समाचार

ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सी–१३० हर्कुलस विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त एभिन्यूमा खसेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, … Continue reading ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

थप पढ्नुहोस् »

मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् ।  सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर  पढ्ने चाहाउने इच्छा पुरा भएको हो। दैनिक मजदुरी गर्दै तयारी गरेका उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका हुन्।प्रतिष्ठानले दोस्रो … Continue reading मजदुरीबाट एमबीबीएसको यात्रा :  सत्यनारायणले लगाए सेतो एप्रोन

थप पढ्नुहोस् »

कूटनीतिक पहलमार्फत बीबीसीको भिडियो हटाइने

काठमाडौँ,१५फागुन। बीबीसीले प्रसारण गरेको जेनजी आन्दोलसम्बन्धी भिडियो हटाउने तयारी भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मुखमा बीबीसीले प्रशारण गरेको भिडियो हटाउन कूटनीतिक पहल थालिएको बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले उक्त भिडियो नेपाली कानुनअनुसार प्रत्यक्ष कारबाहीको दायरामा नपर्ने भएकाले कूटनीतिक माध्यमबाट हटाउने प्रयास सुरु गरिएको जानकारी दिए। “नेपाली … Continue reading कूटनीतिक पहलमार्फत बीबीसीको भिडियो हटाइने

थप पढ्नुहोस् »

दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

दाङ, १५ फागुन । दाङमा निर्वाचनको मतपरिणामलाई डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी थालिएको छ।लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम डिजिटल सञ्चार माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो । शुक्रबार घोराहीमा सञ्चारकर्मीसँग आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक छलफल कार्यक्रममा निर्वाचनका क्रममा रिपोर्टिङ कार्यलाई सहज बनाउँदै लुम्बिनी प्रदेशभरकै नतिजा डिजिटल माध्यमबाट … Continue reading दाङमा डिजिटल प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने

थप पढ्नुहोस् »

दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

दाङ,१५ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा कर्मचारी परिचालनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाभरका ४ सय ८२ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा ६ जनाका दरले २ हजार ८ सय ९८ जना कर्मचारी खटिनेछन्। त्यस्तै घोराही र तुलसीपुरस्थित कारागारमा स्थापना गरिएका दुई अस्थायी मतदान केन्द्रमा ३/३ जनाका दरले … Continue reading दाङमा निर्वाचन तयारी तीव्रः २ हजार ८९८ कर्मचारी खटिँदै

थप पढ्नुहोस् »

दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

दाङ,१५ फागुन । दाङमा मदिरा बिक्री वितरण र सेवनमा  रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालय  दाङले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त कार्यमा रोक लगाएको हो। शुक्रबार सहाय प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले एक सूचना जारी गर्दै  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई   स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको … Continue reading दाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक

थप पढ्नुहोस् »

रुकुमलाई विकासको नमुना बनाउने जनार्दनको प्रतिबद्धता

रुकुम पश्चिम,१५ फागुन ।आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका जनार्दन शर्मा ले रुकुमलाई विकास र समृद्धिको नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी का नेता शर्माले आफ्नो उम्मेदवारी पदका लागि नभई विकास, सुशासन र सामाजिक न्यायका लागि भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुकुमलाई देशकै नमुना जिल्ला बनाउने, गरिबी … Continue reading रुकुमलाई विकासको नमुना बनाउने जनार्दनको प्रतिबद्धता

थप पढ्नुहोस् »

बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र

काठमाडौं ,१५ फागुन । निर्वाचन आयोग ले जेन–जी आन्दोलनसम्बन्धी भिडियो डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ।बिबिसी वर्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ शीर्षकको वृत्तचित्रमा भदौ २३ र २४ गतेको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गोली चलाउने आदेश दिएको दाबी गरिएको छ। कार्यवाहक प्रमुख … Continue reading बीबीसी डकुमेन्ट्री हटाउन आयोगको पत्र

थप पढ्नुहोस् »

निर्वाचनमा २ लाख २१ हजार कर्मचारी खटिने

काठमाडौँ,१५ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोग का अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी केन्द्रमा कर्मचारी परिचालन गरिनेछ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पाँच … Continue reading निर्वाचनमा २ लाख २१ हजार कर्मचारी खटिने

थप पढ्नुहोस् »

यातायात कार्यालयका ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,१५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन प्रमुखसहित ३३ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत मा मुद्दा दायर गरेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरी आर्थिक लेनदेनका आधारमा अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराएको आरोपमा बिहीबार मुद्दा दायर गरिएको हो। आयोगका अनुसार तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार र रमेशबहादुर … Continue reading यातायात कार्यालयका ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »