समाचार

जातीय विभेदको आरोपमा एक महिला पक्राउ

जुम्ला,१६ चैत । जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरीका अनुसार कविता बुढालाई पक्राउ गरिएको हो। उनी गुठीचौर गाउँपालिका–३ निवासी हुन्।उनीमाथि राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप लागेको प्रहरीले जनाएको छ। आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एक होटलमा सुनारमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई … Continue reading जातीय विभेदको आरोपमा एक महिला पक्राउ

थप पढ्नुहोस् »

हामी प्रधानमन्त्रीको बैठक बहिष्कार गर्छौं: सांसद साम्पाङ

काठमाडौं,१६ चैत । हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्। श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद समेत रहेका उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग गर्दै कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू नजाने बताएका हुन्। प्रधानमन्त्रीले कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका लागि सिंहदरबारमा बैठक बोलाएका छन्। यसका लागि प्रधानमन्त्रीको सचिवालयले उक्त पार्टीका सांसदहरूलाई पनि निम्तो … Continue reading हामी प्रधानमन्त्रीको बैठक बहिष्कार गर्छौं: सांसद साम्पाङ

थप पढ्नुहोस् »

पक्राउ परेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

काठमाडौं,१६ चैत । पक्राउ परेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। आइतबार पक्राउ परेका खड्कालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

थप पढ्नुहोस् »

एक महिनापछि बेपत्ता कामदार मृत फेला

काठमाडौं,१६ चैत । एक महिना सात दिनदेखि सम्पर्कविहीन रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार यमराज लिम्बू मृत फेला परेका हुन्। तेह्रथुमको म्याङलुङ नगरपालिका–१ गैरी गाउँ घर भएका ४० वर्षीय लिम्बू अपर तमोर जलविद्युत आयोजनामा कार्यरत थिए। उनको शव चैत १५ गते फक्ताङलुङ … Continue reading एक महिनापछि बेपत्ता कामदार मृत फेला

थप पढ्नुहोस् »

घोराही-लमही सडक विस्तारको काम सुरु

दाङ ,१६ चैत । घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ। हाल मोड तथा साँघुरा स्थानहरू खुला गर्ने काम भइरहे पनि सडकलाई चारलेनका रूपमा विकास गर्ने योजना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख दीपेन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षमै सडक विस्तार सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। साँघुरो सडकका कारण विगतमा धेरै … Continue reading घोराही-लमही सडक विस्तारको काम सुरु

थप पढ्नुहोस् »

एमाले लुम्बिनी सांसद शर्मा पक्राउ

दाङ,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट शनिबार पक्राउ गरेको हो। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ। यसअघि मुद्दा नचलाउने रायसहितको फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट हुँदै उच्च सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। बालिकाको उद्धारका … Continue reading एमाले लुम्बिनी सांसद शर्मा पक्राउ

थप पढ्नुहोस् »

गाउँपालिका अध्यक्षसहित तीनजना विरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता

दाङ,१६ चैत । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले ‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको भनिएको बलात्कार प्रकरणमा उनीहरूमाथि अभियोग दर्ता गरेको हो। यस प्रकरणमा कमलेशरण चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध पनि मुद्दा चलाइएको छ। यादव हाल थुनछेकका लागि रुपन्देही कारागारमा … Continue reading गाउँपालिका अध्यक्षसहित तीनजना विरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता

थप पढ्नुहोस् »

सुन तोलामा २५ सयले घट्यो

दाङ,१६ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ७२० … Continue reading सुन तोलामा २५ सयले घट्यो

थप पढ्नुहोस् »

ओली पक्राउविरुद्ध बबरमहलमा झडप:९ जना पक्राउ

काठमाडौं,१५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बबरमहलमा झडप भएको छ। काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो। ओलीको पक्राउको विरोध गर्दै अदालतअगाडि जम्मा भएका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि झडपको स्थिति बनेको प्रहरीले जनाएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले ९ जना प्रदर्शनकारीलाई … Continue reading ओली पक्राउविरुद्ध बबरमहलमा झडप:९ जना पक्राउ

थप पढ्नुहोस् »

गृहमन्त्री गुरुङद्वारा विपद् प्राधिकरणको निरीक्षण

काठमाडौं,१५ चैत । गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङले गृहमन्त्रालयसँग सम्बन्धित निकायहरू तथा प्रहरी कार्यालयहरूसँग समन्वय बढाउने उद्देश्यले निरीक्षण सुरु गरेका हुन्।

थप पढ्नुहोस् »