समाचार

सहकारी ठगीमा ७ जना कारागार चलान

कास्की, ७ असार। प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यस्तै, २ जना धरौटीमा रिहा भएका छन् । न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा … Continue reading सहकारी ठगीमा ७ जना कारागार चलान

थप पढ्नुहोस् »

नाबालिकामाथि करणीको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौँ,७ असार । जबरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन्। १७ वर्षिय नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन्। पीडित नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी … Continue reading नाबालिकामाथि करणीको आरोपमा प्रहरी जवान पक्राउ

थप पढ्नुहोस् »

काँग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

दाङ ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व … Continue reading काँग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

थप पढ्नुहोस् »

सिडियो कार्यालय परिषरमै महिला प्रहरीको बर्दी च्यातियो

काठमाडौँ,६असार । जिल्ला प्रशासन कार्यालय काठमाडौँ परिषरमा महिला प्रहरीको बर्दी च्यातिएको छ । नेपाली सेनाको कर्णेलको हवाला दिएर संगीता रायमाझी नाम गरेकी महिलाले प्रहरीको बर्दी च्यातेकी छिन् ।पार्किङको विषयलाई लिएर रायमाझी र प्रहरी सहायक हवल्दार रचना थापाबीच भनाभन भएको थियो । रायमाझीले धम्क्याउँदै महिला प्रहरीलाई ‘बढ्ता हुन्छेस्, म कर्णेलको साली हुँ, तलाईं देखाइदिन्छु पख’ भन्दै … Continue reading सिडियो कार्यालय परिषरमै महिला प्रहरीको बर्दी च्यातियो

थप पढ्नुहोस् »

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, छजना घाइते

रुकुम पश्चिम, ६ असार। रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छजना घाइते भएका छन् । बिहीबार बिहान चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्रयाक्टर ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको … Continue reading ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, छजना घाइते

थप पढ्नुहोस् »

आइतबारसम्म मनसुन देशभर फैलने, उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौँ,६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। यस अवधीमा उच्च सर्तकता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन … Continue reading आइतबारसम्म मनसुन देशभर फैलने, उच्च सर्तकता अपनाउन आग्रह

थप पढ्नुहोस् »

जातीय विभेदको आरोपमा पक्राउ

सुर्खेत,६ असार । जातीय विभेदको आरोपमा सुर्खेतमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लोको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ एरिचोकमा खाजाघर सञ्चालन गर्दै आएकी ३१ वर्षिया मीना विकमाथि जातीय विभेद गरेको आरोपमा कर्णाली त्रिवेणी गौतम भान्छाघरका सञ्चालक ३५ वर्षीय गंगाराम सुवेदी पक्राउ परेका परेका छन् । सोमबार साँझ मीनाकी छोरीले होटल सफा गर्ने क्रममा सुवेदीले आफ्नो … Continue reading जातीय विभेदको आरोपमा पक्राउ

थप पढ्नुहोस् »

मोटरसाइकल र ट्रक ठोक्किदा तीनजना घाइते

दाङ,६ असार। दाङमा सवारी साधन एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनजना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरमा भएका उक्त दुर्घटनामा परी मोटरसाइकल चालक तुलुसीपुर–१६ का २३ वर्षीय शरद वली, … Continue reading मोटरसाइकल र ट्रक ठोक्किदा तीनजना घाइते

थप पढ्नुहोस् »

जीबी राईलाई नेपाल ल्याउने छलफल भइरहेको छः गृहमन्त्री लामिछाने

काठमाडौँ,६ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । सहकारी ठगी प्रकरणका मुख्य आरोपपी जीतेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका हुन् । जीबी राई बस्दै आएको ठाउँ समेत पत्ता लागिसकेको र त्यहाँको गृहमन्त्रीसंग छलफल समेत भइरहेको उनले बताएका छन्।भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी … Continue reading जीबी राईलाई नेपाल ल्याउने छलफल भइरहेको छः गृहमन्त्री लामिछाने

थप पढ्नुहोस् »

बजेट नचाहिने भन्दै ज्ञानेन्द्र शाहीले गरे बजेट पुस्तिका फिर्ता

काठमाडौँ ,४ असार । कर्णाली प्रदेशलाई बजेट नचाहिने भन्दै राप्रपाका सांसद राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् । उनले भने यो बजेटमाथि सांसदहरुले भोट हालेमा … Continue reading बजेट नचाहिने भन्दै ज्ञानेन्द्र शाहीले गरे बजेट पुस्तिका फिर्ता

थप पढ्नुहोस् »