समाचार

अमरेशकुमारले अस्वीकार गरे उद्योग मन्त्रालय

काठमाडौं,१३ चैत । अमरेशकुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पद अस्वीकार गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई मन्त्रीका रूपमा प्रस्ताव गरेको थियो। सर्लाही–४ बाट निर्वाचित सिंहले परराष्ट्रमन्त्री दाबी गरेका थिए। तर उद्योगमन्त्री प्रस्ताव गरिएपछि उनले उक्त पद अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ।यसपछि उद्योग मन्त्रालय वालेन्द्र साह (बालेन)ले आफैसँग राखेका छन्। प्रधानमन्त्री शाहले यसअघि नै रक्षा … Continue reading अमरेशकुमारले अस्वीकार गरे उद्योग मन्त्रालय

थप पढ्नुहोस् »

प्रधानमन्त्री बालेनसंग तीन मन्त्रालय

काठमाडौं,१३ चैत । वालेन्द्र साह (बालेन)ले प्रधानमन्त्रीसँगै तीन मन्त्रालय आफैँसँग राखेका छन्। उनले प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने भएका हुन्।शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्।

थप पढ्नुहोस् »

बालेन साह प्रधानमन्त्री नियुक्त, आजै शपथ लिने

काठमाडौं ,१३ चैत । वालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रामचन्द्र पौडेलले आज बिहान साहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठनको प्रक्रियाअन्तर्गत साह प्रधानमन्त्री नियुक्त भएका हुन्। नियुक्तिसँगै उनले आजै शपथ लिने तयारी गरेका … Continue reading बालेन साह प्रधानमन्त्री नियुक्त, आजै शपथ लिने

थप पढ्नुहोस् »

तुलसीपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

दाङ,१२ चैत । तुलसीपुरमा श्रीमानबाटै श्रीमतीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–१९ की २७ वर्षीया कमला वलीको श्रीमानको कुटपिटबाट मृत्यु भएको हो। घरायसी विवादका क्रममा ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ करिब ७ बजेतिर कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको प्रहरी निरीक्षक बावराम बस्नेतले जानकारी दिएका छन्। घटनापछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको … Continue reading तुलसीपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

थप पढ्नुहोस् »

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं ,१२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक सरकारी अधिकृत र एक बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध बिहीबार आरोपपत्र दर्ता गरेको जनाएको छ। आयोगका अनुसार सवारी सरुवा सहमति मिलाइदिने नाममा सेवाग्राहीसँग रकम … Continue reading अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

थप पढ्नुहोस् »

सल्यानका बेदबहादुरको मलेसियामा हत्या

दाङ,१२ चैत । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–३ दमारखोलाका २१ वर्षीय बेदबहादुर बुढा रहेका छन्। उनी हाल दाङको पातेटाकुरामा बस्दै आएका थिए। कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति रोल्पा गंगादेव गाउँपालिका–३ का करिब २५ वर्षीय … Continue reading सल्यानका बेदबहादुरको मलेसियामा हत्या

थप पढ्नुहोस् »

विद्युत् ट्रिपिङ समस्यामा उल्लेख्य सुधार

काठमाडौं,१२ चैत । छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र आपूर्ति अवरोध हुने समस्यामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आव २०८२/८३ मा ट्रिपिङको सङ्ख्या र विद्युत् अवरोधको समय दुवै घटेको छ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रसारण तथा वितरण लाइन सुदृढीकरण, सबस्टेसन सुधार तथा प्राविधिक समस्या … Continue reading विद्युत् ट्रिपिङ समस्यामा उल्लेख्य सुधार

थप पढ्नुहोस् »

नवनिर्वाचित सांसदहरूले लिए शपथ

दाङ,१२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि बुधबार सिंहदरबार, काठमाडौंस्थित संसद भवनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। यसअघि केसीले मंगलबार रामचन्द्र पौडेलबाट शीतलनिवास, काठमाडौंमा शपथ लिएका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित … Continue reading नवनिर्वाचित सांसदहरूले लिए शपथ

थप पढ्नुहोस् »

देशभर ७ हजार बढी विपद्का घटनाः ४७९ जनाको मृत्यु

दाङ,१२चैत । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् भने ४७९ जनाको मृत्यु भएको छ। यस अवधिमा १ हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै ३ हजार ४८० … Continue reading देशभर ७ हजार बढी विपद्का घटनाः ४७९ जनाको मृत्यु

थप पढ्नुहोस् »

संसद् अधिवेशन आह्वान अझै अनिश्चित

काठमाडौं,१२ चैत। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले भने बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। तर, नयाँ प्रतिनिधिसभा … Continue reading संसद् अधिवेशन आह्वान अझै अनिश्चित

थप पढ्नुहोस् »