समाचार

सेराटारमा बस दुर्घटनाः २७ जना घाइते

काठमाडौ,११वैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो बस दुर्घटना भएको छ। दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षतिको खबर छैन र उद्धार कार्य जारी छ। दुर्घटनाको … Continue reading सेराटारमा बस दुर्घटनाः २७ जना घाइते

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा क्रिकेटर आलम घाइते

काठमाडौ,११वैशाख। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आदिल आलम मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। बाराको बम नहर रोडअन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते आलमको उद्धारमा सहयोग गरेका थिए। उनीलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा उपचाररत … Continue reading मोटरसाइकल दुर्घटनामा क्रिकेटर आलम घाइते

थप पढ्नुहोस् »

दाङमा ब्राउन सुगरसहित एक युवक पक्राउ

दाङ,११ वैशाख। दाङमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढवा गाउँपालिका–१ धानखोलाका २७ वर्षीय गोविन्द घर्ति मगर रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले उनको साथबाट करिब १५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगरजस्तो लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रेशम … Continue reading दाङमा ब्राउन सुगरसहित एक युवक पक्राउ

थप पढ्नुहोस् »

कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सरकारको निर्देशन

काठमाडौ,११ वैशाख । सरकारले कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। आउँदो तीन महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग र सम्बन्धित निकायलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । चैत १३ गतेको सरकारी निर्णयअनुसार शासकीय सुधारसँग सम्बन्धित १०० कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा यो निर्णय गरिएको हो। प्रधानमन्त्री कार्यालयले … Continue reading कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सरकारको निर्देशन

थप पढ्नुहोस् »

हेटौँडा सिमेन्ट उद्योग बन्द

काठमाडौ,११ वैशाख । लामो समयदेखि आर्थिक सङ्कट झेल्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावका कारण बन्द भएको छ। गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले आवश्यक कच्चा पदार्थ नपाएपछि उत्पादन रोकिएको हो। उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कोइला, ढुङ्गा लगायतका सामग्री अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको हो। कच्चा पदार्थ ल्याउन सम्झौता भए पनि … Continue reading हेटौँडा सिमेन्ट उद्योग बन्द

थप पढ्नुहोस् »

सुकुम्बासी हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौ,११ वैशाख । सुकुम्बासी बस्ती खाली गराउने सरकारको निर्णयको विरोधमा थापाथलीको बागमती किनार लगायतका क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले शुक्रबार प्रदर्शन गरेका छन्। अचानक बस्ती हटाउन लागेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि साथ दिएको थियो। प्रदर्शनकारीहरूले “विकासका नाममा उठिबास होइन, अधिकार चाहिन्छ”, “पुनर्वास बिना हटाउने निर्णय मान्य छैन” र … Continue reading सुकुम्बासी हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

थप पढ्नुहोस् »

सुन तोलामा २२ सयले घटयो

दाङ,११ वैशाख । शुक्रबार सुनको भाउ घटेको छ । आज सुन प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको भाउ पनि घटेको छ। … Continue reading सुन तोलामा २२ सयले घटयो

थप पढ्नुहोस् »

दाङमा छतबाट खसेर एक जनाको मृत्यु

दाङ,११ वैशाख । दाङमा छतबाट खसेर एकजनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–४ दुलैयाका ४२ वर्षीय राजु भण्डारीको घरको छतबाट खसेर मृत्यु भएको छ। प्रहरीका अनुसार भण्डारी अम्बा टिप्ने क्रममा छतबाट खसेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा ले … Continue reading दाङमा छतबाट खसेर एक जनाको मृत्यु

थप पढ्नुहोस् »

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना

दाङ,१० वैशाख । स्वर्गद्वारी जाँदै गरेका भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। जिपमा सवार १७ जना घाइते भएका छन् । बिहीबार स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटना हुँदा ३ वर्षीया काब्या मौरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको … Continue reading स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना

थप पढ्नुहोस् »

तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

दाङ,१० वैशाख । दाङको तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २० वर्षीय विकास बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले बुधबार राति करिब साढे १० बजे तुलसीपुर–४ मिलनचोक क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। तुलसीपुरबाट गोठीखोला तर्फ … Continue reading तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

थप पढ्नुहोस् »