समाचार

रूसद्वारा पेट्रोल निर्यातमा चार महिने प्रतिबन्ध

दाङ,१४ चैत । रूसले अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई प्रतिबन्धसम्बन्धी प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्। रूसले यो कदम घरेलु आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न लक्षित रहेको जनाएको छ। हाल रूसले दैनिक करिब एक लाख २० हजारदेखि एक लाख ७० … Continue reading रूसद्वारा पेट्रोल निर्यातमा चार महिने प्रतिबन्ध

थप पढ्नुहोस् »

ओली र लेखकको पक्राउ कानुनी शासनअनुसार छैन: एशोसिएसन अध्यक्ष मिश्र

काठमाडौं,१४ चैत । नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले केपी शर्मा ओली र रमेश लेखकको पक्राउ कानुनी शासनअनुसार नभएको बताएका छन्। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान सुरक्षाकर्मीले उनीहरूलाई निवासबाट नियन्त्रणमा लिएका थिए। वरिष्ठ अधिवक्ता मिश्रले पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै रंगेहात अपराधमा संलग्न व्यक्तिलाई मात्र जरुरी पक्राउ पुर्जी प्रयोग गर्न मिल्ने बताएका छन्। … Continue reading ओली र लेखकको पक्राउ कानुनी शासनअनुसार छैन: एशोसिएसन अध्यक्ष मिश्र

थप पढ्नुहोस् »

भारतद्वारा नेपाललाई १९ सवारीसाधन हस्तान्तरण

दाङ,१४ चैत ।भारत सरकारले नेपाल सरकारलाई १९ थान सवारीसाधन हस्तान्तरण गरेको छ। भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका वाणिज्यदूत मनीषकुमार दासले आईईसीपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन्। दूतावासका अनुसार नेपाल सरकारको आग्रहअनुसार सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो।सहायक प्रजिअ कार्कीले प्राप्त सवारीसाधन गृह मन्त्रालय, नेपालतर्फ पठाइएको जानकारी … Continue reading भारतद्वारा नेपाललाई १९ सवारीसाधन हस्तान्तरण

थप पढ्नुहोस् »

मौसम खराब भएपनि पुस्तक बिक्री तालिका सार्वजनिक

काठमाडौं ,१४ चैत । प्रतिनिधिसभाका स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुनले मौसम खराब भए पनि शनिबार काठमाडौं उपत्यकाका दुई स्थानमा पुस्तक बिक्री अभियान जारी राख्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आजको तालिका सार्वजनिक गरेका हुन्। उनका अनुसार नयाँ बानेश्वर, काठमाडौंस्थित चोकको उत्तरपट्टि खुला ठाउँमा बिहान १० बजेदेखि १ बजेसम्म पुस्तक बिक्री गरिनेछ। यस्तै, … Continue reading मौसम खराब भएपनि पुस्तक बिक्री तालिका सार्वजनिक

थप पढ्नुहोस् »

केपी ओली पक्राउ: स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं,१४ चैत । केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ। काठमाडौं प्रहरी परिसर, भद्रकालीमा राखिएका ओलीको स्वास्थ्य अवस्था ख्याल गर्दै अस्पताल पठाइएको प्रहरीले जनाएको छ। “उहाँ बिरामी हुनुहुन्छ, स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै अस्पताल पठाइएको हो,” प्रहरी स्रोतले जनाएको छ।ओलीले नियमित रूपमा धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई … Continue reading केपी ओली पक्राउ: स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

थप पढ्नुहोस् »

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं,१४ चैत । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरेका हुन्। उनलाई कटुन्जे, भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायका … Continue reading पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

थप पढ्नुहोस् »

निजी निवास फर्किइन निवर्तमान प्रधानमन्त्री कार्की

काठमाडौ,१३ चैत । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट बाहिरिएकी हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको उल्लेख गरेकी छन्। कठिन परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको स्मरण गर्दै उनले सबैको सहकार्य, समन्वय र … Continue reading निजी निवास फर्किइन निवर्तमान प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »

प्रधानमन्त्री शाहलाई मोदीको बधाई

दाङ,१३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै साहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा राखेको विश्वास झल्काएको बताएका छन्। उनले नेपाल र भारतबीचको मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन प्रधानमन्त्री साहसँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्। भारत र नेपालबीचको सम्बन्धलाई … Continue reading प्रधानमन्त्री शाहलाई मोदीको बधाई

थप पढ्नुहोस् »

कोमल वलीका बुवाको निधन

दाङ,१३ चैत । गायिका तथा पूर्वसांसद कोमल वली पितृशोकमा परेकी छन्। उनका पिता ललितबहादुर वलीको शुक्रबार तुलसीपुरस्थित आफ्नै निवासमा निधन भएको हो। छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षको उमेरमा उनको मृत्यु भएको जनाइएको छ। गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको निधनबारे जानकारी दिएकी हुन्। पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि तुलसीपुरस्थित निवासमा राखिएको छ। वली … Continue reading कोमल वलीका बुवाको निधन

थप पढ्नुहोस् »

वाग्लेले गरेको ऐन खारेज निर्णयको खनालद्वारा स्वागत

दाङ,१३ चैत । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेका निर्णयको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उच्चस्तरीय आर्थिक सुझाव आयोगले खारेज गर्न सिफारिस गरेका १५ वटा असान्दर्भिक ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाउने वाग्लेको निर्णय सकारात्मक सुरुआत भएको बताएका हुन्। “आयोगले सिफारिस गरेका असान्दर्भिक ऐनहरू खारेज गर्न प्रक्रिया अघि बढाउने अर्थमन्त्रीको पहिलो निर्णयले … Continue reading वाग्लेले गरेको ऐन खारेज निर्णयको खनालद्वारा स्वागत

थप पढ्नुहोस् »