समाचार

एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ २४ साउन सङ्घीय संसद्अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । अर्थसमितिको … Continue reading एकैदिन छवटा संसदीय समितिको बैठक बस्दै

थप पढ्नुहोस् »

विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

सुर्खेत,२३ साउन। विपदजन्य घटनामा परि ज्यान गुमाएका परिवारका लागि कर्णाली प्रदेश सरकारले बिमा रकम उपलब्ध गराएको छ। राष्ट्रिय बिमा कम्पनीमार्फत ३ करोड ४० लाख रुपैयाँ मृतकका परिवारलाई उपलब्ध गराएको हो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी(पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्‌बाट मृत्यु भएका परिवारका एक … Continue reading विपदजन्य घटनामा ज्यान गुमाएका परिवारका लागि ३ करोड ४० लाख रुपैयाँ प्रदान

थप पढ्नुहोस् »

खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते

सुर्खेत,२३ साउन। खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् । देउती विद्या सदन (डिभी निकेतन)को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेमध्ये पाँच बालिका र छ … Continue reading खोलाले स्कुल बस बगायो,११ विद्यार्थी घाइते

थप पढ्नुहोस् »

काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

काठमाडौं,२३ साउन । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आयोजक नेपालले आफ्नो पक्षमा पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले पहिलो सेट आफ्नो पक्षमा पारेको हो । उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई पहिलो सेटमा पछि पारेको हो । यद्यपि भारतले अंकमा अग्रता बनाए पनि रोक्दै … Continue reading काभा लिग: भारतविरुद्ध पहिलो सेट नेपालको पक्षमा

थप पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ,२३ साउन। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ,’ उनको सचिवालयले भनेको छ। हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित … Continue reading प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

थप पढ्नुहोस् »

खुला पुरुष भलिबल प्रतियाेगिता हुने

लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ। फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनीको खेलमैदान तुलसीपुरमा भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिता आउँदो भदौ १३ गतेदेखि सुरु हुनेछ। नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत … Continue reading खुला पुरुष भलिबल प्रतियाेगिता हुने

थप पढ्नुहोस् »

नुवाकोटमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु

काठमाडौं,२३ साउन । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ। बुधबार दिउँसो बुधबार नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको गृहको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले जानकारी दिए। हेलिकप्टर काठमाडौंबाट स्याफ्रुबेंसी उडेको बताइएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि … Continue reading नुवाकोटमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु

थप पढ्नुहोस् »

बिदा भए राखेप उपाध्यक्ष कोइराला

काठमाडौँ,२३ साउन । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोइरालालाई बिदाई गरिएको छ । कोइराला ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । २०७७ साल साउनको १२ गते राखेपको उपाध्यक्षमा नियुक्त भएका कोइरालाले राखेपको जिम्मेवारीबाट हटे पनि आफू खेलकुदको विकासमा लागिरहने बताए । आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा केही परिवर्तन भएको उनले बताए । कार्यक्रममा … Continue reading बिदा भए राखेप उपाध्यक्ष कोइराला

थप पढ्नुहोस् »

काँग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ,२३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुने जनाइएको छ । बैठकले … Continue reading काँग्रेस केन्द्रीय समितिको बैठक सुरु

थप पढ्नुहोस् »

स्रोत नखुलेको २ लाख भारतीय नोट सहित एकजना पक्राउ

काठमाडौँ,२३ साउन । प्रतिबन्धित भारीतय नोट सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी जम्मा २ लाख १९ हजार भारतीय रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार मोतिहारी घोडासाहन बस्ने २९ वर्षीय … Continue reading स्रोत नखुलेको २ लाख भारतीय नोट सहित एकजना पक्राउ

थप पढ्नुहोस् »