समाचार

बुद्धका शिक्षाले शान्तिमा नयाँ आयाम

दाङ , ११ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन  । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा … Continue reading बुद्धका शिक्षाले शान्तिमा नयाँ आयाम

थप पढ्नुहोस् »

आगलागी हुदा ३० वर्षीय जुनाको मृत्यु

गुल्मी,११ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । ७० वर्षीया मनिदेवी विकको ढुङ्गा माटोले बनेको एकतले कच्ची घरमा बुधबार राति अचानक आगलागी भएको हो। आगलागी हुदा उनकी ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए … Continue reading आगलागी हुदा ३० वर्षीय जुनाको मृत्यु

थप पढ्नुहोस् »

संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको शालिकमा भने नेताहरूको उपस्थिति देखिएन। स्मृति दिवसको अवसरमा काँग्रेस दाङले दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला सभापति … Continue reading संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

थप पढ्नुहोस् »

स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सिरहा, १० साउन १। सिरहाको लहान–३ अस्पताल चोक नजिक शनिबार बिहान सशस्त्र प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बसोबास गर्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको चेक प्वाइन्ट टोलीले बिहान नियन्त्रणमा … Continue reading स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

थप पढ्नुहोस् »

वडा कार्यालयमा चोरी

दाङ,१० साउन । तुलसीपुर उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयमा गएराति चोरी भएको छ। रातिको समयमा कार्यालयको मुख्य ढोका फोडी चोरले राजश्वबाट संकलन गरिएको ६ हजार रुपैयाँ चोरी गरेको वडा अध्यक्ष धर्मराज वलीले जानकारी दिए। वडाअध्यक्षका अनुसार उक्त रकम कार्यालयको दराजमा सुरक्षित रूपमा राखिएको थियो। चोरले नगदबाहेक कार्यालयका कम्प्युटर, कागजात तथा अन्य सामग्रीमा भने कुनै क्षति पुर्याएका … Continue reading वडा कार्यालयमा चोरी

थप पढ्नुहोस् »

भावना होइन, सही विचारले मात्र कम्युनिस्ट एकता सम्भव छ: खनाल

काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट एकता सकारात्मक भए पनि त्यसका लागि सही विचार आवश्यक हुनेमा जोड दिए। “कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो। तर, भावनाले मात्रै एकता हुँदैन,” खनालले भने, … Continue reading भावना होइन, सही विचारले मात्र कम्युनिस्ट एकता सम्भव छ: खनाल

थप पढ्नुहोस् »

सिटि रिक्सा चार्ज गर्ने क्रममा खंग दम्पतीको मृत्यु

सप्तरी,१० साउन । सिटि रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक दम्पतीको मृत्यु भएको छ।जिल्लाको रुपनी गाउँपालिका–२, पौवामा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर खंग दम्पतीको मृत्यु भएको हो। स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंगको करेन्ट लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार … Continue reading सिटि रिक्सा चार्ज गर्ने क्रममा खंग दम्पतीको मृत्यु

थप पढ्नुहोस् »

मुख्यमन्त्री लामाद्वारा चार मन्त्री पदमुक्त

काठमाडौं ,१० साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नै मन्त्रिपरिषद्मा रहेका चार जना मन्त्रीलाई पदमुक्त गरेका छन् । पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्। मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार … Continue reading मुख्यमन्त्री लामाद्वारा चार मन्त्री पदमुक्त

थप पढ्नुहोस् »

युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

बुटवल,१० साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा अभिव्यक्ति दिएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन्। साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। महासचिव रमेश चौलागाईंद्वारा जारी पत्रमा खरेलले पार्टी निर्देशन अवज्ञा गर्नुका साथै … Continue reading युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

थप पढ्नुहोस् »

नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोत अधिकृत पक्राउ

दाङ, १० साउन । नक्कली जग्गाधनी पुर्जा (लालपुर्जा ) प्रकरणमा बुटवल मालपोत कार्यालयका मालपोत अधिकृत पक्राउ परेका छन् ।सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा … Continue reading नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोत अधिकृत पक्राउ

थप पढ्नुहोस् »