समाचार

एक महिनापछि २२ हात्तीको समूह भारत फर्कियो

काठमाडौ,२२ भदौ। एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियन्ता शङ्कर लुइँटेलले बताएका छन्। बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगरलगायत आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो। हात्तीले स्थानीयका घर भत्काउने, खेतमा लगाइएको धान खाने तथा कुल्चिएर नष्ट गर्ने र सुपारीका बोट भाँच्ने गरेपछि … Continue reading एक महिनापछि २२ हात्तीको समूह भारत फर्कियो

थप पढ्नुहोस् »

प्रधानमन्त्री दैवीप्रकोप कोषमा रास्वपा तुलसीपुरको १ लाख ११ हजार सहयोग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका समितिले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्र तथा पीडित नागरिकको राहत र पुनःस्थापनाका लागि नगर समितिको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। विपद्को समयमा बाढीपीडित नागरिकलाई राहत पुर्‍याउने र बाढीबाट … Continue reading प्रधानमन्त्री दैवीप्रकोप कोषमा रास्वपा तुलसीपुरको १ लाख ११ हजार सहयोग

थप पढ्नुहोस् »

राष्ट्रसंघले घोषणा गर्‍यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालबाट पनि धन्यवाद

काठमाडौ,२२ भदौ ।संयुक्त राष्ट्रसंघले ‘बालबिवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ घोषणा गरेको छ। हालै सुरु भएको राष्ट्रसंघीय महासभाले हरेक वर्ष नोभेम्बर २७ मा उक्त दिवस मनाउनेगरी बालबिवाहविरुद्ध विश्वव्यापी अभियानको सुरुवात गरेको हो। भारत अनि नेपालका केही गाउँहरू, सहर र कुनाबाट सुरु भएको बालबिवाहविरुद्धको यो अभियानलाई विश्वभर फैलाउनका लागि बालबालिकाका लागि अधिकार (जेआरसी)का संस्थापक भुवन ऋभूले महत्वपूर्ण … Continue reading राष्ट्रसंघले घोषणा गर्‍यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालबाट पनि धन्यवाद

थप पढ्नुहोस् »

कृष्णभीरमा खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाइदै

दाङ,२१ भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भासिएपछि अवरुद्ध राजमार्ग सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख तथा झाडी हटाएर ट्र्याक खोलिएको हो। नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ। … Continue reading कृष्णभीरमा खोलिएको वैकल्पिक ट्र्याक फराकिलो बनाइदै

थप पढ्नुहोस् »

सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

रसुवा,२१ भदौ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ। फुर्पु यामोले गत्लाङ स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन्। तर, सुत्केरी महिला र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। उनीहरूलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका … Continue reading सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

थप पढ्नुहोस् »

परिवारभित्रै महिला तथा किशोरी असुरक्षित

दाङ। लुम्बिनी प्रदेशमा महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसाका अधिकांश घटना घर तथा पारिवारिक सम्बन्धभित्रै हुने गरेको तथ्य सार्वजनिक भएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले दाङ, कपिलवस्तु र रुपन्देहीमा सन् २०२६ को अप्रिलदेखि जुनसम्म अभिलेखीकरण गरेका घटनाको विश्लेषण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो। ओरेकका अनुसार तीन महिनाको अवधिमा लैङ्गिक विभेदमा आधारित ७५ वटा … Continue reading परिवारभित्रै महिला तथा किशोरी असुरक्षित

थप पढ्नुहोस् »

लुम्बिनीमा कक्षा ४ का बालबालिकाको सिकाइ उपलब्धि कमजोर

दाङ,२१ भदौ । लुम्बिनी प्रदेशमा कक्षा ४ का बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखिएको छ। असर नेपालले प्रदेशका ३२ स्थानीय तहका ३४ गणना क्षेत्रमा ६ सय ८० घरपरिवारमा गरेको अध्ययनले बालबालिकाको गणित तथा पठन सीप अपेक्षाकृत कमजोर रहेको देखाएको हो। ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई घरमै पुगेर सरल मौखिक परीक्षणमार्फत गणित र पठन सीपको … Continue reading लुम्बिनीमा कक्षा ४ का बालबालिकाको सिकाइ उपलब्धि कमजोर

थप पढ्नुहोस् »

बाढी प्रभावितका लागि सुन्नी कादरीया मस्जिद समितिको १ लाख ५ हजार सहयोग

दाङ,२१ भदौ । रसुवामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सुन्नी कादरीया जामा मस्जिद समिति, तुलसीपुर दाङले प्रधानमन्त्री राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकले कठिनाइ भोगिरहेका बेला पीडित परिवारको राहतका लागि समितिले आर्थिक सहयोग गरेको … Continue reading बाढी प्रभावितका लागि सुन्नी कादरीया मस्जिद समितिको १ लाख ५ हजार सहयोग

थप पढ्नुहोस् »

विपदमा बालबालिका जोगाउन जेआरसिएनको अपिल

दाङ। २० भदौ । नेपालमा बालबालिकाका अधिकार (जेआरसिएन)ले भोटेकोसी बाढीका कारण संकटमा परेका बालबालिकाहरू जोगाउनका सरकार र समुदायलाई अपिल गरेको छ। बाढीपछि विस्थापित, परिवारबाट छुट्टिएका र बिचल्लीमा परेका बालबालिकाहरूमाथि गम्भिर जोखिम एंव आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै जेआरसिएनले यस्तो अपिल गरेको हो।‘विपदको यो घडीमा सबैभन्दा संवेदनशीलता बालबालिकामाथि हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ। यस्तो अवस्थामा बालबालिकामाथि विभिन्न … Continue reading विपदमा बालबालिका जोगाउन जेआरसिएनको अपिल

थप पढ्नुहोस् »

भोटेकोशी बाढीको ११औँ दिनमा दुई जनाको जीवितै उद्धार

काठमाडौ,२० भदौ । भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीले नुवाकोटको एक घरबाट र जलविद्युत् आयोजनाको सुरुङबाट एक/एक जनाको जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठको उद्धार गरिएको हो। … Continue reading भोटेकोशी बाढीको ११औँ दिनमा दुई जनाको जीवितै उद्धार

थप पढ्नुहोस् »