समाचार

दाङमा किशोर हत्या प्रकरणः एक युवतीसहित ३ जना पक्राउ

दाङ,२१ चैत । राप्ती गाउँपालिका–४ गोलिनालामा एक किशोरको हत्या प्रकरणमा संलग्न एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा खटिएको टोलीले घटना भएको २४ घण्टा नबित्दै उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दिप वली, राप्ती गाउँपालिकाका १८ वर्षीय निश्चल चौधरी र … Continue reading दाङमा किशोर हत्या प्रकरणः एक युवतीसहित ३ जना पक्राउ

थप पढ्नुहोस् »

आबुधाबीमा सात नेपाली घाइते

दाङ,२१ चैत । यूएईको आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा सात जना नेपाली घाइते भएका छन्। घटनामा १२ जना घाइते भएकामा सात जना नेपाली परेका हुन्। घाइते भएका सात नेपालीमध्ये ६ जना सामान्य छन् भने एक जनाको अवस्था गम्भीर छ। अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले … Continue reading आबुधाबीमा सात नेपाली घाइते

थप पढ्नुहोस् »

यात्रुलाई सास्ती दिने १८ जना पक्राउ

काठमाडौँ,२१ चैत । प्रहरीले यात्रुलाई दुःख र सास्ती दिने १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति त्रिभुवन विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र … Continue reading यात्रुलाई सास्ती दिने १८ जना पक्राउ

थप पढ्नुहोस् »

खाडीबाट नेपाली उद्धार गर्न तीन दिन विशेष उडान

काठमाडौँ,२० चैत । परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज (शुक्रबार)देखि तीन दिन विशेष उडान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म नेपाल एयरलाइन्समार्फत युएईको दुबई र साउदी अरबको दमाममा विशेष उडान गरिनेछ। पहिलो उडान शुक्रबार राति ११ः१५ बजे काठमाडौँबाट दुबईका लागि प्रस्थान गर्नेछ भने सोही विमान शनिबार बिहान स्थानीय समय अनुसार … Continue reading खाडीबाट नेपाली उद्धार गर्न तीन दिन विशेष उडान

थप पढ्नुहोस् »

दाङमा कुटपिटबाट एकजनाको मृत्यु,एकजना घाइते

दाङ,२० चैत । दाङमा कुटपिटबाट एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन् । सामाजिक संजाल फेसबुक मार्फत बोलाएर भेट्न् गएका उनीहरू माथि कुटपिट भएको थियो। कुटपिटबाट राप्ती गाउँपालिका–२ बह्राखुट्टीका १७ वर्षीय स्मिथ प्रधान मृत फेला परेका हुन्। उनीसँगै रहेका राप्ती गाउँपालिका–१ पाँखापानीका १६ वर्षीय आयुशमान थापा मगर घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूलाई फेसबुक … Continue reading दाङमा कुटपिटबाट एकजनाको मृत्यु,एकजना घाइते

थप पढ्नुहोस् »

आयोगको ‘कल सेन्टर’मा ४ हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौँ,२० चैत । निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्नको उत्तर दिइएको जनाएको छ। आयोगका अनुसार गत माघ ५ गतेदेखि सञ्चालनमा आएको उक्त सेवामार्फत बिहीबारसम्म टेलिफोन र भ्वाइस मेल गरी कुल ४ हजार ३८ जिज्ञासा सम्बोधन गरिएको छ। प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये मतदाता नामावलीसँग सम्बन्धित १ … Continue reading आयोगको ‘कल सेन्टर’मा ४ हजार बढी जिज्ञासा सम्बोधन

थप पढ्नुहोस् »

सहकारी क्षेत्र भरोसायोग्य बनाउन मुख्यमन्त्री आचार्यको जोड

दाङ,२० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन्। राप्ती उपत्यकामा आयोजित ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा उनलेे यस्तो बताएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले केही सहकारी संस्थाहरूको खराब नियतका कारण समग्र सहकारी क्षेत्र … Continue reading सहकारी क्षेत्र भरोसायोग्य बनाउन मुख्यमन्त्री आचार्यको जोड

थप पढ्नुहोस् »

रेमिट्यान्स ३७.७ प्रतिशतले बढ्यो

काठमाडौँ,२० चैत । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीहरूले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश पठाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ९.५ प्रतिशत मात्र थियो। केन्द्रीय बैंकका अनुसार गएको फागुन महिनामा मात्रै १ खर्ब … Continue reading रेमिट्यान्स ३७.७ प्रतिशतले बढ्यो

थप पढ्नुहोस् »

दाङमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते

दाङ,२० चैत । दाङमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। दाङको शान्तिनगर गाउँपालिका–४ बैसामा एक महिलामाथि खुकुरी प्रहार भएको हो। घटनामा २८ वर्षीया आशा खड्का गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार बिहीबार छिमेकी ४५ वर्षीय तिलकराम घर्तीले खुकुरी प्रहार गरेका हुन्। आन्तरिक विवाद (आलीसाँधी) का कारण भएको उक्त घटनामा खड्काको टाउकोसहित शरीरका विभिन्न भागमा चोट … Continue reading दाङमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणको मिटर रिडिङमा समस्या

दाङ,१९ चैत । नेपाल विद्युत प्राधिकरणअन्तर्गत तुलसीपुर वितरण केन्द्रले देशभर मिटर रिडिङ प्रणालीमा समस्या देखिएको जनाएको छ। वितरण केन्द्रका अनुसार समस्या देखिएसँगै मिटर रिडिङ कार्य प्रभावित भएको छ भने बिलिङ प्रक्रियामा समेत ढिलाइ हुन सक्ने बताइएको छ। प्राधिकरणले समस्या समाधान नहुँदासम्मका लागि ग्राहकहरूलाई वैकल्पिक रूपमा सहकार्य गर्न आग्रह गरेको छ। जसअनुसार ग्राहकहरूले आफ्नै मिटरमा देखिएको … Continue reading विद्युत प्राधिकरणको मिटर रिडिङमा समस्या

थप पढ्नुहोस् »