समाचार

३३८ स्थानीय तहमा भू–उपयोग वर्गीकरण सम्पन्न

दाङ,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरणको काम सकेका हुन्। उक्त स्थानीय तहहरूले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गर्दै कित्तागत विवरणसमेत तयार गरेका छन्। त्यस्तै, १६९ स्थानीय तहले आधार तथा मापदण्ड तयार गरी नक्सा … Continue reading ३३८ स्थानीय तहमा भू–उपयोग वर्गीकरण सम्पन्न

थप पढ्नुहोस् »

साउदीमा आप्रवासी श्रमिक गम्भीर जोखिममा

काठमाडौ,११जेठ। साउदी अरबमा नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तेल कम्पनी साउदीको आरम्कोका परियोजनामा कार्यरत श्रमिकहरु उच्च जोखिममा रहेको पाइएको हो। लण्डनस्थित मानवअधिकारसम्बन्धी संस्था ‘फेयर स्क्वायर’ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आरम्को परियोजनामा कार्यरत विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समय काम गराइने, असुरक्षित आवासमा राखिने, पर्याप्त आराम र पोषणयुक्त … Continue reading साउदीमा आप्रवासी श्रमिक गम्भीर जोखिममा

थप पढ्नुहोस् »

सुन तोलामा २८ सयले बढ्यो

दाङ,११ जेठ। आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो। हिजो आइतबार तोलाको २ लाख ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले … Continue reading सुन तोलामा २८ सयले बढ्यो

थप पढ्नुहोस् »

रास्वपा तुलसीपुरको सभापतिमा पुनः भण्डारी

दाङ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुरको सभापतिमा पुनः जीवन भण्डारी चयन भएका छन्। आइतबार तुलसीपुरमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको सचिवमा पनि पुनः कमल बस्नेत चयन भएका छन्। यद्यपि, उपसभापति र सहसचिव पद भने टुंगिन बाँकी रहेको छ। उपसभापतिमा निर्मला वली र शोभा धितालले दाबी गरेपछि सहमति जुट्न … Continue reading रास्वपा तुलसीपुरको सभापतिमा पुनः भण्डारी

थप पढ्नुहोस् »

विवाह गर्ने भन्दै बोलाएर सामुहिक बलात्कार

दाङ,१० जेठ । दाङको तुलसीपुरमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ। करणीको आरोपमा दुई जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय राजेन्द्र चौधरी रहेका छन्। सोही स्थानका करिब २५ वर्षीय राजेश चौधरी फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला … Continue reading विवाह गर्ने भन्दै बोलाएर सामुहिक बलात्कार

थप पढ्नुहोस् »

सुजिता हत्या काण्डका १० आरोपीलाई सफाइ

काठमाडौ,१० जेठ । महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ । विसं २०७८ मा लोहारपट्टी नगरपालिका-७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ … Continue reading सुजिता हत्या काण्डका १० आरोपीलाई सफाइ

थप पढ्नुहोस् »

रास्वपाको महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौ,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्ययोजनाअनुसार महाधिवेशन व्यवस्थापन र निर्वाचनसम्बन्धी कामहरू चरणबद्ध रूपमा सम्पन्न गरिनेछ। महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ। कार्यतालिकाअनुसार ७७ जिल्ला र … Continue reading रास्वपाको महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक

थप पढ्नुहोस् »

तीव्र गतिका कारण आधाभन्दा बढी सवारी दुर्घटना

दाङ,१० जेठ । देशभर सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा तीव्र गति देखिएको छ। वैशाख महिनामा भएका कुल दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार उक्त महिनामा देशभर २ हजार २९४ सवारी दुर्घटना भएका छन्, जसमध्ये १ हजार २५३ दुर्घटना तीव्र गतिका कारण भएका हुन्। त्यस्तै चालकको असक्षमताका कारण … Continue reading तीव्र गतिका कारण आधाभन्दा बढी सवारी दुर्घटना

थप पढ्नुहोस् »

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्रीबीच भेट

दाङ,१० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्रासंग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी र लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश सरकार दिगो, समावेशी र रोजगारमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए। उनले उत्पादनमुखी लगानी, कृषि आधुनिकीकरण, … Continue reading मुख्यमन्त्री आचार्य र बेलायती मन्त्रीबीच भेट

थप पढ्नुहोस् »

जुरपनिया–मैनतारा खानेपानी समितिमा नयाँ नेतृत्व चयन

दाङ,१०जेठ। तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित जुरपनिया–मैनतारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न भेलाले शेषमणी कवरको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा बिशेषण वली, सचिवमा दामोदर बस्नेत र कोषाध्यक्षमा माधव वली चयन भएका छन्। यसैगरी सदस्यहरूमा पातली सार्की, हाँसीराम नेपाली, देवराज वली, बिरबहादुर नेपाली, दलजीत वली, छवि … Continue reading जुरपनिया–मैनतारा खानेपानी समितिमा नयाँ नेतृत्व चयन

थप पढ्नुहोस् »