समाचार

लुम्बिनीमा दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित

दाङ,८ वैशाख । लुम्बिनी प्रदेश सभाले दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। प्रदेशको सातौं अधिवेशनको १४औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक पारित भएको जानकारी दिएका हुन् । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। बैठकमा विश्वप्रेम … Continue reading लुम्बिनीमा दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित

थप पढ्नुहोस् »

दाङमा ब्राउन सुगर र चरेशसहित ७ जना पक्राउ

दाङ,८ वैशाख । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। तुलसीपुर र घोराही क्षेत्रमा गरिएको छुट्टाछुट्टै अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क नजिकबाट शान्तिनगर–५ बस्ने २९ वर्षीय उद्धव शाहलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जनाएको छ। त्यस्तै तुलसीपुरबाटै अर्घाखाँची … Continue reading दाङमा ब्राउन सुगर र चरेशसहित ७ जना पक्राउ

थप पढ्नुहोस् »

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौ,८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने भएको छ। पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन सोमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ। विमानस्थल प्रशासनका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग नजिकको ट्याक्सीवे निर्माण भइरहेको छ। उडान सुरक्षालाई ध्यानमा राख्दै … Continue reading त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

थप पढ्नुहोस् »

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौ,८वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ। युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, बेलायती पाउण्ड एकको खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ … Continue reading आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

थप पढ्नुहोस् »

धारिलो हतियार प्रहारबाट किशोरको हत्या

काठमाडौ,८ वैशाख। धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक किशोरको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा सोमबार राति १८ वर्षीय किशोरको हत्या भएको छ। स्थानीय उज्जल सायरमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा उनको ज्यान गएको हो। करिब १ः३६ बजेतिर भएको आक्रमणमा उज्जलको छातीमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो … Continue reading धारिलो हतियार प्रहारबाट किशोरको हत्या

थप पढ्नुहोस् »

कारागारमा क्षमताभन्दा १० हजार बढी कैदीबन्दी

काठमाडौ,८ वैशाख। देशभरका कारागारमा क्षमताभन्दा करिब १० हजार बढी कैदीबन्दी राखिएका छन्।कारागार व्यवस्थापन विभागका अनुसार १८ हजार २६२ जनाको क्षमता रहेका ७५ कारागारमा हाल २७ हजार ४६२ कैदीबन्दी राखिएको तथ्यांक सार्वजनिक भएको हो। यसले कारागार व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न गरेको छ। नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा मात्र कारागार छन् भने भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी … Continue reading कारागारमा क्षमताभन्दा १० हजार बढी कैदीबन्दी

थप पढ्नुहोस् »

सुन चोरीमा संलग्न गिरोहका चार पाकिस्तानी पक्राउ

दाङ,८वैशाख। कपिलवस्तु लगायत विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वैशाख १ गते चन्द्रौटाबाट दुई महिला पक्राउ परेका थिए भने वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई पुरुषलाई नियन्त्रणमा … Continue reading सुन चोरीमा संलग्न गिरोहका चार पाकिस्तानी पक्राउ

थप पढ्नुहोस् »

रास्वपाको १६ सदस्यीय सचिवालय गठन

काठमाडौ,७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय गठन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा भूपदेव शाहलाई मनोनीत गर्नुका साथै केन्द्रीय सदस्य सागर ढकाल र सरिताश्री ज्ञवालीलाई बढुवा गरेसँगै सचिवालय १६ सदस्यीय बनेको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँगको सहमतिअनुसार सुनील लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने तथा बालेन शाहलाई वरिष्ठ … Continue reading रास्वपाको १६ सदस्यीय सचिवालय गठन

थप पढ्नुहोस् »

आत्मनिर्भर लघुवित्तको १५%लाभांश घोषणा

वैशाख ७,दाङ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ। घोराहीमा सम्पन्न संस्थाको सातौँ वार्षिक साधारण सभामा अध्यक्ष मीरा चौधरीले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरिने जानकारी दिइन्। प्रतिवेदनअनुसार संस्थाले हालसम्म करिब ६० हजार परिवारलाई वित्तीय सेवामा आबद्ध गराउँदै बचत … Continue reading आत्मनिर्भर लघुवित्तको १५%लाभांश घोषणा

थप पढ्नुहोस् »

सल्यानमा आगलागी हुँदा चार घरगोठ जलेर नष्ट

दाङ,७ वैशाख। सल्यानमा आगलागी हुँदा चार घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० खानिगाउँमा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका हुन्। सोमबार दिउँसो ६५ वर्षीय तेजबहादुर पुनको गोठबाट सुरु भएको आगलागीले उनको गोठसहित अन्य घरहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। आगो फैलिँदै जाँदा ४६ वर्षीय थमन घर्तीको दुईतले तीन … Continue reading सल्यानमा आगलागी हुँदा चार घरगोठ जलेर नष्ट

थप पढ्नुहोस् »