समाचार

स्थानीय तहबाटै नापी,मालपोत सेवा दिन २०७ पालिकाको ईच्छुक

दाङ, १७ वैशाख । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ स्थानीय तहले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी नि वारण मन्त्रालयले एक साताअघि इच्छुक पालिकालाई आवेदन दिन आह्वान गरेको थियो। सोहीअनुसार बिहीबारसम्म २०७ पालिकाले निवेदन पेश गरेका हुन्। निवेदन दिने पालिकामध्ये धरान, घोराही र धनगढी उपमहानगरपालिका रहेका … Continue reading स्थानीय तहबाटै नापी,मालपोत सेवा दिन २०७ पालिकाको ईच्छुक

थप पढ्नुहोस् »

रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना

दाङ,१७ वैशाख । रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ। वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न रुकुमपूर्वबाट गएको जिप थवाङ गाउँपालिकाअन्तर्गत जलजला क्षेत्रमा दुर्घटनामा परेको हो। जिपमा १८ जना सवार रहेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ। दुर्घटनास्थलमा भारी वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जिप भिरबाट तल खसेको र … Continue reading रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना

थप पढ्नुहोस् »

लालपुर्जाको माग गर्दै आम हड्तालको घोषणा

दाङ,१७ वैशाख । अखिल नेपाल सुकुमबासी संघले चरणबद्ध संघर्ष कार्यक्रम सार्वजनिक गर्दै अन्ततः देशव्यापी आम हड्तालसम्म जाने घोषणा गरेको हो। संघका अध्यक्ष अमर परियारका अनुसार सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने र जबरजस्ती उठिवास रोक्ने मुख्य माग रहेका छन्। साथै, प्रधानमन्त्री बालेन्द्र शाहलाई पदबाट हटाउने मागसमेत अघि सारिएको छ। पहिलो चरणमा वैशाख २० गतेसम्म राजनीतिक दल र … Continue reading लालपुर्जाको माग गर्दै आम हड्तालको घोषणा

थप पढ्नुहोस् »

दाङमा अतिक्रमित घरटहरा हटाउन २१ दिने अल्टिमेटम

दाङ,१७ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले अतिक्रमण गरी बनाइएका घरटहरा २१ दिनभित्र हटाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी सूचनामा घोराही उपमहानगरपालिका १४ र १६ स्थित सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरी बसेका व्यक्ति तथा संस्थालाई तोकिएको समयभित्र संरचना हटाई स्थान खाली गर्न भनिएको छ। उक्त जग्गा ७ ख कित्ता नं. … Continue reading दाङमा अतिक्रमित घरटहरा हटाउन २१ दिने अल्टिमेटम

थप पढ्नुहोस् »

वैदेशिक रोजगार विभागमा किर्ते उजुरी प्रकरण: अख्तियार छानबिनमा

काठमाडौ,१७ वैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हस्ताक्षरसहित उजुरी दर्ता गरी सर्वसाधारणलाई दुःख दिएको आरोपमा वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन सुरु गरेको छ। विभागका कर्मचारी, प्रहरी र बिचौलियाबीच मिलेमतो गरी वास्तविक दोषीलाई जोगाउने र निर्दोषमाथि दबाब सिर्जना गरेर रकम असुल्ने काम भइरहेको गुनासोपछि अख्तियार सक्रिय भएको हो। स्रोतका अनुसार बिचौलियाको प्रभावमा परेर कर्मचारीहरूले जबरजस्ती पक्राउ … Continue reading वैदेशिक रोजगार विभागमा किर्ते उजुरी प्रकरण: अख्तियार छानबिनमा

थप पढ्नुहोस् »

पौडेल दम्पतीविरुद्ध ६९ करोडको मनी लाउन्डरिङ मुद्दा

काठमाडौ,१७ वैशाख । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरण मुद्दामा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले उनीहरूमाथि ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै कारबाहीको माग गरेको छ।अनुसन्धानअनुसार दम्पतीले विदेशी विनिमय ऐन विपरीत गैरकानुनी कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको आरोप … Continue reading पौडेल दम्पतीविरुद्ध ६९ करोडको मनी लाउन्डरिङ मुद्दा

थप पढ्नुहोस् »

दाङमा हावाहुरीका कारण ४ जना घाइते

दाङ,१७ वैशाख । बुधबार बेलुका आएको हावाहुरीका कारण दाङमा चार जना घाइते भएका छन्।घाइते हुनेमा लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी, शान्तिनगरका जगतबहादुर थापा, वडा–३ वनगाउँका कमल खनाल र वडा–२ श्रीगाउँका बिक्रम चौधरी रहेका छन्। हावाहुरीका क्रममा जस्तापाताले काट्दा थापाको हातमा गम्भीर चोट लागेको छ भने खनालको हात भाँचिएको छ। यस्तै, रुखको हाँगा भाँचिँदा बिक्रम चौधरीको … Continue reading दाङमा हावाहुरीका कारण ४ जना घाइते

थप पढ्नुहोस् »

बस र माइक्रो आपसमा ठोक्किदा दुइजनाको मृत्यु: २७ जना घाइते

दाङ,१६ वैशाख । रुपन्देहीमा माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदहको गणेशनगर नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती … Continue reading बस र माइक्रो आपसमा ठोक्किदा दुइजनाको मृत्यु: २७ जना घाइते

थप पढ्नुहोस् »

प्रतिष्ठानको जग्गामा बसेका सुकुम्बासीलाई घडेरी उपलब्ध गराइने

दाङ,१६ वैशाख ।दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण गरेर बसेका सुकुमवासीहरूको व्यवस्थापनका लागि पहल सुरु गरिएको छ। यसका लागि प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच बुधबार पूरक सम्झौता भएको छ। सम्झौताअनुसार कटुवा खोलासँगै रहेको प्रतिष्ठानको जग्गामा बसोबास गर्दै आएका करिब १५० घरधुरीमध्ये वास्तविक भूमिहीन सुकुमवासी पहिचान गरी उनीहरूलाई अम्बापुर जग्गा एकीकरण आयोजनाअन्तर्गत प्रत्येक … Continue reading प्रतिष्ठानको जग्गामा बसेका सुकुम्बासीलाई घडेरी उपलब्ध गराइने

थप पढ्नुहोस् »

काँग्रेसले राष्ट्रिय सभामा सिटौलालाई हटाएर पन्तलाई राख्यो

काठमाडौ,१६ वैशाख । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण प्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कमला पन्तलाई नयाँ नेता मनोनित गरेको छ । भीष्मराज आङदेम्बे नेतृत्वको संसदीय दलले उक्त निर्णय गरेको जनाएको छ। यसअघि शेर बहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए। पछिल्लो समय सिटौला पूर्णबहादुर खड्का समूहसँग नजिक देखिँदै आएका … Continue reading काँग्रेसले राष्ट्रिय सभामा सिटौलालाई हटाएर पन्तलाई राख्यो

थप पढ्नुहोस् »