समाचार

समावेशी सञ्चार नीतिका विषयमा छलफल

दाङ २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकामा स्थानीय सञ्चार नीतिको विषयमा छलफल गरिएको छ। स्थानीय सरकारले निर्माण गर्ने सञ्चार नीतिलाई समावेशी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो। सञ्चारिका समूह नेपाल लुम्बिनीप्रदेशले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कासँग समावेशी सञ्चार नीति निर्माणको विषयमा छलफल गरेको हो। छलफलका क्रममा स्थानीय सरकारले महिलासँग सम्बन्धित मुद्दाहरूलाई नीतिगत रूपमा … Continue reading समावेशी सञ्चार नीतिका विषयमा छलफल

थप पढ्नुहोस् »

बाढीपहिरोबाट २४६ जनाको मृत्यु

काठमाडौँ,२१ असोज । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् । मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् । त्यस्तै लुम्बिनी … Continue reading बाढीपहिरोबाट २४६ जनाको मृत्यु

थप पढ्नुहोस् »

आज पाँचवटा प्रदेशमा वर्षाको संभावना

काठमाडौं,२१ असोज ।देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बंगालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ। विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेश, बागमती, … Continue reading आज पाँचवटा प्रदेशमा वर्षाको संभावना

थप पढ्नुहोस् »

आज असोज शुक्ल चौथी ,कुस्माण्डा देवीको पुजा

काठमाण्डौ,२१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि असोज शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधिअनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ६ बजेर १६ मिनेटसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधिअनुसार कुष्माण्डा देवीकै पूजा, आराधना … Continue reading आज असोज शुक्ल चौथी ,कुस्माण्डा देवीको पुजा

थप पढ्नुहोस् »

नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब दाङको तुलसीपुरमा

नवराज घिमिरे, दाङ । इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले दाङको तुलसीपुरमा सेवा विस्तार गरेको छ । नेपालकै सवै भन्दा सस्तो इन्टरनेट प्याकेजका साथ बजारमा आएको यो कम्पनीले आफ्नो सेवा विहिबार (घटस्थापना) देखि औपचारिक रुपमा तुलसीपुरमा पनि सुरु गरेको हो ।अब तुलसीपुरका प्रयोगकर्ताले वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले … Continue reading नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब दाङको तुलसीपुरमा

थप पढ्नुहोस् »

गुरुकुलको ४ दिने शिविर सम्पन्न

दिपक ओलि,दाङ। गुरुकुल एकेडेमी दाङ तुलसिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए ।बजारमै हुर्किए । १२ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिएनन् । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही उपमहानगरपालिका … Continue reading गुरुकुलको ४ दिने शिविर सम्पन्न

थप पढ्नुहोस् »

अवैध लागुऔषधसहित ११ जना पक्राउ

दाङ,२० असोज। अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका(१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ हजार रूपैयाँसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१८ रझेना बस्ने ३४ वर्षीय अर्जुन … Continue reading अवैध लागुऔषधसहित ११ जना पक्राउ

थप पढ्नुहोस् »

दाउन्ने सडक दुइतर्फी सन्चालनमा

नवलपरासी,२० असोज । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका( ४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । शनिबार बिहान ९ … Continue reading दाउन्ने सडक दुइतर्फी सन्चालनमा

थप पढ्नुहोस् »

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह नियुक्त

काठमाडौं,२० असोज राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा … Continue reading प्रधानन्यायाधीशमा प्रकाशमानसिंह नियुक्त

थप पढ्नुहोस् »

लाभग्राहिको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं,२० असोज । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी … Continue reading लाभग्राहिको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

थप पढ्नुहोस् »