समाचार

दाङमा बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न, कार्यान्वयनमा जोड

दर्शन आचार्यदाङ, ६ चैत । लुम्बिनी प्रदेशका १८ पालिकाका प्रतिनिधिहरूको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा सञ्चालन भएको बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला आज कार्ययोजना प्रस्तुति तथा प्रतिबद्धतासहित सम्पन्न भएको छ।कार्यक्रमको दोस्रो दिन सहभागीहरूलाई चार समूहमा विभाजन गरी सन् २०३० सम्म बाल विवाह अन्त्यका लागि विस्तृत स्थानीय कार्ययोजना निर्माण तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सकिने गरि … Continue reading दाङमा बालविवाह न्यूनीकरण कार्यशाला सम्पन्न, कार्यान्वयनमा जोड

थप पढ्नुहोस् »

न्याय सुधारका लागि बार–बेन्च संवाद आवश्यक’ : सपना प्रधान मल्ल

काठमाडौ,६ चैत । नेपालको सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीच निरन्तर संवाद आवश्यक रहेको बताएकी छन्। शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीच संवादलाई निरन्तरता दिने घोषणा गरिन्। यसले न्याय सम्पादनमा रहेका … Continue reading न्याय सुधारका लागि बार–बेन्च संवाद आवश्यक’ : सपना प्रधान मल्ल

थप पढ्नुहोस् »

नयाँ संसद भवनको तयारी पूरा भएको छ: गृहमन्त्री अर्याल

काठमाडौं,६ चैत । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण तथा व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन्। निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक सञ्चालन र आवश्यक परे दुवै सदनको संयुक्त बैठकका लागि पनि पूर्वाधार तयार रहेको जानकारी दिए। उनका अनुसार कार्यव्यवस्था समितिको बैठक कक्ष तथा सभामुखको कार्यकक्षसमेत तयार भइसकेका छन्। … Continue reading नयाँ संसद भवनको तयारी पूरा भएको छ: गृहमन्त्री अर्याल

थप पढ्नुहोस् »

लुम्बिनीका १८ पालिकाका प्रतिनिधिको सहभागितामा दाङमा बालविवाह न्यूनीकरण  कार्यशाला

दर्शन आचार्यदाङ, ५ चैत ।  लुम्बिनीका १८ पालिकाहरुका  प्रतिनिधिको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा  बालविवाह न्यूनीकरण  कार्यशाला गरिएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा  ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस संस्थाको) को प्राविधिक सहयोग तथा Just Right for Children को आर्थिक सहयोगमा कार्यशाला सञ्चालन भएको हो। सन २०३० सम्म नेपाललाई बाल विवाह पूर्णरूपमा अन्त्य गर्ने योजना अनुसार पालिका … Continue reading लुम्बिनीका १८ पालिकाका प्रतिनिधिको सहभागितामा दाङमा बालविवाह न्यूनीकरण  कार्यशाला

थप पढ्नुहोस् »

गृहमन्त्री अर्यालको राष्ट्रियसभा सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ५ चैत । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले उक्त निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सरकारको निर्णय बदर गर्न माग गरेका छन्। रिटमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाइएको छ। नेपालको सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको पेसी आउँदो चैत … Continue reading गृहमन्त्री अर्यालको राष्ट्रियसभा सिफारिसविरुद्ध सर्वोच्चमा रिट

थप पढ्नुहोस् »

राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार: पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ, ५ चैत । अभिनेता राजेश हमालको निर्देशनमा चलचित्र बनाउने भन्दै गाउँपालिकाको रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा ट्वान्टी फोर मिडिया प्रालि र नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष … Continue reading राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार: पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

थप पढ्नुहोस् »

संसद सचिवालयको बैठक सुरु

दाङ,५ चैत। संघीय संसद् सचिवालयको बैठक सुरु भएको छ । फागुन २१ को निर्वाचनपछि संघीय संसद् सचिवालयले बोलाएको पहिलो सर्वदलीय बैठक सुरू भएको हो। नवनिर्वाचित सांसदहरूको सपथ, संसदीय दलको कार्यालय व्यवस्थापन, आगामी अधिवेशन तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा छ वटै दलका प्रतिनिधि सहभागी छन्

थप पढ्नुहोस् »

सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य लुकेको हुन्छ, जुन बाहिरबाट कहिल्यै देखिँदैन।बाहिरबाट हेर्दा जीवन सहज, सुन्दर र व्यवस्थित लाग्छ। तर यही सामान्य जीवनभित्र कहिलेकाहीँ एउटा गम्भीर खतरा लुकेको हुन्छ—त्यो हो महिलाको … Continue reading सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

थप पढ्नुहोस् »

सशस्त्रका डिएसपीमाथि हातपात

काठमाडौं ,५ चैत । सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि हातपात भएको छ । कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी प्रदीप पौडेलमाथि बुधबार केही युवाले कार्यालयभित्रै प्रवेश गरेर अभद्र व्यवहार गरेका हुन्। सशस्त्र प्रहरीका अनुसार तस्करीका सामान बरामद गर्ने क्रममा तस्करीमा संलग्न युवाहरू र सुरक्षाकर्मीबीच विवाद भएको थियो। सोही क्रममा केही युवा गुल्मभित्र प्रवेश गरी … Continue reading सशस्त्रका डिएसपीमाथि हातपात

थप पढ्नुहोस् »

सांसद शपथबारे दलसँग छलफल गर्दै संसद सचिवालय

काठमाडौं,५ चैत । संघीय संसद सचिवालयले सांसदहरूको शपथग्रहणबारे ६ दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। सचिवालयले आज दिउँसो २ बजे दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि ६ वटा राष्ट्रिय दल बनेका छन्। यसैबीच निर्वाचन आयोगले पनि आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।सचिवालयले आउँदो चैत १२ गते … Continue reading सांसद शपथबारे दलसँग छलफल गर्दै संसद सचिवालय

थप पढ्नुहोस् »