समाचार

२३ दिनमा आधा खर्ब राजस्व संकलन

काठमाडौँ ,२४ साउन । संघीय सरकारले आर्थिक वर्षको पहिलो महिनाको २३ दिनमा करिब आधा खर्ब राजस्व संकलन गरेको छ । गत आर्थिकवर्षको यस अवधिमा सरकारले ४१ खर्ब राजस्व संकलन गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । गत वर्षको तुलनामा चालु वर्ष राजस्व … Continue reading २३ दिनमा आधा खर्ब राजस्व संकलन

थप पढ्नुहोस् »

जापानमा ७.१ रेक्टरको भुकम्प, सुनामीको चेतावनी

काठमाडौँ,२४ साउन । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति … Continue reading जापानमा ७.१ रेक्टरको भुकम्प, सुनामीको चेतावनी

थप पढ्नुहोस् »

कानुन तथा न्याय समितिबाट टीआरसी विधेयक पारित

काठमाडौं २३ साउन । कानुन न्याय तथा मानवअधिकार समितिबाट टीआरसी विधेयक पारित भएको छ। समितिको आज बसेको बैठकले उक्त विधेयक पारित गरेको हो समिति बैठकमा सभापति बिमला सुवेदीले सिंहदरबारमा बसेको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको जानकारी गराइन्। विधेयक समितिको मस्यौदा प्रस्तुत भएकै … Continue reading कानुन तथा न्याय समितिबाट टीआरसी विधेयक पारित

थप पढ्नुहोस् »

६६ वर्षीय वृद्ध बलात्कारका आरोपी पक्राउ

पाल्पा २४ साउन । पाल्पामा वृद्ध महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पूर्वखोला गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ६६ वर्षीय वृद्धामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो। उनलाई जब्गादी चौकी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो। उनीविरूद्ध मंगलबार ती वृद्धालाई बलात्कार गरेको … Continue reading ६६ वर्षीय वृद्ध बलात्कारका आरोपी पक्राउ

थप पढ्नुहोस् »

५४ दिन एनआइसियु राखेर शिशुको सफल उपचार

दाङ,२४ साउन। दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक शिशुलाई ५४ दिनभन्दा बढी एनआइसियुमा राखेर उपचार गरेको छ। प्रतिष्ठानले नवजात शिशुलाई पिआइसी हुँदै एनआइसी बेडमा राखे उपचार गरी बचाउन सफल भएको छ। जन्मदा नै स्वास्थ्य अवस्था एकदमै जटिल उक्त शिशुलाई चिकित्सकहरुले बचाउन सफल भएका हुन्। प्युठान मल्लरानी गाउँपालिका घर भएका एक दम्पतिबाट जन्मिएका उक्त शिशुजन्मदा … Continue reading ५४ दिन एनआइसियु राखेर शिशुको सफल उपचार

थप पढ्नुहोस् »

६ किलो कोकिनसहित एक विदेशी पक्राउ

काठमाडौं,२४ साउन। नेपाल प्रहरीले अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। छ किलो २४ ग्राम कोकिन सहित लात्भिजास नागरिक आइभार्स भल्टर्सलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा निजको साथमा रहेको … Continue reading ६ किलो कोकिनसहित एक विदेशी पक्राउ

थप पढ्नुहोस् »

सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

धनगढी २४ साउन। राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको तर्फबाट मन्त्री बहादुरसिंह थापाले बुधबार पेश गरेको राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेको छ । … Continue reading सुदूरपश्चिम सरकारले ल्यायो राजस्व सङ्कलन अध्यादेश

थप पढ्नुहोस् »

इरानमा २९ जनालाई मृत्युदण्ड

काठमाडौँ,२३ साउन । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो … Continue reading इरानमा २९ जनालाई मृत्युदण्ड

थप पढ्नुहोस् »

६ क्विन्टल गाँजा सहित दुई जना पक्राउ

काठमाडौँ २४ साउन। नेपाल प्रहरीले गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६११ किलोमिटर भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार बिहारको मोतिहारीका २५ … Continue reading ६ क्विन्टल गाँजा सहित दुई जना पक्राउ

थप पढ्नुहोस् »

बागलुङ पहिरो:तिन बालबालिका अझै बेपत्ता

बागलुङ,२४ साउन। बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ। पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय … Continue reading बागलुङ पहिरो:तिन बालबालिका अझै बेपत्ता

थप पढ्नुहोस् »