समाचार

अतिक्रमण हटाउने दाङ प्रशासनको निर्णय

दाङ,१५ वैशाख । दाङमा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउने अभियान सन्चालन गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले आह्वान गरेको स्थानीय तहहरूको बैठकले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ९२ अनुसार अतिक्रमण नियन्त्रणमा … Continue reading अतिक्रमण हटाउने दाङ प्रशासनको निर्णय

थप पढ्नुहोस् »

बालकमाथि कुटपिट गर्ने एक पक्राउः दुई फरार

दाङ,१५ वैशाख । रोल्पामा बालकमाथि कुटपिट गर्ने एकजना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा गंगादेव गाउँपालिका–५ का ५० वर्षीय भिमबहादुर खत्री रहेका छन् । सोही वडाका ११ … Continue reading बालकमाथि कुटपिट गर्ने एक पक्राउः दुई फरार

थप पढ्नुहोस् »

प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख बढीको भ्रष्टाचार मुद्दा

काठमाडौ,१५ वेशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका–२ स्थित उक्त विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालय भवन निर्माणमा झुट्टा बिल बनाएर वास्तविक लागतभन्दा बढी रकम भुक्तानी … Continue reading प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख बढीको भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको तयारी

दाङ,१५ वैशाख । सरकारले विभिन्न निकायमा भएका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले अध्यादेशमार्फत करिब १५०० पदाधिकारीलाई पदमुक्त गर्ने तयारी गरेको स्रोतको दाबी छ। यसका लागि अध्यादेश पारित गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने अन्तिम तयारी भइरहेको जनाइएको छ। यो निर्णय कार्यान्वयनमा आए प्रशासनिक इतिहासकै ठूलो ‘राजनीतिक शुद्धीकरण’ हुने दाबी … Continue reading राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको तयारी

थप पढ्नुहोस् »

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौ,१५ वैशाख । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उद्योगी शेखर गोल्छालाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । नृपध्वज निरौलाको एकल इजलासले गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मंगलबार यस्तो आदेश दिएको हो । शेखरकी श्रीमती सीमा गा्ल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘सूचना … Continue reading गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

थप पढ्नुहोस् »

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु:८४ जना घाइते

काठमाडौ,१५ वैशाख । इन्डोनेसियाको बेकासी क्षेत्रमा दुई वटा रेल एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। स्थानीय समयअनुसार मंगलबार बेलुका करिब ८:५० बजे जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीका रेलहरू ठोक्किँदा दुर्घटना भएको जनाइएको छ। दुर्घटनापछि प्रबोवो सुबिआन्तोले अस्पताल पुगेर घाइतेहरूलाई भेट्दै समवेदना व्यक्त गरेका छन् र घटनाको छिटो अनुसन्धान … Continue reading इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु:८४ जना घाइते

थप पढ्नुहोस् »

दाङमा अतिक्रमण हटाउन प्रशासनको पहल सुरु

दाङ,१५ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई छलफलका लागि बोलाएको छ। संघीय सरकारको शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीअनुसार अतिक्रमण नियन्त्रणमा कडाइ गर्न प्रशासनले पहल थालेको हो। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सो कार्यसूचीको बुँदा नम्बर ९२ अनुसार … Continue reading दाङमा अतिक्रमण हटाउन प्रशासनको पहल सुरु

थप पढ्नुहोस् »

राप्तीमा घडियालका ७ गुँडबाट १९५ अण्डा संकलन

दाङ,१४ वैशाख । राप्ती नदीमा भेटिएका घडियाल गोहीका गुँडमध्ये सात गुँडबाट १९५ वटा अण्डा संकलन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार जोखिमयुक्त गुँडबाट अण्डा संकलन गरेको जनाएको छ। सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय तथा वन्यजन्तुको खतरा भएका गुँडबाट मात्रै अण्डा संकलन गरिन्छ भने सुरक्षित स्थानका गुँडलाई प्रकृतिमै … Continue reading राप्तीमा घडियालका ७ गुँडबाट १९५ अण्डा संकलन

थप पढ्नुहोस् »

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

काठमाडौ,१४ वैशाख । शौचालयमा लडेर एकजना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी क्याम्पमा शौचालयमा लडेर उनको मृत्यु भएको ह्प सशस्त्र प्रहरी बल नेपाल राजविराजका अनुसार बारा पचरोता नगरपालिका–८ का ३५ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको हो। बिहान शौचालय जाने क्रममा एक्कासी लडेका यादवको घटनास्थलमै ज्यान गएको जनाइएको छ।

थप पढ्नुहोस् »

उपभोक्तालाई चामल खरिदमा छुट

दाङ,१४ वैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरले चामल खरिदमा उपभोक्तालाई छुट दिने व्यवस्था गरेको छ। वैशाख ११ गतेदेखि लागू गरिएको छुटअनुसार स्टिम जिरा चामल प्रति क्विन्टल ८,२०० रुपैयाँबाट ५०० रुपैयाँ घटाएर ७,७०० रुपैयाँ कायम गरिएको छ। यसअनुसार प्रति बोरा १,९२५ रुपैयाँ पर्नेछ। त्यस्तै सोना मन्सुली चामल ५,८०० रुपैयाँबाट घटेर ५,३०० … Continue reading उपभोक्तालाई चामल खरिदमा छुट

थप पढ्नुहोस् »