समाचार

जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

काठमाडौं ,३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हालै भएको जेनजी युवाको आन्दोलनलाई युवापुस्ताको चाहना, जनचेतना र मुलुकमा बढ्दो भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र अधुरो अपेक्षाकै कारण आन्दोलनको जन्म भएको … Continue reading जेनजी आन्दोलन जनचाहना र भ्रष्टाचारविरुद्धको प्रतिविम्ब हो: प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

दाङ,३ असोज । लुम्बिनी प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह गरी ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मूल संकल्पसहित दिवस मनाइएको हो। समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको चाहना र सोचअनुरूप कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने , “युवा पुस्ताको चाहनाअनुसार हाम्रो काम पारदर्शी, जवाफदेही … Continue reading लुम्बिनी प्रदेशमा संविधान दिवस : युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्नेमा जोड

थप पढ्नुहोस् »

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

दाङ,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन्। संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै मौलिक हक,अधिकारको … Continue reading संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

काठमाडौं,३ असोज । संविधान दिवसको अवसरमा नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रममा ओलीका लागि आसन समेत व्यवस्थापन गरिएको थिएन । महासचिव शंकर पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरिन् भने प्रमुख वक्ताको रुपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरे । तर … Continue reading संविधान दिवसमा एमालेको कार्यक्रम, अध्यक्ष ओली अनुपस्थित

थप पढ्नुहोस् »

शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

दाङ, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले शिक्षा, समानता र समृद्धि निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ। संविधान दिवस २०८२ को अवसरमा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीले हस्ताक्षर गरेका संयुक्त सन्देशमार्फत संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा स्मरण गरिएको छ। सन्देशमा … Continue reading शिक्षा, समानता र समृद्धि निर्माणमा हातेमालो गरौँ : प्याब्सन दाङ

थप पढ्नुहोस् »

सैनिक व्यारेकबाट फर्किए ओली

काठमाडौं,२ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्। जेन–जी आन्दोलनका क्रममा सुरक्षा कारणले नेपाली सेनाले उनलाई नियन्त्रणमा राखेको थियो। गत २४ भदौ प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए। सुरक्षा निकायका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन्। त्यहाँका लागि भाडाको घर लिइएको बताइएको छ। … Continue reading सैनिक व्यारेकबाट फर्किए ओली

थप पढ्नुहोस् »

अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने

काठमाडौं,२ असोज । अब अन्तर्राष्ट्रिय कार्डमार्फत पनि नेपालमा राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आजदेखि अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको छ। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा यसको शुभारम्भ गरेका छन्। यो सुविधा सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले … Continue reading अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी हुने

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीसंग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ,२ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर टम्सनले बिहीवार शिष्टाचार भेटवार्ता गरेका छन् । प्रभधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसंग टम्सनले भेटवार्ता गरेका हुन् । भटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजदूत टम्सनले नेपालको विकासका लागि अमेरिकाले सहयोग गरिरहने प्रतिबद्धता … Continue reading प्रधानमन्त्री कार्कीसंग अमेरिकी राजदूतको भेटवार्ता

थप पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री खनालकी पत्नी चित्रकारको बायाँ हात काटियो अवस्था गम्भीर

काठमाडौँ ,२ असोज । गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारक्रममा बायाँ हात काटिएको छ। पूर्वप्रधानमन्त्री खनालका अनुसार ७० वर्षीया चित्रकारको शरीर करिब १७ प्रतिशत जलेको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा उनको अवस्था गम्भीर रहेको छ। ‘निमोनियासमेत देखिएको छ, चेतना भए पनि बोल्न सक्ने … Continue reading पूर्व प्रधानमन्त्री खनालकी पत्नी चित्रकारको बायाँ हात काटियो अवस्था गम्भीर

थप पढ्नुहोस् »

महिलामाथि हतियार प्रहार

काठमाडौं, २ असोज । काठमाडौंको गोकर्णेश्वर नगरपालिका -७ स्थित शिव चोकमा एक महिलामाथि हतियार प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ … Continue reading महिलामाथि हतियार प्रहार

थप पढ्नुहोस् »