फिचर

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

काठमाडौँ, ७ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर … Continue reading राष्ट्रपति र सभामुखबीच भेटवार्ता

थप पढ्नुहोस् »

टिकटक आधिकारिक रुपमा दर्ता

काठमाडौँ,२१ कार्तिक । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आवश्यक कागजात पेस गरेसँगै विधिवत रूपमा दर्ता भएको हो। सामाजिक विकृति फैल्याएको भन्दै नेपालमा बन्द गरिएको टिकटक खोलिएको केही समयपछि टिकटक अब भने आधिकारिक रुपमै … Continue reading टिकटक आधिकारिक रुपमा दर्ता

थप पढ्नुहोस् »

प्रशिक्षण पाठ्यक्रम परिमार्जन गर्दै कांग्रेस

काठमाडौँ,२० कार्तिक । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । कांग्रेसले हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेको भन्दै पाँच सदस्यीय उपसमिति गठन गरेको जनाएको छ । प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा। सुरेश आचार्यको संयोजकत्वमा डा। जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको … Continue reading प्रशिक्षण पाठ्यक्रम परिमार्जन गर्दै कांग्रेस

थप पढ्नुहोस् »

राष्ट्रिय सूचना आयोगका पदाधिकारी सिफारिस

काठमाडौं,२० कार्तिक । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले आचार्यलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । यसअघिका आयोग पदाधिकारीको कार्यकाल सकिनुअघि नयाँ सिफारिस गर्ने क्रममा आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । आचार्य नेपाली कांग्रेसको … Continue reading राष्ट्रिय सूचना आयोगका पदाधिकारी सिफारिस

थप पढ्नुहोस् »

घाइते युवाको मृत्युपछि अस्पताल अगाडि प्रदर्शन

बांके,१९ कार्तिक । सडक दुर्घटनामा परी घाइते भएका युवाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन्। सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी अस्पतालअगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन्। नेपालगन्जको बसपार्कस्थित बाइपासरोडमा आइतबार साँझ भे ६ प ८०२ र भे ३ प ७१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जका २६ वर्षीय अमन … Continue reading घाइते युवाको मृत्युपछि अस्पताल अगाडि प्रदर्शन

थप पढ्नुहोस् »

नेपालगञ्जबाट रुकुम जाँदै गरेको गाडीमा आगलागी

सल्यान, १४ कार्तिक । नेपालगञ्जबाट रुकुम पश्चिम जाँदै गरेको गाडिमा एक्कासी आगलागी भएको छ । भे १ ख ३७५० नम्बरको गाडि गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो । बुधबार बेलुका ६ बजेको समयमा सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ चारखोला नजिकै पुगेको समयमा गाडिमा आगलागी भएको थियो । आगोले गाडी जलेर पूर्ण रूपमा नष्ट भएको … Continue reading नेपालगञ्जबाट रुकुम जाँदै गरेको गाडीमा आगलागी

थप पढ्नुहोस् »

‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

काठमाडौं,१४ कार्तिक। यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ४ मिनेटको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । … Continue reading ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

थप पढ्नुहोस् »

आज काग तिहार

काठमाडौ,१४ कार्तिक। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बुधबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बुधबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिले जानकारी दिएको छ । समितिले … Continue reading आज काग तिहार

थप पढ्नुहोस् »

दाङमा “मिसिङः केटी हराएको सूचना”को प्रमोसन सुरु

दाङ १३, कार्तिक । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचारप्रसार सुरु भएको छ । यही क्रममा दाङका दर्शकलाई लक्षित गर्दै अटोबाट फिल्मको प्रमोसन सुरु गरिएको छ । त्यहाँका ५० वटा अटोमा फिल्मको पोस्टर टाँसेर प्रचारप्रसार सुरु गरिएको छ । स्थानीयका अनुसार ती अटोहरु दाङका भित्री भूभागमा समेत पुग्ने … Continue reading दाङमा “मिसिङः केटी हराएको सूचना”को प्रमोसन सुरु

थप पढ्नुहोस् »

ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा,१३ कार्तिक । पाल्पाको अहाखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाल्पाको रम्भा गाउँपालिका -३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन । उपरीक्षक मल्लका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ निवासी २३ वर्षीय भुवन सिंह राना रहेका छन। बुटवलबाट … Continue reading ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »