समाचार

होर्मुज नखोले पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्की

काठमाडौं,८ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा नखोलिए इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै होर्मुज जलमार्ग नखोले अमेरिकाले इरानका पावर प्लान्टहरूलाई निशाना बनाउने बताएका हुन्। उनले आक्रमणको सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट गरिने उल्लेख गरेका छन्। यस चेतावनीपछि इरानले पनि कडा प्रतिक्रिया … Continue reading होर्मुज नखोले पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको धम्की

थप पढ्नुहोस् »

अस्थायी कक्षबाटै संसद अधिवेशन सञ्चालन हुने

काठमाडौ,८ चैत । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। निर्माणाधीन नयाँ संसद् भवन समयमै तयार हुन नसकेपछि सोही भवनभित्र रहेको बहुउद्देश्यीय कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको हो। यही कक्षमा सांसदहरूको शपथ तथा आगामी अधिवेशन सञ्चालन गरिनेछ। संविधानअनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० … Continue reading अस्थायी कक्षबाटै संसद अधिवेशन सञ्चालन हुने

थप पढ्नुहोस् »

५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

दाङ,८ चैत । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ । बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बैंकले यस्तो निर्णय गरको हो। राष्ट्र बैंकले १४ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको हो । यसका लागि बोलकबोल प्रक्रिया आइतबार सञ्चालन हुनेछ । इच्छुक बैंक तथा वित्तीय … Continue reading ५० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

थप पढ्नुहोस् »

सुनको मूल्य तोलामा २ लाख ८२ हजार

दाङ,८ चैत । बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकै दिन प्रतितोला १२ हजार ५ सय रुपैयाँ घट्दै सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । एक साताको … Continue reading सुनको मूल्य तोलामा २ लाख ८२ हजार

थप पढ्नुहोस् »

विरामी बोकेको एम्बुलेन्समाथि आक्रमण: चालकमाथि कुटपिट

दाङ,७ चैत ।नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शनिबार राति आक्रमण भएको छ। रूकुम पश्चिमको चौरजहारीबाट विरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको कुमाख गाउँपालिका, सल्यानको एम्बुलेन्समाथि आक्रमण भएको हो। रामघाट, सुर्खेत (छिन्चु नजिक) राति करिब १० बजेतिर ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको जनाइएको छ। एम्बुलेन्समा विरामी र एक जना कुरुवा रहेका थिए। एम्बुलेन्स चालक वसन्त शर्मालाई … Continue reading विरामी बोकेको एम्बुलेन्समाथि आक्रमण: चालकमाथि कुटपिट

थप पढ्नुहोस् »

कपिलवस्तुमा दुई समुदायबीच झडप: अनिश्चितकालीन निषेधाज्ञा

दाङ,७ चैत । दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। आज बिहान मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्भावित झडप रोक्न आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ। निषेधाज्ञा … Continue reading कपिलवस्तुमा दुई समुदायबीच झडप: अनिश्चितकालीन निषेधाज्ञा

थप पढ्नुहोस् »

सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक

काठमाडौं,७ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले शनिबार संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मल्लको कप्तानीमा रहेको टोलीलाई यस … Continue reading सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक

थप पढ्नुहोस् »

बसको ठक्करबाट दुई भारतीयको मृत्यु

काठमाडौ,७ चैत । बसको ठक्करबाट दुई भारतीयको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए। मृत्यु हुनेमा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह रहेका … Continue reading बसको ठक्करबाट दुई भारतीयको मृत्यु

थप पढ्नुहोस् »

दंगीशरणको २० औं गाउँसभा सम्पन्न

दाङ,६ चैत । दंगीशरण गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न भएको छ।शुक्रबार बसेको गाउँसभाले विभिन्न प्रतिवेदन, बजेट संशोधन तथा रकमान्तर प्रस्तावसहित महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको हो। गाउँसभा अध्यक्ष शम्भु गिरीले प्रस्तुत गरेको कार्यसूचीअनुसार उपाध्यक्ष पिमा कुमारी वली खड्काले बजेट संशोधन तथा रकमान्तर प्रस्ताव पेश गरेकी थिइन्। सभामा लेखा समितिका संयोजक रेशमबहादुर वली, सुशासन समितिका संयोजक … Continue reading दंगीशरणको २० औं गाउँसभा सम्पन्न

थप पढ्नुहोस् »

सिकलसेल तथा थालासेमिया परीक्षण शिविर सम्पन्न

दाङ,६ चैत ।दाङको दंगीशरण गाउँपालिकामा सिकलसेल एनिमिया तथा थालासेमिया रोगसम्बन्धी निःशुल्क परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकी हेकुलीमा सञ्चालन गरिएको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीले गरेका थिए। शुक्रबार सम्पन्न शिविरमा ४३२ जनाले रगत परीक्षण गराएका छन्। तीमध्ये १२२ जना पुरुष र ३१० जना … Continue reading सिकलसेल तथा थालासेमिया परीक्षण शिविर सम्पन्न

थप पढ्नुहोस् »