार संयोजक भूमीराज भट्टराईको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। शान्ति पुनर्स्थापना गृहको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै गढवा गाउँपालिका … Continue reading मानव बेचबिखन विरुद्ध शान्ति पुनर्स्थापना गृहको वार्षिक समिक्षा

थप पढ्नुहोस् »

सुशासन र पारदर्शिता आजको आवश्यकता हो:मुख्यमन्त्री आचार्य

अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यकालागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । व्यवसायीक पत्रकारीता … Continue reading सुशासन र पारदर्शिता आजको आवश्यकता हो:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

हिउँमा बसेर पढ्दै विद्यार्थी

सिमकोट, २७ मंसिर।हुम्लाको सिमकोट गाउँपालिका(७ स्थित डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरू हिउँमै बसेर अध्ययन गरिरहेका छन्। हिउँले जाडो थपेकाले विद्यार्थीहरू कक्षाकोठा बाहिर घाम ताप्दै हिउँ जमेको चौरमा पठनपाठन गरिरहेका छन्। विद्यालयका शिक्षक यज्ञबहादुर शाहीका अनुसार, हिमपात भएपछि कक्षाकोठामा अत्यधिक जाडो भएको कारण, विद्यालयले बाहिर हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। “मंसिर महिनाको अन्तिममा जाडो … Continue reading हिउँमा बसेर पढ्दै विद्यार्थी

थप पढ्नुहोस् »

हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

दाङ,२७ मंसिर। दाङको तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा तीन दिनसम्म संयुक्त राष्ट्रसंघको नमुना अभ्यास सञ्चालन भयो। जहाँ संयुक्त राष्ट्र संघसँग आबद्ध विश्वका थुप्रै देशहरूको प्रतिनिधित्व रह्यो। विद्यार्थीहरूले फरक फरक मुलुकको प्रतिनिधित्व गरी कुटनीतिकको भूमिकामा उपस्थिति जनाए। तीन दिनसम्म सञ्चालन भएको उक्त संयुक्त संघको नमुना संसद अभ्यासमा उनीहरूले मुलुकको राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक विषयलाई उठान मात्र … Continue reading हिमालमा “मुन” अभ्यास: विद्यार्थीमा कुटनिती र नेतृत्व विकास

थप पढ्नुहोस् »

पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयन :जिल्ला अध्यक्षमा सुवेदी

दाङ ,२६ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेपाल प्रेस युनियन ,प्रेस चौतारी र प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूको सर्वसहमतिमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष (महिला) मा नारायणी रजौरे चयन गरिएको … Continue reading पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयन :जिल्ला अध्यक्षमा सुवेदी

थप पढ्नुहोस् »

पर्सामा रविको बयान सुरु

काठमाडौँ,२५ मंसिर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । कास्की प्रहरीको … Continue reading पर्सामा रविको बयान सुरु

थप पढ्नुहोस् »

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,२४ मंसिर ।नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अध्यक्ष सिलवालउपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको … Continue reading नेपाल बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

थप पढ्नुहोस् »

कोरियाली राष्ट्रपतिमाथी यात्रामा प्रतिबन्ध

सियोल। दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो । संसदीय सुनुवाइमा एक सांसदले मंगलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको … Continue reading कोरियाली राष्ट्रपतिमाथी यात्रामा प्रतिबन्ध

थप पढ्नुहोस् »

शुभकामनाकाे १८ ओैँ साधारणसभा सम्पन्न

दाङ,२२ मंसिर । शुभकामना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे १८ ओैँ साधारणसभा सम्पन्न भएकाे छ । दाङकाे घाेराहीस्थित संस्थाकाे आज शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएकाे हाे । संस्थाका अध्यक्ष आदिम केसीकाे अध्यक्षता तथा सल्लाहकार कृष्णबहादुर कार्कीकाे प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएकाे थियाे । कार्यक्रममा उत्कृष्ट बचतकर्ताकाे रूपमा भानु वली, उत्कृष्ट काराेबारकर्ताकाे रूपमा … Continue reading शुभकामनाकाे १८ ओैँ साधारणसभा सम्पन्न

थप पढ्नुहोस् »

संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता

काठमाडौं,२१ मंसिर ।संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय प्रतिनिधि मण्डल आज अपराह्न स्वदेश फिर्ता भएको छ । मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो । भ्रमणका क्रममा … Continue reading संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता

थप पढ्नुहोस् »