समाचार

नवनिर्वाचित दलका संसदीय कार्यालयको तयारी अन्तिम चरणमा

काठमाडौं, ९ चैत । सिंहदरबारभित्रबाटै सङ्घीय संसद् सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्ष छुट्याइएका छन् भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडान सकिएको छ।यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सबैभन्दा ठूलो कक्ष दिइएको छ। सचिवालय भवन नं … Continue reading नवनिर्वाचित दलका संसदीय कार्यालयको तयारी अन्तिम चरणमा

थप पढ्नुहोस् »

बर्दिया निकुञ्जमा बेपत्ता युवकको शव १७ दिनपछि फेला

दाङ,९ चैत । शिकार खेल्न गएका बेला बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बाँके र सुर्खेत प्रहरी तथा निकुञ्जको संयुक्त टोलीले शव फेला पारेको बताए। शव फेला परेको स्थान बर्दिया जिल्लाभित्र पर्छ। गत २३ फागुनमा बराहताल गाउँपालिका–१का पाँच जना र … Continue reading बर्दिया निकुञ्जमा बेपत्ता युवकको शव १७ दिनपछि फेला

थप पढ्नुहोस् »

तीनथान मिटर नपाएपछि मध्यरातसम्म वडाध्यक्षको धर्ना

सल्यान, ९ चैत । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रमा मिटर नपाएपछि एक वडाध्यक्ष धर्नामा बसेका छन्। कपुरकोट गाउँपालिका–३का वडाध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन कार्यालय पुगेका थिए। आवश्यक प्रक्रिया पूरा गरेपछि पनि मिटर उपलब्ध नहुने भनिएपछि उनले धर्ना बस्ने निर्णय गरेका हुन्। साँझ ५ बजेदेखि सुरु भएको धर्ना … Continue reading तीनथान मिटर नपाएपछि मध्यरातसम्म वडाध्यक्षको धर्ना

थप पढ्नुहोस् »

राजनीतिक नियुक्ति खारेज गर्ने तयारीमा बालेन नेतृत्वको सरकार

दाङ,९ चैत । बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यका विभिन्न निकायमा भएका १ हजार १ सय ७० वटा राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्ने तयारी गरेको छ। कर्मचारीतन्त्रमा सुधार गर्ने योजनासहित शाहले सरकार गठनपछि पहिलो निर्णयमै अघिल्लो सरकारले गरेका नियुक्ति हटाउने तयारी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त हुने र … Continue reading राजनीतिक नियुक्ति खारेज गर्ने तयारीमा बालेन नेतृत्वको सरकार

थप पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौ,९ चैत ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले आज सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन्। “आयोगले प्रतिवेदन बुझाएको धेरै भइसक्यो, तर सार्वजनिक नगरी लुकाएर राख्नु विडम्बना हो, … Continue reading कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

थप पढ्नुहोस् »

सुनचाँदीको मूल्यमा गिरावट

दाङ,९ चैत ।नेपालको बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ। सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ तोकिएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनसंगै चाँदीको … Continue reading सुनचाँदीको मूल्यमा गिरावट

थप पढ्नुहोस् »

घोराहीमा क्यान्सर परामर्श शिविर सञ्चालन हुँदै

दाङ, ९ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा क्यान्सर उपचार सेवा विस्तार गर्ने उद्देश्यले क्यान्सर परामर्श शिविर सञ्चालन हुने भएको छ। प्रतिष्ठान र बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच घोराहीमा क्यान्सर उपचार सेवा सुरु गर्न गरिएको सहकार्य सम्झौताअनुसार उक्त शिविर आयोजना गर्न लागिएको हो।आगामी चैत्र १३ गते प्रतिष्ठान परिसरमा सञ्चालन हुने शिविरमा विभिन्न प्रकारका … Continue reading घोराहीमा क्यान्सर परामर्श शिविर सञ्चालन हुँदै

थप पढ्नुहोस् »

दाङमा दुई पुरुष मृत फेला

दाङ,८ चैत । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो उनीहरू मृत अवस्थामा फेला परेका हुन्। बंगलाचुली गाउँपालिका–६, दाङको सिउडेस्थित जंगलमा सोही स्थानका ७० वर्षीय बिष्णु पौडेल मृत अवस्थामा फेला परेका छन्। यस्तै राजपुर गाउँपालिका–७, दाङको भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी … Continue reading दाङमा दुई पुरुष मृत फेला

थप पढ्नुहोस् »

इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चारजना घाइते

काठमाडौं,८ चैत। इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। पर्खालबाट खसेको इँटाले च्यापिँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए। दुर्घटनामा रुकुमकी २७ वर्षीया … Continue reading इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चारजना घाइते

थप पढ्नुहोस् »

लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

काठमाडौं,८ चैत । नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने तयारी भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतको विदेश मन्त्रालयले उक्त मार्ग हुँदै व्यापार सञ्चालनका लागि अनुमति दिइसकेको छ। लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटरभित्र पर्ने भूभाग हो। यो क्षेत्र हाल भारतको … Continue reading लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने तयारी

थप पढ्नुहोस् »