समाचार

तुलसीपुरमा मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर सञ्चालन

दाङ,७ वैशाख। दाङको तुलसीपुरमा करिब २० लाख रुपैयाँको लगानीमा मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै स्थानीय तीन युवाले सामूहिक रूपमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन्। तुलसीपुर उपमहानगरपालिका–७ का चुडामणी शर्मा, आकाश खनाल र भीम भण्डारीले करिब ९ वर्षको अनुभवलाई … Continue reading तुलसीपुरमा मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर सञ्चालन

थप पढ्नुहोस् »

कांग्रेसले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौ,७ वैशाख । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका भएकाले निष्पक्ष छानबिनका लागि राजीनामा आवश्यक भएको कांग्रेसले जनाएको हो। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी विज्ञप्तिमा अनुसन्धानलाई प्रभावरहित बनाउन उपयुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिएको उल्लेख छ। साथै, कांग्रेस केन्द्रीय … Continue reading कांग्रेसले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

थप पढ्नुहोस् »

नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री कपुर

काठमाडौ,७ वैशाख। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्। अमेरिकी दूतावास काठमाडौँका अनुसार उनको भ्रमणको मुख्य उद्देश्य अमेरिका र नेपालबीचको द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउनु रहेको छ। दूतावासका अनुसार नेपाल बसाइका क्रममा उनले सरकारी उच्च अधिकारीहरू, व्यावसायिक क्षेत्रका नेतृत्वकर्ताहरू तथा सांस्कृतिक विज्ञहरूसँग … Continue reading नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री कपुर

थप पढ्नुहोस् »

चाइनिज पेस्तोलसहित युवक पक्राउ

दाङ, ७ वैशाख । कपिलवस्तुमा चाइनिज पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमी नगरपालिका–९ इमिलियाका ३४ वर्षीय सुरज कँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वैशाख ५ गते बेलुकी बुद्धभूमी–९ डुमरास्थित उनको घरमा खानतलासी गर्दा दराजमा लुकाएर राखिएको ‘मेड इन चाइना’ लेखिएको पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिपेन्द्रकुमार सिंहका अनुसार कँवरले … Continue reading चाइनिज पेस्तोलसहित युवक पक्राउ

थप पढ्नुहोस् »

सुन र चाँदी दुवैको मूल्य घट्यो

दाङ,७ वैशाख । बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० … Continue reading सुन र चाँदी दुवैको मूल्य घट्यो

थप पढ्नुहोस् »

तुलसीपुरमा होन्डा एक्सचेन्ज अफर सुरु: ग्राहकलाई विभिन्न सुविधा

दाङ,६ वैशाख ।दाङको तुलसीपुरमा होन्डा एक्सचेञ्ज अफर सुरु भएको छ । हात्तीखौवास्थित अम्बिकेश्वरी अटो मार्टले होन्डा मोटरसाइकल तथा स्कुटीका लागि एक्सचेन्ज अफर सुरु गरेको हो । आइतबारदेखि सुरु भएको अफर आगामी शुक्रबारसम्म सञ्चालन हुने छ। अटो मार्टका सञ्चालक दिपेशराज भण्डारीका अनुसार यस अवधिमा जुनसुकै कम्पनीका मोटरसाइकल एक्सचेन्ज गर्न सकिनेछ। रिकन्डिसन हाउसले निर्धारण गरेको मूल्यमा सन्तुष्ट … Continue reading तुलसीपुरमा होन्डा एक्सचेन्ज अफर सुरु: ग्राहकलाई विभिन्न सुविधा

थप पढ्नुहोस् »

बेपत्ता बुबाछोराको शव फेला

दाङ,६ वैशाख । बेपत्ता बाबुछोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्देनजिक बेपत्ता भएका उनीहरूको शव कर्णाली नदीमा फेला परेको हो। तुर्माखाँद–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जना वैशाख ३ गते डुंगा पल्टिँदा बेपत्ता भएका थिए। प्रहरीका अनुसार … Continue reading बेपत्ता बुबाछोराको शव फेला

थप पढ्नुहोस् »

रास्वपाको प्रवास विभाग प्रमुखमा बोहरा

काठमाडौ,६ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद दिपक बोहरा लाई प्रवास विभाग प्रमुख नियुक्त गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि विभाग प्रमुख रहेका डिपी अर्याल सभामुख नियुक्त भएपछि उक्त पद खाली रहेको थियो। सो रिक्त पदमा बोहरालाई नियुक्त गर्दै पार्टीले संगठन विस्तार र प्रवासमा रहेका समर्थकहरूसँग समन्वयलाई … Continue reading रास्वपाको प्रवास विभाग प्रमुखमा बोहरा

थप पढ्नुहोस् »

जिल्ला प्रशासनमा डिजिटल नागरिक बडापत्र अनिवार्य गर्न निर्देशन

काठमाडौ,६ वैशाख । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयमा डिजिटल तथा आवाजसहितको नागरिक बडापत्र राख्न निर्देशन दिएको छ। मन्त्रालयले हालै जारी गरेको नौ बुँदे निर्देशनमार्फत यस्तो व्यवस्था लागू गर्न आग्रह गरेको हो। निर्देशनमा सम्भव भएसम्म डिजिटल तथा आवाजसहितको नागरिक बडापत्र राख्न, नभए सेवा प्रक्रियाका सबै चरण स्पष्ट उल्लेख गरी सबैले देख्ने स्थानमा पढ्न मिल्ने ढंगले … Continue reading जिल्ला प्रशासनमा डिजिटल नागरिक बडापत्र अनिवार्य गर्न निर्देशन

थप पढ्नुहोस् »

निःशुल्क आँखा शिविरबाट ८३ जनाको दृष्टि फर्कियो

सल्यान, ६ वैशाख। सल्यानमा निःशुल्क आँखा शिविरमार्फत ८३ जनाको आँखाको ज्योति फर्किएको छ। जिल्लाको शारदा नगरपालिकाको श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको हो। शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा कुल ३६९ जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३७ … Continue reading निःशुल्क आँखा शिविरबाट ८३ जनाको दृष्टि फर्कियो

थप पढ्नुहोस् »