समाचार

प्रधानमन्त्री नआएपछि संसद अबरुद्ध

काठमाडौ,७ जेठ । प्रतिनिधीसभाको बैठक अवरुद्ध भएको छ । बिहिबार विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने मागसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरुले सांसदहरुले उठाएका … Continue reading प्रधानमन्त्री नआएपछि संसद अबरुद्ध

थप पढ्नुहोस् »

रास्वपा तुलसीपुरको नगर अधिवेशन जेठ १० गते

दाङ,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाले प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन जेठ १० गते आइतबार हुने जनाइएको छ। कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने जानकारी पार्टीले दिएको छ। पार्टीले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको जनाएको छ। यसैक्रममा जेठ ३ गते तुलसीपुरका १९ वटै वडामा वडा भेला सम्पन्न गरेको … Continue reading रास्वपा तुलसीपुरको नगर अधिवेशन जेठ १० गते

थप पढ्नुहोस् »

मनसुन सुरु हुनुअघि सेनाको उच्च सतर्कता

काठमाडौ,७ जेठ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाएर कार्यान्वयनमा ल्याएको छ। सेनाले विगतका अनुभवका आधारमा यस वर्ष बाढी, पहिरो लगायतका विपद्का लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। जिल्लास्थित गण तथा गुल्ममा फौज तयारी अवस्थामा राखिएको छ भने प्रदेशका पृतनामा विशेष खोज तथा उद्धार टोली तैनाथ गरिएको छ। … Continue reading मनसुन सुरु हुनुअघि सेनाको उच्च सतर्कता

थप पढ्नुहोस् »

नेपालमा कुपोषण बढ्दो

काठमाडौ,७ जेठ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा बालबालिकामा कुपोषण बढेको पाइएको छ। स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार यसपटक कडा शीघ्र कुपोषण ४ प्रतिशत बालबालिकामा देखिएको छ, जुन यसअघि १ प्रतिशत मात्रै थियो। उनका अनुसार कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कुपोषण बढी देखिएको छ। कडा कुपोषण भएका … Continue reading नेपालमा कुपोषण बढ्दो

थप पढ्नुहोस् »

चीनमा भीषण वर्षा र बाढी: १२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौ,६ जेठ । चीनका विभिन्न भागमा परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुनान प्रान्त अन्तर्गत शिमेन काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पाँच जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। उद्धार टोलीले खोजी तथा राहत … Continue reading चीनमा भीषण वर्षा र बाढी: १२ जनाको मृत्यु, हजारौँ विस्थापित

थप पढ्नुहोस् »

स्वास्थ्य र विपद् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौ,६ जेठ । सांसदहरूले विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य र विपद् समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ज्ञानु पौडेलले सबै नागरिकले सजिलै स्वास्थ्य सेवा पाउनुपर्ने बताए। उनले भीम अस्पताल मा आवश्यक औषधि र खोप अभाव रहेको बताए। सांसद खडकबहादुर बुढाले विपद् प्रभावित र सुकुम्बासीको व्यवस्थापन छिटो … Continue reading स्वास्थ्य र विपद् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

थप पढ्नुहोस् »

राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा बढी जग्गा अतिक्रमणमा

दाङ,६ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जमिन अतिक्रमणमा परेको प्रारम्भिक तथ्य फेला परेको छ। अतिक्रमित जग्गा छुट्याउन मंगलबार जिल्ला प्रशासन कार्यालय दाङको प्राविधिक टोलीले नापजाँच गरेको हो। तुलसीपुर उपमहानगरपालिकाका अमिन विक्रम गौतमका अनुसार जग्गा नापजाँच गर्दा करिब उक्त क्षेत्रमा ५० भन्दा बढी घर निर्माण गरेर बसोबास गरिएको छ। उनका … Continue reading राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा बढी जग्गा अतिक्रमणमा

थप पढ्नुहोस् »

जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ

बाँके,६ जेठ । बाँकेमा बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लामा फरक–फरक घटनामा जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ परेका हुन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय एक युवकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो। उजुरीका आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। … Continue reading जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ

थप पढ्नुहोस् »

पहिरोले विद्यालयमा क्षति

हुम्ला,६ जेठ।हुम्लामा पहिरो जादा विद्यालय र गोठमा क्षति पुगेको छ। जिल्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुगेको हो। अचानक परेको असिनापानीपछि आएको पहिरोले विद्यालयसँगै खेतीयोग्य जमिन र गोठमा पनि क्षति पुर्‍याएको स्थानीय छक्कबहादुर तामाङले जानकारी दिएका छन्। पहिरोका कारण वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह … Continue reading पहिरोले विद्यालयमा क्षति

थप पढ्नुहोस् »

दाङमा डोजर आतंक रोक्न जनमोर्चाको माग

दाङ,५ जेठ ।राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै तत्काल रोक्न माग गरेको छ। यसका लागि पार्टीले जिल्ला प्रशासन कार्यालय घोराहीमा ज्ञापनपत्र बुझाएको हो।जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लाई ज्ञापनपत्र बुझाएको हो। जनमोर्चाले धनीपुर्जा नभएका नागरिकलाई हटाउने कामले बस्तीमा डर फैलिएको जनाएको छ। सर्वोच्च … Continue reading दाङमा डोजर आतंक रोक्न जनमोर्चाको माग

थप पढ्नुहोस् »