समाचार

क्यानद्वारा ६३ खेलाडीलाई मासिक तलब

काठमाडौ,१३ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय तथा डेभलपमेन्ट टिमका खेलाडीहरूको पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानका अनुसार पुरुषतर्फ ३८ र महिलातर्फ २५ गरी कुल ६३ खेलाडीलाई मासिक तलब दिइनेछ। क्यानले पुरुष खेलाडीलाई ‘ए प्लस’देखि ‘डी’ श्रेणीसम्म पाँच तहमा वर्गीकरण गरेको छ। यसअनुसार मासिक ३५ हजारदेखि १ लाख २० हजार … Continue reading क्यानद्वारा ६३ खेलाडीलाई मासिक तलब

थप पढ्नुहोस् »

बाढीपहिरोले विद्यालय भवन बगायोः खुला चौरमा विद्यार्थी

हुम्ला,१३ जेठ। बाढीपहिरोका कारण विद्यालय भवनमा क्षति पुगेपछि हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्। गत जेठ ५ गते आएको हावाहुरीसहितको वर्षा र बाढीले विद्यालय भवन पूर्ण रूपमा भत्काएपछि यहाँ अध्ययनरत करिब ८० जना बालबालिकालाई नजिकैको सामुदायिक भवन आसपासको खुला स्थानमा पठनपाठन गराइएको छ। एक हप्तादेखि खुला … Continue reading बाढीपहिरोले विद्यालय भवन बगायोः खुला चौरमा विद्यार्थी

थप पढ्नुहोस् »

इप्रकाको जग्गामा बनेका संरचना हटाउन १५ दिने अल्टिमेटम

दाङ,१२ जेठ । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको नाममा रहेको जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिइएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीद्वारा हस्ताक्षरित सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिइएको हो। सूचनामा तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको नक्सा नम्बर ५/घ, कित्ता नम्बर २६८३, क्षेत्रफल ०.१८६२.४६ वर्गमिटर जग्गामा अनाधिकृत रूपमा घरटहरा निर्माण गरी … Continue reading इप्रकाको जग्गामा बनेका संरचना हटाउन १५ दिने अल्टिमेटम

थप पढ्नुहोस् »

प्यूठान र रोल्पामा विद्युत अवरुद्ध: मुख्यमन्त्रीद्वारा तत्काल सुचारु गर्न निर्देशन

दाङ,१२ जेठ । प्यूठान र रोल्पामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तत्काल सेवा सुचारु गर्न ध्यानाकर्षण गराएका छन् । झिमरुक उत्पादन केन्द्रको पावर हाउसमा ट्रान्सफर्मर बिग्रिएपछि दुवै जिल्लामा विद्युत सेवा बन्द भएको हो। विद्युत अवरुद्ध हुँदा खानेपानी, स्वास्थ्य र बैंकिङ सेवा समेत प्रभावित भएका छन्। मुख्यमन्त्री … Continue reading प्यूठान र रोल्पामा विद्युत अवरुद्ध: मुख्यमन्त्रीद्वारा तत्काल सुचारु गर्न निर्देशन

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभामा थारू प्रथाजनित विधेयक पेश

दाङ,१२ जेठ । लुम्बिनी प्रदेश सभामा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको र उनीहरूको परम्परागत अभ्यास, संस्कृति तथा संरचनाको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणका लागि कानुनी व्यवस्था … Continue reading लुम्बिनी प्रदेश सभामा थारू प्रथाजनित विधेयक पेश

थप पढ्नुहोस् »

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौ,१२ जेठ । श्रीमानको कुटपिटबाट हेटौंडामा श्रीमतीको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलमा श्रीमानले कुटपिट गर्दा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनको कुटपिटबाट उनकी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेलको मृत्यु भएको हो। गम्भीर घाइते भुजेललाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा … Continue reading श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

थप पढ्नुहोस् »

अमेरिकामाथि ‘युद्ध अपराध’को आरोप

काठमाडौ,१२ जेठ । इरानले फार्स प्रान्तको लामर्डस्थित खेलकुद हलमा भएको भनिएको क्षेप्यास्त्र आक्रमणलाई लिएर अमेरिकामाथि ‘घृणित युद्ध अपराध’ गरेको आरोप लगाएको छ। इरानी पक्षका अनुसार उक्त आक्रमणमा २४ जना सर्वसाधारणको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन्। मृतकमध्ये किशोर खेलाडी र बालबालिका पनि रहेको दाबी गरिएको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल … Continue reading अमेरिकामाथि ‘युद्ध अपराध’को आरोप

थप पढ्नुहोस् »

तुलसीपुरमा महिलाको शव फेला

दाङ, १२ जेठ । दाङको तुलसीपुर एक महिला मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका – १० गोलौरी बस्ने अन्दाजी ५९ वर्षीया जगनी चौधरी मृत अवस्थामा फेला परेकी हुन् । सोमबार साँझ करिब पौने ७ बजे घरदेखि करिब १०० मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटना शंकास्पद देखिएपछि … Continue reading तुलसीपुरमा महिलाको शव फेला

थप पढ्नुहोस् »

कपिलवस्तुमा बस दुर्घटना:२६ जना घाइते

दाङ,१२ जेठ । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार बिहान महाराजगन्ज नगरपालिका-४ बरईपुरस्थित तौलिहवा-बहादुरगन्ज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य … Continue reading कपिलवस्तुमा बस दुर्घटना:२६ जना घाइते

थप पढ्नुहोस् »

पानीजन्य जोखिमबारे सचेतना कार्यक्रम ल्याउन सांसद गजुरेलको आग्रह

काठमाडौ,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिमका कारण बर्सेनि ठूलो सङ्ख्यामा मानिसको ज्यान जाने गरेको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल प्रहरीको तथ्यांकअनुसार बर्सेनि करिब ४०० जनाको पानीमा डुबेर वा बगेर मृत्यु हुने गरेको बताए। विश्व स्वास्थ्य संगठनको … Continue reading पानीजन्य जोखिमबारे सचेतना कार्यक्रम ल्याउन सांसद गजुरेलको आग्रह

थप पढ्नुहोस् »