समाचार

सशस्त्रका डिएसपीमाथि हातपात

काठमाडौं ,५ चैत । सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि हातपात भएको छ । कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी प्रदीप पौडेलमाथि बुधबार केही युवाले कार्यालयभित्रै प्रवेश गरेर अभद्र व्यवहार गरेका हुन्। सशस्त्र प्रहरीका अनुसार तस्करीका सामान बरामद गर्ने क्रममा तस्करीमा संलग्न युवाहरू र सुरक्षाकर्मीबीच विवाद भएको थियो। सोही क्रममा केही युवा गुल्मभित्र प्रवेश गरी … Continue reading सशस्त्रका डिएसपीमाथि हातपात

थप पढ्नुहोस् »

सांसद शपथबारे दलसँग छलफल गर्दै संसद सचिवालय

काठमाडौं,५ चैत । संघीय संसद सचिवालयले सांसदहरूको शपथग्रहणबारे ६ दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। सचिवालयले आज दिउँसो २ बजे दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि ६ वटा राष्ट्रिय दल बनेका छन्। यसैबीच निर्वाचन आयोगले पनि आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।सचिवालयले आउँदो चैत १२ गते … Continue reading सांसद शपथबारे दलसँग छलफल गर्दै संसद सचिवालय

थप पढ्नुहोस् »

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

दाङ,५ चैत। कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई … Continue reading ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

थप पढ्नुहोस् »

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र वितरण

दाङ,४ चैत। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई बिहीबार ९भोलि० प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान ११ः३० बजे प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम काठमाडौंस्थित आयोगको प्राङ्गणमा हुनेछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ भने १६५ जना … Continue reading समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र वितरण

थप पढ्नुहोस् »

दाङमा लागूऔषधसहित चार जना पक्राउ

दाङ, ४ चैत । प्रहरीले दाङको घोराहीबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। घोराही–१४ स्थित एक गेष्ट हाउसबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २४ वर्षीय धोजबहादुर घर्ती, सोही स्थानका ३१ वर्षीय हिरामणि घर्ती, माडी गाउँपालिका, दाङ–७ मिसीडाँडाका २६ वर्षीय ईश्वर बुढामगर … Continue reading दाङमा लागूऔषधसहित चार जना पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेरः राप्ती प्रादेशिक अस्पतालका मेसुको गुल्मी सरुवा

दाङ,४ चैत । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। बैठकले प्रदेश आयोजना बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८२ पनि स्वीकृत गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जानकारी दिए। उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको सरकारले जनाएको … Continue reading लुम्बिनीमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेरः राप्ती प्रादेशिक अस्पतालका मेसुको गुल्मी सरुवा

थप पढ्नुहोस् »

कार्यसम्पादन मूल्याङ्कनमा पुथा उत्तरगंगा पहिलो

रुकुम पूर्व,४ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य पालिकालाई उछिनेको हो। आयोगका अनुसार दोस्रो स्थानमा भूमे गाउँपालिका रहेको छ, जसले ६३.६३ अंक प्राप्त गरेको छ। … Continue reading कार्यसम्पादन मूल्याङ्कनमा पुथा उत्तरगंगा पहिलो

थप पढ्नुहोस् »

शव बोकेको हेलिकप्टर दुर्घटना

काठमाडौ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ। केपिलासगढी गाउँपालिका–२ क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय खोटाङले पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी रेखा कडेलका अनुसार काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो। एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका … Continue reading शव बोकेको हेलिकप्टर दुर्घटना

थप पढ्नुहोस् »

खैरो हिरोइनसहित सातजना पक्राउ

काठमाडौँ,४ चैत । प्रहरीले लागुऔषध खैरो हिरोइनसहित सात जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गएराति गरिएको खानतलासीका क्रममा खैरो हिरोइन बरामद गरिएको थियो। सोही स्थानबाट तीन जना पक्राउ परेका छन्।त्यसैगरी भद्रपुर … Continue reading खैरो हिरोइनसहित सातजना पक्राउ

थप पढ्नुहोस् »

सुनचाँदीको मूल्यमा गिरावट

दाङ,४ चैत । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख ९ … Continue reading सुनचाँदीको मूल्यमा गिरावट

थप पढ्नुहोस् »