after_navbar

नेपाल औषधि थोक व्यवसायी संघ दाङको अध्यक्षमा शर्मा


माघ २८, २०८१


माघ २८, दाङ । नेपाल औषधि थोक व्यवसायी संघ, जिल्ला शाखा दाङको नेतृत्व बिमल शर्माले सम्हाल्ने भएका छन्। संघको लुम्बिनी प्रदेश समितिको गत माघ १० गते सम्पन्न दोस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष बिमल शर्मा सहित सम्पूर्ण कार्यसमितिले पद हस्तान्तरण तथा शपथ ग्रहण गरेका छन्।

संघका जिल्ला अध्यक्ष शेषकान्त ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष तुफानबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

ad

कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष दिपेन्द्र न्यौपानेले नव निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष खुसल पोख्रेल, सचिव निर्मल वली, कोषाध्यक्ष हेमन्त भण्डारी, तथा सदस्यहरु माधव पौडेल, भुपाल चन्द, र हेमलाल पन्थी चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, संघलाई अझै गतिशील बनाउन सबै थोक व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शालिकराम आचार्य, कोषाध्यक्ष रामप्रसाद पोख्रेल लगायतका वक्ताहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रमका क्रममा निवर्तमान अध्यक्ष शेषकान्त ढकालले नव निर्वाचित अध्यक्ष बिमल शर्मालाई संघको माइन्युट बुक हस्तान्तरण गरे।

संघका लुम्बिनी प्रदेश सचिव विक्रम कुवरले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण महासचिव मरिचमान धितालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="