समाचार

राजीनामा माग गर्दै एमाले महासचिव पोखरेलको पुत्ला दहन

दाङ,१८ चैत । अनेरास्ववियुका विद्यार्थीहरूले शंकर पोखरेलको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। अस्कल क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले पोखरेलविरुद्ध नाराबाजी गर्दै सडक प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सुहाङ नेम्वाङको पक्षमा समेत नारा लगाइएको थियो। नेम्वाङ नेकपा एमाले संसदीय दलको नेताका आकांक्षी थिए। रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन सांसदहरूलाई महासचिव पोखरेलले दबाब दिएको आरोप लगाउँदै युवाहरूले सामाजिक … Continue reading राजीनामा माग गर्दै एमाले महासचिव पोखरेलको पुत्ला दहन

थप पढ्नुहोस् »

दाङका खुसीरामसहित ९ नेपालीको शव स्वदेश ल्याइयो

दाङ,१८ चैत । खाडी क्षेत्रमा विकसित युद्धको प्रभावका कारण कुवेतमा रोकिएका ९ जना नेपाली श्रमिकको शव बुधबार साँझ स्वदेश ल्याइएको छ। मृतकमध्ये चार जना महिला रहेका छन्। कुवेत एयरवेजको चार्टर विमानमार्फत शवहरू नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।बोर्डका अनुसार सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, … Continue reading दाङका खुसीरामसहित ९ नेपालीको शव स्वदेश ल्याइयो

थप पढ्नुहोस् »

चखौरामा थारु रैथाने खाना प्रवर्द्धन

दर्शन आचार्य। दाङ, १८ चैत्र । थारु समुदायका लोपोन्मुख परम्परागत तथा रैथाने खानाको संरक्षण, प्रवर्द्धन र व्यवसायीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने तालिम बुधबार सम्पन्न भएको छ। पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, चखौराको सहकार्य तथा व्यवस्थापनमा उक्त तालिम चैत्र १६ देखि १८ गतेसम्म दंगीशरण गाउँपालिका–३, चखौरामा सञ्चालन गरिएको थियो।तालिममा दाङ … Continue reading चखौरामा थारु रैथाने खाना प्रवर्द्धन

थप पढ्नुहोस् »

एमालेको कार्यबाहक अध्यक्षको जिम्मा बादललाई

काठमाडौं,१८ चैत । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई दिइएको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट बादललाई उक्त जिम्मेवारी तोकिएको जानकारी सांसद ऐन महरले दिएका छन्।उनका अनुसार ओली हिरासतबाट मुक्त नभएसम्मका लागि बादल कार्यवाहक अध्यक्ष रहने छन्। अध्यक्ष ओलीलाई भदौ २३ गतेको जेन्जी आन्दोलनमा जिम्मेवार … Continue reading एमालेको कार्यबाहक अध्यक्षको जिम्मा बादललाई

थप पढ्नुहोस् »

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं,१८ चैत । चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलामा माछा मारेर फर्कँदै गर्दा चट्याङ लागेर एक युवकको मृत्यु भएको हो। मंगलबार साँझ करिब ६ः३० बजे हावाहुरी र वर्षासँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर घाइते भएका थिए। … Continue reading चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

थप पढ्नुहोस् »

सन्चालनमा आयो विद्युतीय बस

दाङ,१८ चैत । लामो समयदेखि अलपत्र परेको विद्युतीय बस सेवा आजदेखि सञ्चालनमा आएको छ। लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि बस सञ्चालनमा ल्याइएको हो। प्रशासनिक अधिकृत चुडामणि भट्टराईले हाल दुईवटा रुटमा बस सञ्चालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार एउटा बस लुम्बिनी–विमानस्थल–बेलहिया र अर्को … Continue reading सन्चालनमा आयो विद्युतीय बस

थप पढ्नुहोस् »

रूसी सैन्य विमान दुर्घटनामा २९ जनाको मृत्यु

दाङ,१८ चैत । क्रिमियन प्रायद्वीपमा रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ। रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा ६ जना चालक दल र २३ जना यात्रु सवार थिए। दुर्घटनामा सबैको ज्यान गएको पुष्टि भएको छ।विमान नियमित उडानमा रहेका बेला मङ्गलबार साँझ करिब … Continue reading रूसी सैन्य विमान दुर्घटनामा २९ जनाको मृत्यु

थप पढ्नुहोस् »

निर्वाचनबाट संसदीय दलको नेता चयन हुनुपर्छ : सुहाङ

काठमाडौं,१८ चैत । नेकपा एमालेको संसदीय दलको बैठकमा दलको नेता चयन प्रक्रिया निर्वाचनमार्फत गर्नुपर्ने आवाज उठेको छ। केन्द्रीय कार्यालयमा बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले प्रत्यक्ष निर्वाचनबाट नेता चयन गर्दा प्रक्रिया बढी पारदर्शी र लोकतान्त्रिक हुने धारणा राखेका छन्। बैठकमा सहभागी एक सांसदका अनुसार नेम्वाङले दलभित्र विधि र प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताउँदै निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन … Continue reading निर्वाचनबाट संसदीय दलको नेता चयन हुनुपर्छ : सुहाङ

थप पढ्नुहोस् »

तुलसीपुरको प्रमुखमा पौडेल आउँदै

दाङ,१८ चैत । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकनारायण पौडेल सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई तुलसीपुर उपमहानगरपालिकामा सरुवा गरेको हो। हाल उक्त पदमा केशवराज पार्धे कार्यरत रहेका छन्।

थप पढ्नुहोस् »

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

काठमाडौ,१७ चैत । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षिय महिलामाथि करणी गरेको आरोपमा इलाम देउमाई नगरपालिका–३ सुर्के निवासी राजु विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप पढ्नुहोस् »