समाचार

चौतर्फी दबाबपछि सरकारले संक्रमितको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने

काठमाडौ। सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्‍त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । सर्वोच्च अदालत र संसदीय समितिको निर्देशनलाई समेत ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो । संघीय … Continue reading चौतर्फी दबाबपछि सरकारले संक्रमितको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने

थप पढ्नुहोस् »

रुपन्देहीमा स्वास्थ्यकर्मीसहित ३ जना कोरोना संक्रमितको ज्यान गयो

दाङ। रुपन्देही जिल्लामा उपचाररत एक स्वास्थ्यकर्मीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् । रुपन्देहीमा कोरोना संक्रमित … Continue reading रुपन्देहीमा स्वास्थ्यकर्मीसहित ३ जना कोरोना संक्रमितको ज्यान गयो

थप पढ्नुहोस् »

दाङमा थप १ जना संक्रमितको ज्यान गयो

दाङ। दाङका थप एक कोरोना संक्रमितको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । सोमबार बिहान अस्पताल भर्ना भएका उनको सोमबार रातीनै साढे ९ बजे ज्यान गएको हो ।

थप पढ्नुहोस् »

तुलसीपुरमा संक्रमित संख्या ६ सय पुग्यो , थप १३ जनामा कोरोना संक्रमण

दाङ। तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ ।सोमवार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको स्वावमा पिसिआर परिक्षण गर्दा तुलसीपुरमा थप १३ जना नँया र १ जनामा पुनः संक्रमण देखिएको छ । थपिएका संक्रमित पुरुष ९ र महिला ४ जना रहेको कोभिड १९ … Continue reading तुलसीपुरमा संक्रमित संख्या ६ सय पुग्यो , थप १३ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

तुलसीपुरमा देउसी–भैलो खेल्न नपाईने

दाङ। तुलसीपुरमा यस बर्षको तिहारमा देउसी–भैलो खेल्न नपाईने भएको छ । कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वदलिय सर्बपक्षीय बैठकले तिहारमा देउसी–भैलो खेल्न प्रतिवन्ध लगाउने निर्णय गरेको हो । तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै प्रतिवन्ध लगाउने लागेको हो । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभा … Continue reading तुलसीपुरमा देउसी–भैलो खेल्न नपाईने

थप पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक , १ हजार १२६ जनाको ज्यान गयो

दाङ। नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ५७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार सात सय ९८ जना … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक , १ हजार १२६ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए । अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्तको जिम्मेवारी दिएको हो । शाक्य प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक हुन् । प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङमा … Continue reading विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

थप पढ्नुहोस् »

तुलसीपुरमा वडा सचीवलाई कोरोना संक्रमण , केहि वडा कार्यालय सिल

दाङ। तुलसीपुर उपमहानगरपालिकाको ४ वटा वडा कार्यालय सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,५,८ र ९ को वडा कार्यालयलाई एक साताका लागी सिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । फोकल पर्सन केसीका अनुसार वडा नम्वर ८ का वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ। वडा कार्यालयहरुमा कोरोना जोखिम … Continue reading तुलसीपुरमा वडा सचीवलाई कोरोना संक्रमण , केहि वडा कार्यालय सिल

थप पढ्नुहोस् »

भाइटीकाको उत्तम साइत निस्कियो

दाङ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा … Continue reading भाइटीकाको उत्तम साइत निस्कियो

थप पढ्नुहोस् »

स्कुटर सिक्दा ज्यान गयो

बुटवल । रुपन्देहीमा स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा एकजना सह-प्राध्यापकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१ का ५० वर्षीय डा. शिव पौडेलको आइतबार बिहान स्कुटर सिक्ने क्रममा मृत्यु भएको हो । नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्किएर गम्भीर घाइते भएका पौडेललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश … Continue reading स्कुटर सिक्दा ज्यान गयो

थप पढ्नुहोस् »