समाचार

२ करोड बढीको अवैध भेप बरामद

काठमाडौ,९ असार । प्रहरीले २ करोड भन्दा बढीको अवैध भेप बरामद गरेको छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ खाग्दलस्थित चेकजाँचका क्रममा २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी जाँच गर्ने … Continue reading २ करोड बढीको अवैध भेप बरामद

थप पढ्नुहोस् »

इभी भ्यान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

चितवन,८ असार । पूर्व–पश्चिम राजमार्गमा इभी भ्यान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। नवलपुरको गैँडाकोट नगरपालिका–१० पितौजीस्थित एपीएफ क्याम्प नजिक पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–०३ च १२०५ नम्बरको इभी भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये प्युठान माण्डवी गाउँपालिका–२ … Continue reading इभी भ्यान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते

थप पढ्नुहोस् »

युवा लक्षित  तीनदिने नेतृत्व विकास तालिम सम्पन्न

दाङ,८ असार । पश्चिम दाङको दंगीशरणमा युवाहरूको लागि सञ्चालन गरिएको तीन दिने नेतृत्व विकास तालिमको समापन भएको छ। युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दंगीशरण गाउँपालिका वडा नम्बर ६ मा सञ्चालन गरिएको तीन दिने आधारभूत नेतृत्व विकास तालिम सोमवार सम्पन्न भएको हो । तुलसीपुर मिडिया प्रालिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिमको समापन रन्जिता … Continue reading युवा लक्षित  तीनदिने नेतृत्व विकास तालिम सम्पन्न

थप पढ्नुहोस् »

तुलसीपुरको बजेट २ अर्ब ४४ करोड: पूर्वाधार र उद्योग प्राथमिकतामा

दाङ,८ असोज । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले रु. २ अर्ब ४४ करोड १५ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो। १९औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख स्यानी चौधरीले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, उद्योग प्रवर्द्धन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। उपमहानगरपालिकाका अनुसार बजेट … Continue reading तुलसीपुरको बजेट २ अर्ब ४४ करोड: पूर्वाधार र उद्योग प्राथमिकतामा

थप पढ्नुहोस् »

पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन

दाङ,८ असार । दाङको तुलसीपुरमा पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन भएको छ। कृषि क्षेत्रलाई आधुनिक र प्रभावकारी बनाउनने उदेश्यले कृषकहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो। तालिम उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि एवम् तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले कृषि क्षेत्रलाई अर्थतन्त्रसँग जोड्न कृषि यान्त्रीकरण अपरिहार्य रहेको बताए। उनले यान्त्रीकरणको विस्तारसँगै उपकरणको व्यवस्थापन … Continue reading पाँचदिने मिनि टिलर मर्मत तालिम सञ्चालन

थप पढ्नुहोस् »

तुलसीपुर-१३ मा खरको छानो हटाउने अभियान

दाङ,८ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१३ ले वडाभित्र रहेका खरका छाना हटाउने अभियान सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८३/०८४ भित्र वडाका ४० वटा घरका खरका छाना हटाइने वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिएका छन्। उनका अनुसार आगलागी तथा अन्य प्राकृतिक जोखिम न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन … Continue reading तुलसीपुर-१३ मा खरको छानो हटाउने अभियान

थप पढ्नुहोस् »

रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

रोल्पा,८ असार । रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना भएको हो। थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्घटनामा सामान्य घाइते भएका १२ … Continue reading रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

थप पढ्नुहोस् »

कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ घाइते, १८ बेपत्ता

काठमाडौ,८ असार । कतारको रास लाफान औद्योगिक सहरस्थित एक ग्यास प्लान्टमा विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। कतार प्रशासनका अनुसार विस्फोटपछि औद्योगिक क्षेत्रमा व्यापक आगलागी भएको थियो। घटनालगत्तै आपत्कालीन उद्धार टोली परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ। कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार घाइतेहरूको … Continue reading कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ घाइते, १८ बेपत्ता

थप पढ्नुहोस् »

विधायनको अद्यावधिक विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौ,८ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभाग तथा संघीय अस्पतालहरूलाई आफूअन्तर्गत लागू भएका प्रचलित विधायनहरूको अद्यावधिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन महाशाखा (कानुन शाखा) ले जारी गरेको पत्रमा विधायन ऐन, २०५१ को दफा ३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत वा जारी भएका विधायनहरूको विवरण संकलन गर्न … Continue reading विधायनको अद्यावधिक विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

थप पढ्नुहोस् »

सीप र उद्यमले नै मुलुकलाई सम्वृद्द बनाउछ : पूर्वमुख्यमन्त्री चौधरी

दाङ,७ असार । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिको मुख्य आधार सीप र उद्यमशीलता रहेको बताएका छन् । उनले स्रोत, सीप र सम्भावनालाई उद्यममा रूपान्तरण गर्न सके मात्र मुलुकमा दिगो विकास सम्भव हुने बताएका हुन । तुलसीपुरमा महिला उद्यम विकास तालिम अन्तर्गत सञ्चालन गरिएको ३ महिने एड्भान्स ब्युटिसियन तथा ७५ दिने सुनचाँदीका गहना … Continue reading सीप र उद्यमले नै मुलुकलाई सम्वृद्द बनाउछ : पूर्वमुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »