समाचार

बजेटप्रति असन्तुष्टि भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

दाङ,११ असार। लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि बिनियोजित बजेटप्रति व्यापक असन्तुष्टि व्यक्त भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। बुधबार पनि बैठक बस्न सकेन । बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकसमेत बस्न सकेन। सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक सञ्चालन … Continue reading बजेटप्रति असन्तुष्टि भएपछि लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

थप पढ्नुहोस् »

दुई नाल भरुवा बन्दुक बरामद

दाङ, १० असार । रोल्पामा बेवारिसे अवस्थामा लुकाई–छिपाई राखिएका दुई वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार दिउँसो करिब ४ बजे सुनिलस्मृति गाउँपालिका–६ गरगरेस्थित सल्लेरी पाखा सामुदायिक वन क्षेत्रमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार वनभित्र चिलाउनेको रुखको जरामा काठ र फलामबाट बनेका, सिलिङ … Continue reading दुई नाल भरुवा बन्दुक बरामद

थप पढ्नुहोस् »

२४ बंगलादेशी नागरिक पक्राउ

काठमाडौ,१० असार । विभिन्न समयमा नेपाल प्रवेश गरी आवश्यक कागजातबिना तथा म्याद सकिएको पर्यटक भिसामा गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँका डल्लु र सितापाइला क्षेत्रका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूसँग स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट … Continue reading २४ बंगलादेशी नागरिक पक्राउ

थप पढ्नुहोस् »

मकैबारीमा महिलाको शव फेला

दाङ,१० असार । दाङको तुलसीपुरमा एक महिलाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ गिदिनियाकी ६० वर्षीया चेच्या चौधरी मंगलबार बेलुकी आफ्नै घर नजिकको मकैबारीमा मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट … Continue reading मकैबारीमा महिलाको शव फेला

थप पढ्नुहोस् »

उपभोक्ता अधिकारका लागि गुणस्तर र लेबलिङ अनिवार्य

दाङ, १० असार । दाङको तुलसीपुरमा उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराहीको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम गरिएको हो। कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसीको प्रमुख … Continue reading उपभोक्ता अधिकारका लागि गुणस्तर र लेबलिङ अनिवार्य

थप पढ्नुहोस् »

तीन महिनामा थपिए १ लाख ८१ हजार मतदाता

दाङ,१० असार । आगामी स्थानीय तह निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। आयोगले पछिल्लो तीन महिनामा मात्र एक लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको जनाएको छ, जसलाई निर्वाचन पूर्वाधार सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा लिइएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकको क्रम तीव्र बनेको छ। … Continue reading तीन महिनामा थपिए १ लाख ८१ हजार मतदाता

थप पढ्नुहोस् »

तुलसीपुरमा सर्प उद्धार ब्यबस्थापन तालिम  “मानव र सर्पको रक्षाका लागि यो तालिम कोसेढुङ्गा”

​दाङ, १० असार । दाङको तुलसीपुरमा “वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गरौँ” भन्ने मूल नाराका साथ सञ्चालित दुई दिने ‘सर्प उद्धार तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम’ (मंगलबार)  समापन भएको छ। डिभिजन वन कार्यालय दाङ, घोराहीको आयोजनामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको हो। ​तालिम समापन कार्यक्रममा डिभिजन वन कार्यालयका … Continue reading तुलसीपुरमा सर्प उद्धार ब्यबस्थापन तालिम  “मानव र सर्पको रक्षाका लागि यो तालिम कोसेढुङ्गा”

थप पढ्नुहोस् »

दाङमा एक महिनामा ८१ मुद्दा दर्ता, ८९ जना पक्राउ

दाङ, १० असार। दाङमा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका आपराधिक गतिविधिसम्बन्धी ८१ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका उजुरीका आधारमा ८९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार दर्ता भएका मुद्दामध्ये २३ वटा फछ्र्योट भएका छन् भने ५८ … Continue reading दाङमा एक महिनामा ८१ मुद्दा दर्ता, ८९ जना पक्राउ

थप पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

दाङ,१० असार ।नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ।मंगलबार पनि सुनको मूल्य घटेको थियो। मंगलबार प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर २ … Continue reading सुनचाँदीको मुल्य घट्यो

थप पढ्नुहोस् »