समाचार

वडाध्यहरुले गरे कार्यापलिका बैठक बहिस्कार

दाङ,२७ माघ। दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिष्कार गरेका छन्। प्रमुख प्रशासकीय अधिकृतले चोर ढोकाबाट एजेण्डा ल्याउने र त्यस एजेण्डामा नगर प्रमुख चुपचाप रहने भन्दै कार्यपालिका बैठक कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्षहरुले बहिस्कार गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाको ३० औँ कार्यपालिका बैठक आज बिहान ८बजेका लागि आह्वान गरिएको थियो। उक्त बैठकमा कांग्रेसबाट निर्वाचित … Continue reading वडाध्यहरुले गरे कार्यापलिका बैठक बहिस्कार

थप पढ्नुहोस् »

सल्यान आगलागी घटनामा तुलसीपुर चेम्बरको दुःख व्यक्त

दाङ,२७ माघ। तुलसीपुर चेम्बर अफ कमर्सले सल्यानमा सञ्चालन भइरहेको महोत्सवमा भएको आगलागीको घटना प्रति दुःख व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गा शर्माले एक विज्ञप्ति जारी गर्दै महोत्सवमा आगलागी हुनु दुःखद भएको भन्दै घटनाको सत्य तथ्यको पत्ता लगाइ ,सत्यता खोजिनु पर्ने उल्लेख गरेका छन । महोत्सव सुरु भएको आठौं दिन … Continue reading सल्यान आगलागी घटनामा तुलसीपुर चेम्बरको दुःख व्यक्त

थप पढ्नुहोस् »

सल्यान महोत्सवमा आगलागी,सबै जलेर ध्वस्त

सल्यान,२७ माघ। सल्यानमा जारी दोस्रो बृहत महोत्सवमा भीषण आगलागी भएको छ। महोत्सव सुरु भएको आठौं दिन राति अचानक आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको छ। १८ गतेबाट सञ्चालनमा आएको महोत्सवमा हिजो राति लागेको आगोले विभिन्न व्यवसायिक स्टल, उपकरण, र सामग्री पूर्ण रूपमा नष्ट गरेको छ। आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे … Continue reading सल्यान महोत्सवमा आगलागी,सबै जलेर ध्वस्त

थप पढ्नुहोस् »

टरीगाउँ विमानस्थल विस्तारका लागि पहल गर्ने सभापति देउवाको प्रतिबद्धता

दाङ,२६ माघ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टहरीगाउँ एयरपोर्टको विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थारु सांस्कृतिक संरक्षण केन्द्र दाङ चखौरा , मटावा बरघर र भलमनसा सङ्घको आयोजनामा भएको अन्तर प्रदेश स्तरीय थारु सांस्कृतिक महोत्सवको अवसरमा सभापति देउवाले तुलसीपुरको टरीगाउँ एयरपोर्टलाई व्यवस्थित र ठूलो बनाई नियमित हवाई उडान विस्तारमा आफू र … Continue reading टरीगाउँ विमानस्थल विस्तारका लागि पहल गर्ने सभापति देउवाको प्रतिबद्धता

थप पढ्नुहोस् »

बेसको छैठौं महाधिवेशन, बेसले बालेको चेतनाको दीयोले नयाँ उज्यालो ल्याउनेछ: संस्थापक चौधरी

दाङ, २५ माघ ।बेस संस्था(ब्याकवार्ड सोसाइटी एजुकेशन)को ३० औं साधारणसभा तथा छैठौं महाधिवेशन दाङको चखौरामा सुरु भएको छ। यो अधिवेशनले बेसको नयाँ कार्यसमिति चयन गर्नेछ। साधारणसभालाई सम्बोधन गर्दै बेसका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बेसलाई अब नयाँ स्वरुपमा अघि बढाउने परियोजनाहरूको तयारी भइरहेको बताए। स्थापनाकालदेखि नै पछाडि पारिएका तथा सिमान्तकृत बर्गको शिक्षा, … Continue reading बेसको छैठौं महाधिवेशन, बेसले बालेको चेतनाको दीयोले नयाँ उज्यालो ल्याउनेछ: संस्थापक चौधरी

थप पढ्नुहोस् »

आमा–छोरी झुन्डिएको अवस्थामा मृत फेला

दाङ,२५ माघ। कैलालीमा आमा-छोरी मृत्त फेला परेका छ्न। कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा आमा र छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी मृत फेला परेका हुन्। मिराका देवर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय … Continue reading आमा–छोरी झुन्डिएको अवस्थामा मृत फेला

थप पढ्नुहोस् »

बसबाट लडेर विद्यार्थी घाइते

दाङ, २४ माघ । तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँस्थित युनाइटेड एकेडेमी बोडिङ स्कुलका एक विद्यार्थी बसबाट लड्दा घाइते भएका छन्। विद्यालय कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालकृष्ण खरेल मिति २०८१ माघ २४ गते साँझ ४:३० बजे विद्यालय छुट्टी भएपछि विद्यालयकै रा १ क १५२७ नम्बरको बसमा चढ्ने क्रममा ढोकाबाट लडेर घाइते भएका हुन्। घटनामा उनको बाँया … Continue reading बसबाट लडेर विद्यार्थी घाइते

थप पढ्नुहोस् »

नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय

दाङ,२४ माघ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक लमहीमा सम्पन्न भएको छ। बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ। यसका लागि विभिन्न युवाहरुलाई क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ। नेपाल तरुण दल दाङ-१ का क्षेत्रीय सभापति किरण विक्रम शाहका अनुसार राप्ती गाउँपालिकामा रामाधार यादव र … Continue reading नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय

थप पढ्नुहोस् »

नेपालमा १८५ वर्षपछि दुर्लभ सानो ओत फेला

डडेलधुरा,२४ माघ २४ –। नेपालमा लोप भइसकेको आशंका गरिएको दुर्लभ सानो ओत करिब १८५ वर्षपछि पुनः फेला परेको छ। डडेलधुराको रङ्गुनखोला र पुन्तराखोला को सङ्गमस्थलमा स्थानीयले यो प्रजाति फेला पारेका हुन्। डिभिजन वन कार्यालय, डडेलधुराका वन अधिकृत राजीव चौधरी का अनुसार, स्थानीयले गत मङ्सिर (सन् २०२४ नोभेम्बर) मा सानो ओतको एक छाउरा समातेर ल्याएका थिए। … Continue reading नेपालमा १८५ वर्षपछि दुर्लभ सानो ओत फेला

थप पढ्नुहोस् »

रविको दोस्रो दिनको थुनछेक बहस सुरु

चितवन, २४ माघ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दोस्रो दिनको थुनछेक बहस चितवन जिल्ला अदालतमा सुरु भएको छ। जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाका न्यायाधिवक्ताहरूले बहस थालेका छन्। बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ … Continue reading रविको दोस्रो दिनको थुनछेक बहस सुरु

थप पढ्नुहोस् »