समाचार

नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ, २ कार्तिक। राप्ती आँखा अस्पताल र नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गरिएको हो। कार्यक्रम एकाडमिक चिफ तथा आँखा र क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइलीले अध्यक्षतामा भएको थियो। नेपाल … Continue reading नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ,२ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपको भिसा स्विकृत भएको छ । अब विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप आजै बेलुका अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ ।

थप पढ्नुहोस् »

सेवा रेमिटको इजाजत खारेज

काठमाडौँ,२ कार्तिक । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन … Continue reading सेवा रेमिटको इजाजत खारेज

थप पढ्नुहोस् »

तुलसीपुरमा ३ दिन सर्प महोत्सव हुँदै

दाङ, २ कार्तिक । दाङको तुलसीपुरमा सर्प महोत्सव सञ्चालन हुने भएको छ। जिल्लामा पाइने विषालु र अविषालु सर्पहरूको पहिचान र नागरिकलाई सचेत गराउन कार्तिक ८, ९, र १० गते राप्ती शान्ति उद्यानमा महोत्सवको आयोजना हुँदैछ। “हामी संरक्षणका लागि काम गर्छौं” संस्थाले तीनदिने कार्यक्रम आयोजना गर्न लागेको हो। सर्प उद्धारकर्ता प्रभात भण्डारीका अनुसार महोत्सवले मानव र … Continue reading तुलसीपुरमा ३ दिन सर्प महोत्सव हुँदै

थप पढ्नुहोस् »

दुर्घटना पछि फरार चालक पक्राउ

काठमाडौं,३० साउन। सवारी दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई … Continue reading दुर्घटना पछि फरार चालक पक्राउ

थप पढ्नुहोस् »

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१२ जना घाइते

डडेल्धुरा,३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए। बैतडीको पुर्चौंडी नगरपालिका(३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र … Continue reading बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१२ जना घाइते

थप पढ्नुहोस् »

बेपत्ता ९ वर्षीय बालक मृत फेला

काठमाडौं,२९ असोज । शिवपुरी खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ। खोलाको दहमा डुबेका बालकको खोजीका क्रममा एक दिनपछि शव फेला परेको हो। आफन्तकोमा दसैंको टीका थाप्न गएका ९ वर्षीय सिशान तामाङ सोमबार पौडी खेल्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थिए। उनको स्थानीयबासी, सशस्त्र प्रहरी र प्रहरीले खोजी गर्ने क्रममा एक दिनपछि फेला पारेको प्रहरी … Continue reading बेपत्ता ९ वर्षीय बालक मृत फेला

थप पढ्नुहोस् »

३८६ जनामा स्क्रब टाइफस

चितवन,२९ असोज । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी … Continue reading ३८६ जनामा स्क्रब टाइफस

थप पढ्नुहोस् »

आफैंले गरेको चक्कु प्रहारबाट दाङमा एक युवकको मृत्यु

दाङ २९ असोज । दाङमा एक युवक आफैंले गरेको चक्को प्रहारबाट एक युवकको मृत्यु भएको छ। आफ्नै पेटमा चक्को प्रहार गर्दा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। भक्तपुर जिल्लाको नगरकोट गाउँपालिका वडा नं १४ घर भई हाल दाङको बबई गाउँपालिका वडा नं ४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार … Continue reading आफैंले गरेको चक्कु प्रहारबाट दाङमा एक युवकको मृत्यु

थप पढ्नुहोस् »

पुरातात्विक सम्पदाको संरक्षण गरिने:मुख्यमन्त्री आचार्य

दाङ २९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाको संरक्षण गरिने बताएका छन्। अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्तिपीठहरूको दर्शन गर्दै मुख्यमन्त्री आचार्यले जिल्लाका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरूलाई संरक्षण गरिने बताएका हुन्। उनले धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य का रूपमा अघि बढाउने समेत जानकारी दिएका छन्। मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको … Continue reading पुरातात्विक सम्पदाको संरक्षण गरिने:मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »