समाचार

चट्याङ लागेर दुई बाख्रा मरे

दाङ,९ असोज। दाङमा चट्याङ लागेर दुईवटा बाख्रा मरेका छन्। दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ को गौरीगाउँ निवासी तुलसा ओलीको एक र रेणु बिकको एक गरी दुईवटा बाख्रा मरेको वडा अध्यक्ष रोशन जंग शाहले जानकारी दिए । उनका अनुसार आज मंगलबार बेलुका पौने ५ बजेको समयमा बर्षासँगै आएको चट्याङ लागेर ती बाख्रा मरेका हुन् । जसबाट … Continue reading चट्याङ लागेर दुई बाख्रा मरे

थप पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचनका लागि दलदर्ताको आह्वान

काठमाडौं,९असोज। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो। आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ … Continue reading स्थानीय तह उपनिर्वाचनका लागि दलदर्ताको आह्वान

थप पढ्नुहोस् »

चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ ,८ असोज । मोरङको रंगेली नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार नगरपालिकाको वडा नम्बर ९ स्थित धनजुवामा मंगलबार दिउँसो करिब पौने १ बजे परेको चट्याङ लागेर २८ वर्षीया साकरो हेमरनको मृत्यु भएको हो। दिउँसो खेतमा घाँस काटिरहेको अवस्थामा हेमरनउपर चट्याङ परेको थियो। उनीनजिकै रहेकी २२ वर्षीया विनिता … Continue reading चट्याङ लागेर एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

झुल्नोत्सव सुरु

काठमाडौं,८ असोज । मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताए । यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन … Continue reading झुल्नोत्सव सुरु

थप पढ्नुहोस् »

गर्मीका कारण विद्यालयहरू बन्द

महोत्तरी,८असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर … Continue reading गर्मीका कारण विद्यालयहरू बन्द

थप पढ्नुहोस् »

करेन्ट लागेर एक बालकको मृत्यु

बरहथवा,८असोज।  सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।  करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा … Continue reading करेन्ट लागेर एक बालकको मृत्यु

थप पढ्नुहोस् »

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको छ । सरकारले उत्कृष्ट विद्यालय घोषणा गरेसंंगै विद्यालयले बिजयी उत्सव मनाएको छ । सोमबार विद्यालयले र्‍याली निकालेर बजार परिक्रमा गरेको हो ।  सरकारले प्रदान गरेको … Continue reading उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

थप पढ्नुहोस् »

प्रसाईको रिहाको माग गर्दै प्रदर्शन

काठमाडौं,७ असोज दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको छ। प्रसाईंलाई रिहा गर्न माग गर्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन भएको हो। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो। प्रसाईंसँग सोमबार प्रहरीले बयान लिएको छ। जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको थियो। उनलाई विद्युतीय … Continue reading प्रसाईको रिहाको माग गर्दै प्रदर्शन

थप पढ्नुहोस् »

डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

दाङ,७ असोज । डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङले अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम गरेको छ।  मन्टेश्वरले कक्षा पि.जिदेखी कक्षा यू.के.जी. सम्मका अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम  गरिएको हो । एउटा असल अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्वन्धले बालबालिकाहरुको सर्वाङ्गिन विकासमा टेवा पुर्याउन कार्यक्रम गरिएको  डिभाईन मन्टेश्वरिकी संस्थापक सदस्य बिन्दु न्यौपानेले जानकारी गराइन । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका … Continue reading डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

थप पढ्नुहोस् »

तटबन्धले फर्काएको खुसी…

उमा भण्डारी, दाङ। वर्षौंपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का डिल्ली चौधरीको अनुहारमा खुसी ढकमक्क फक्रिएको छ । नफर्कियोस् पनि किन ! वर्षौंवर्षदेखि बाबुबाजेले रगत—पसिना सिञ्चेर आयस्ता भित्र्याएको जमिन बबई नदीले आहारा बनाउँदै आएको थियो । बर्सेनि बबई नदीले बाटो बिराउँदा डिल्लीको जमिन बगर बनेको थियो । ढुङ्ग्यान जमिन, त्यसमाथि काँस उम्रिँदा उनको मन चरचरी … Continue reading तटबन्धले फर्काएको खुसी…

थप पढ्नुहोस् »