समाचार

काबा प्रधानमन्त्रीको जिम्मा प्रकाशमान सिंहलाई

काठमाडौं,४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ। मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन शुक्रबार अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीको अनुपस्‍थितिमा प्रधानमन्त्रीले … Continue reading काबा प्रधानमन्त्रीको जिम्मा प्रकाशमान सिंहलाई

थप पढ्नुहोस् »

प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम

घाेराही, ३ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी प्याब्सन घाेराहीले प्रअ भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे हाे । लामाे समयदेखि संस्थागत विद्यालयमा याेगदान प्रदान गर्ने सिद्धार्थ एकेडेमीका अध्यक्ष नारायण तर्ताल … Continue reading प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम

थप पढ्नुहोस् »

लुम्बिनीमा संविधान दिवस : संबिधान कार्यान्वन गर्न र संघीयता बलियो बनाउन जोड

दाङ , ३ असोज । संबिधान दिवसको अबसरमा लुम्बिनीमा विशेष कार्यक्रम गरिएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान पूर्ण कार्यान्वयन आबस्य रहेको बताए ।। उनले संबिधान  कार्यन्वन र नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए  । संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन … Continue reading लुम्बिनीमा संविधान दिवस : संबिधान कार्यान्वन गर्न र संघीयता बलियो बनाउन जोड

थप पढ्नुहोस् »

संविधान दिवसमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश: संविधानको मर्मअनुसार चलिरहेका छौं

दाङ,३ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताएका हुन्। … Continue reading संविधान दिवसमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश: संविधानको मर्मअनुसार चलिरहेका छौं

थप पढ्नुहोस् »

मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

दाङ,२ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम भएको छ। शैक्षिक गतिविधिमा देशभरकै उत्कृष्ट हुँदै प्रथम स्थान प्राप्त गरेको विद्यालयले शिक्षा मन्त्रालयद्वारा पुरस्कार प्राप्त समेत गरेको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा नगद ३ लाखसहित प्रथम पुरस्कार मन्त्रालयले विद्यालयलाई प्रदान गरेको हो। २०८० सालको माध्यमिक शिक्षा परीक्षा मार्फत प्राप्त गरेको नतिजाका आधारमा विद्यालयले उत्कृष्टता … Continue reading मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

थप पढ्नुहोस् »

सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

दाङ, २ असोज । सामुदायिक विद्यालयहरुका कुनै पनि बहानामा शुल्क लिन पाइदैन । सरकारले नीतिमा माध्यमिक शिक्षासम्मको पठन पाठन निशुल्क नै बनाएको छ । तर सामुदायिक विद्यालयमा अस्वभाविक रुपमा शुल्क लिन भने छोडिएको छैन । दाङको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरुबाट हजारौँ रुपैया शुल्क असुल्ने गरेको छ ।तुलसीपुर उपमहानगरपालिकाको वडा नं १२ मा रहेको … Continue reading सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

थप पढ्नुहोस् »

अस्पतालको समिक्षाः सरकारले नै उपेक्षा गरेको गुनासो

दाङ,२ असोज । राप्ती प्रादेशिक अस्पतालको वार्षिक समिक्षा गरिएको छ । अस्पतालबाट प्रवाह हुदै आएको स्वास्थ्य सेवा र भएगरेका गतिविधिहरुको बारेमा छलफल एवम् समिक्षा गरिएको थियो । अस्पताल बिकास समितिका अध्यक्ष पदम् प्रसाद न्यौपानेको अध्यक्षतामा आर्थिक वर्ष २०८०÷८१ को समिक्षा गरिएको थियो । त्यसअवसरमा स्वास्थ्यकर्मीहरुले अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै गुनासो व्यक्त गरे। अस्पतालको सेवालाई … Continue reading अस्पतालको समिक्षाः सरकारले नै उपेक्षा गरेको गुनासो

थप पढ्नुहोस् »

स्थापना दिवसमा विविध कार्यक्रम

दाङ,१ असोज । तुलसीपुर नगर जेसिजले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नगर जेसीजले दीप प्रज्वलन, सम्मान तथा सामग्री वितरण लगायत विभिन्न कार्यक्रम गरी जेसिजको ६०औँ स्थापना दिवस मनाएको हो। तुलसीपुर नगर जेसिस वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डांगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख … Continue reading स्थापना दिवसमा विविध कार्यक्रम

थप पढ्नुहोस् »

बैकिङ कसुरमा फरार निर्माण व्यवसायी केसी प्रक्राउ

दाङ,१ असोज । बैकिङ कसुर मुद्धामा फरार रहेका सल्यानका निर्माण व्यवसायी डिल्लीप्रकास केसी प्रक्राउ परेका छन । बाँके प्रहरीले केसीलाई मंगलवार पक्राउ गरेको हो । दिपीका खडकाको जाहेरी पछि जिल्ला अदालतले केसीलाई भदौ १९ गते पक्राउ अनुमति दिएको थियो । त्यस पछी इलाका प्रहरी कार्यालय तुलसीपुरले केसीलाई खोजतलास जारी राखेको थियो । भने अन्तर जिल्लामा … Continue reading बैकिङ कसुरमा फरार निर्माण व्यवसायी केसी प्रक्राउ

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य

दाङ,१ असोज। लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गरेका छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यकाे सिफारिसको आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको … Continue reading लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य

थप पढ्नुहोस् »