शिक्षा

विद्यालय समाज रूपान्तरणको जग हो: पोखरेल

दाङ,२१ माघ। नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विद्यालयलाई समाज रूपान्तरणको जग भएको बताएका छन्। हिन्दू विद्यापीठ नेपाल, घोराही दाङको ३३औँ वार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रममा बोल्दै उनले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउँदा शैक्षिक गुणस्तरमा वृद्धि हुने बताए। उनले हिन्दू विद्यापीठ स्कुलले संस्कार, संस्कृति र राष्ट्रियता जागरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा … Continue reading विद्यालय समाज रूपान्तरणको जग हो: पोखरेल

थप पढ्नुहोस् »

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम

माघ १९, दाङ – दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। दाङका विभिन्न विद्यालयका विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा ५६ टिमलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयका कक्षा १२ का दिपक कुमार राणा र लेजिङ डाँगीले उत्कृष्ट प्रदर्शन गर्दै … Continue reading जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम

थप पढ्नुहोस् »

जीवन शैलीसंग जोडिने शिक्षा दिनु पर्छ : पूर्व मुख्यमन्त्री चौधरी

दाङ, १९ माघ ।लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अबको शिक्षा जीवन शैलीसंग जोडिने खालको शिक्षा हुनु पर्ने बताएका छन । शिक्षालाई संस्कृति र जीवनशैलीसँग जोडेर लैजानुपर्ने  भन्दै पूर्व मुख्यमन्त्री चौधरीले घोगन्ते शिक्षा हटाउनु पर्ने बताए । तुलसीपुरमा रहेको ग्रेट अरनीको माध्यमिक विद्यालय तुल्सीपुरको २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन … Continue reading जीवन शैलीसंग जोडिने शिक्षा दिनु पर्छ : पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

‘हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जानु पर्दैन’:मुख्यमन्त्री आचार्य

रुपन्देही,१८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जाने सपनाको आवश्यकता नपर्ने बताएका छन्। न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवल–११ को ३५औं वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताउँदै नवप्रवर्तन (इनोभेसन) को क्षेत्रमा काम गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। मुख्यमन्त्री आचार्यले भने, “विद्यार्थीहरूले हरेक क्षेत्रमा उत्कृष्टता … Continue reading ‘हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जानु पर्दैन’:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित संघर्ष समिति’ गठन

दाङ,१६ माघ । शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा जारी गरिएको शिक्षक सरुवा निर्देशिका २०८१ का कारण नवप्रवेशी शिक्षकहरू सरुवा अधिकारबाट वञ्चित भएको भन्दै शिक्षक संगठित भएका छन्। सरुवा सम्बन्धी अन्याय विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने गरी शिक्षक नेत्रलाल भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित केन्द्रीय तदर्थ समिति’ गठन गरिएको छ। समितिले उक्त निर्देशिकाले ५०औं हजारभन्दा बढी नवप्रवेशी शिक्षकलाई कनिष्ठताको … Continue reading भट्टराईको संयोजकत्वमा ‘सरुवा बञ्चित संघर्ष समिति’ गठन

थप पढ्नुहोस् »

प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

दाङ,१६ माघ। तुलसीपुरमा सम्पन्न प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट प्रतियोगिता भएको छ । कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले गरेको न्यायालयको वास्तविक प्रक्रियाको अभ्यास गरेका छन । उनीहरुले न्याय अब मर्ने छैन भन्ने कुराको आभास भएको बताए। प्रतियोगितामा विद्यार्थीहरूले एक मुद्दालाई लिएर वादी (अभियोजन) र प्रतिवादी (रक्षा) पक्षको रूपमा तर्क प्रस्तुत गरे। उनीहरूको कानूनी अनुसन्धान, प्रमाणहरू प्रस्तुति, … Continue reading प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

थप पढ्नुहोस् »

ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

दाङ,१२ माघ। तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरूले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। ज्ञानज्योति फाउन्डेसन अन्तर्गत सञ्चालनमा रहेको ज्ञानदिप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका हुन्। उनीहरूले सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ दहवनमा रहेको श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् । भगवती माभिका … Continue reading ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

थप पढ्नुहोस् »

तुलसीपुर सिकाइ मेलाः विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्छ

दाङ,२८ पुस। दाङको तुलसीपुरमा तुलसीपुर सिकाइ मेला २०८१ सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा उक्त सिकाई मेला सम्पन्न भएको हो । विद्यालयको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सम्पन्न सिकाइ मेलाका अवसरमा सहभागिहरुले विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्ने बताएका थिए । सिकाईका आधारमा संस्थागत र सामुदायिक विद्यालयविचमा विभेद सिर्जना … Continue reading तुलसीपुर सिकाइ मेलाः विद्यालयहरुविचको विभेद अन्त्य गरिनुपर्छ

थप पढ्नुहोस् »

नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न

दाङ,२७ पुस। नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न भएको छ। शिक्षक संघ तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष घनश्याम डागीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा संघको आठौं प्रतिनिधि सभा सम्पन्न भएको हो। सो अवसरमा बोल्ने सहभागीहरूले गुट उपगुडको भावनाको अन्त्य गर्दै एकता र सहकार्य अगाडि बढाउनुपर्ने बताएका थिए। उनीहरुले शिक्षक संघका सबै … Continue reading नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न

थप पढ्नुहोस् »

मेधावी छात्रा २०८१ को नतिजा सार्वजनिक

दाङ, २१ पुस । मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको हो । प्याब्सन दाङको आयोजना, एपेक्स कम्प्युटर्सको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राको उत्कृष्ट १० को नतिजा आइतबार … Continue reading मेधावी छात्रा २०८१ को नतिजा सार्वजनिक

थप पढ्नुहोस् »